सुर्खेत : कर्णाली प्रदेशसभाको आठौँ बैठक वा बजेट अधिवेशन सुरू भएको दिनदेखि नै राम्रोसँग चल्न सकेको छैन। गत जेठ २४ गतेबाट सुरू भएको प्रदेशसभाको आठौँ बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको हो।गत वैशाख ३ गते नेकपा एमाले माधव–खनाल पक्षका चार सांसदले पार्टीले लगाएको ह्वीपको उल्लंघन गदै फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाहीले चार जना फ्लोर क्रस सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्द