कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी गरेका कर्णाली प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८ तथा कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन, २०७८ सभासमक्ष पेश गरे

सम्बन्धित सामग्री

कोशीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट

विराटनगर । कोशी प्रदेशमा अघिल्लो सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटलाई अहिलेको सरकारले अस्वीकार गर्ने भएको छ । अहिलेको उद्धव थापा नेतृत्वको गठबन्धन सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएपछि सदनबाट बजेट पास नहुने देखेर अध्यादेशमार्फत जेठ ३२ गते आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएका थिए ।  उनले पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ राखेर बजेट ल्याएका थिए ।  असार १४ गते बसेको प्रदेशसभाको बैठकमा बजेट अध्यादेश पेश गरिए पनि नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका दलहरुको विरोधका कारण पारित हुन सकेको छैन । एमाले, राप्रपाबाहेकका दलले त्यसबेला प्रदेशसभामा पेश भएको उक्त अध्यादेशलाई अस्वीकार गर्दै विरोधको सूचनाको प्रस्ताव पेश गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले छुट्टै र माओवादीका सांसद नारायणबहादुर मगर, एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बू र हालका मन्त्री कमलप्रसाद जबेगूले पनि संयुक्त रूपमा अध्यादेश अस्वीकारको सूचना दर्ता गराएका छन् ।  नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री जीवन आचार्यले बजेट शून्यको अवस्थामा नजाने र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइने जानकारी दिए । मन्त्री भइसकेपछि उनले प्रतिक्रिया दिँदै नयाँ सरकारले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने बताए । ‘बजेट शून्यतामा जाँदैन । प्रतिस्थापन विधेयक पारित नहुँदासम्म अध्यादेश कार्यान्वयन हुन्छ,’ उनले भने ।  संसद्मा राखिएको अध्यादेश अस्वीकारसम्बन्धी सूचना दलहरूले फिर्ता लिने र प्रतिस्थापन विधेयक ल्याउने उनले बताए । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि बजेट शून्यतामा नजाने बताए । ‘प्रतिस्थापन विधेयक आयो भने आउँछ, नत्र ६० दिनसम्म अध्यादेशमार्फत ल्याएको बजेट कार्यान्वयन हुन्छ,’ उनले भने, ‘यसमा कुनै कन्फ्युजन छैन ।’

प्रदेश निजामती सेवा अध्यादेश प्रदेशसभामा पेश

१७ पुस, विराटनगर । प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ प्रदेशसभा बैठकमा पेश भएको छ । आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा उक्त अध्यादेश पेश भएको हो । बैठकमा प्रदेश १ का आन्तरिक …

बागमती प्रदेशसभामा ५ वटा अध्यादेश पेश

बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ वटा अध्यादेश पेश हुने भएको हो । सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनहरूलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी गरेका कर्णाली प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८ तथा कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन, २०७८ सभासमक्ष पेश गर्नुभयो ।

प्रदेश २ सरकारले अध्यादेश पेश गर्दै

प्रदेश २ सरकारले प्रदेशसभामा अध्यादेश पेश गर्न लागेको छ । आइतवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ पेस गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले जानकारी दिए । केही साता अघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये प्रदेश कृषि विश्वविद्यालय अध्यादे...

प्रदेश २ः लोसपाको असहमतिबीच प्रदेशसभामा दुई अध्यादेश पेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को विरोधका बाबजुद प्रदेश २ को प्रदेशसभामा दुई अध्यादेश पेश गरिएको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधि विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका हुन् । उक्त दुई अध्यादेश सरकारले प्रदेशसभा छलेर ल्याएको भन्दै फिर्ता लिनुपर्ने माग राख्दै लोसपाका सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपाका सांसदहरुको […]

प्रदेश २ मा लोकतान्त्रिक समाजवादीको अवरोधकै बीच दुई अध्यादेश पेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् । अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ […]

प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश

२९ मंसिर, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् । अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका […]