कोशीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट

विराटनगर । कोशी प्रदेशमा अघिल्लो सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटलाई अहिलेको सरकारले अस्वीकार गर्ने भएको छ । अहिलेको उद्धव थापा नेतृत्वको गठबन्धन सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएपछि सदनबाट बजेट पास नहुने देखेर अध्यादेशमार्फत जेठ ३२ गते आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएका थिए ।  उनले पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ राखेर बजेट ल्याएका थिए ।  असार १४ गते बसेको प्रदेशसभाको बैठकमा बजेट अध्यादेश पेश गरिए पनि नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका दलहरुको विरोधका कारण पारित हुन सकेको छैन । एमाले, राप्रपाबाहेकका दलले त्यसबेला प्रदेशसभामा पेश भएको उक्त अध्यादेशलाई अस्वीकार गर्दै विरोधको सूचनाको प्रस्ताव पेश गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले छुट्टै र माओवादीका सांसद नारायणबहादुर मगर, एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बू र हालका मन्त्री कमलप्रसाद जबेगूले पनि संयुक्त रूपमा अध्यादेश अस्वीकारको सूचना दर्ता गराएका छन् ।  नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री जीवन आचार्यले बजेट शून्यको अवस्थामा नजाने र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइने जानकारी दिए । मन्त्री भइसकेपछि उनले प्रतिक्रिया दिँदै नयाँ सरकारले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने बताए । ‘बजेट शून्यतामा जाँदैन । प्रतिस्थापन विधेयक पारित नहुँदासम्म अध्यादेश कार्यान्वयन हुन्छ,’ उनले भने ।  संसद्मा राखिएको अध्यादेश अस्वीकारसम्बन्धी सूचना दलहरूले फिर्ता लिने र प्रतिस्थापन विधेयक ल्याउने उनले बताए । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि बजेट शून्यतामा नजाने बताए । ‘प्रतिस्थापन विधेयक आयो भने आउँछ, नत्र ६० दिनसम्म अध्यादेशमार्फत ल्याएको बजेट कार्यान्वयन हुन्छ,’ उनले भने, ‘यसमा कुनै कन्फ्युजन छैन ।’

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयक ल्याउने

लुम्बिनी प्रदेश सरकारले बजेट प्रतिस्थापनका लागि विधेयक ल्याउने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिस्थापन विधेयक ल्याउन स्वीकृति प्रदान गरेको हो ।प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार आजै बस्ने प्रदेशसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची छ । एमाले नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई विस्थापित गरी नयाँ बजेट ल्याउने सन्दर्भमा मन्त्रिपरिषदले सहमति प्रदान गरिसकेको उनले बताए ।उनका अनुसार अघिल्लो सर

निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन्। २५ गते पेस भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि निष्क्रिय बन्ने भएको छ। अब सरकारले बजेटसम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने विज्ञहरूले बताएका छन्।  प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ गते सुरु भएको संसद् अधिवेशनमा पहिलो दिनदेखि नै सभामुखविरुद्ध नाराबाजी गर्दै आएको छ। समस्या सम

विरोधकाबीच बजेट प्रतिस्थापन विधेयक पेस

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस भएको छ। नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापना विधेयक पेस गरेका हुन्।  यसअघिको सरकारले पेस गरेको विनियोजन अध्यादेश प्रतिस्थापन गर्न विधेयक पेस...

संसदमा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस हुने भएको छ। १५ मिनेटपछि बस्ने बैठकमा विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेश गर्नेछन्। यसअघि केपी शर्मा ओली नेतृत्वको...

बजेट प्रतिस्थापन विधेयक शुक्रबार

सरकारले शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध नभए केही नयाँ कार्यक्रमसहित शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गरिने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भने एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध पु¥याएका थिए । आगामी बैठकमा पनि एमालेको अवरोध कायम नै रहन […]

नयाँपनसहित प्रतिस्थापन विधेयक तयार

सरकारले केही नयाँपनसहित बजेट प्रतिस्थापन विधेयक बिहीबार संसद्मा दर्ता गर्ने तयारी गरेको छ । समयमा नै प्रतिस्थापन विधेयक ल्याउन नसकेका कारण चालू आर्थिक वर्षमा पनि पुँजीगत खर्चले गत आर्थिक वर्षकै नियति भोग्ने देखेपछि सरकारले संसद् अधिवेशन सुरु भएको भोलिपल्ट नै केही नयाँ कार्यक्रमसहित प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने तयारी गरेको हो ।“सरकारले २३ भदौमा बोलाएको […]

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं, भदौ २३ । सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् […]

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो ।प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मन्त्रालय स्रोतका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक तयारी अवस्थामा राखिएको छ । अध्यादेशमा उल्लिखित बजेटको आकारसमेत प्रतिस्थापन