बागमती प्रदेशसभामा ५ वटा अध्यादेश पेश

बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ वटा अध्यादेश पेश हुने भएको हो । सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनहरूलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६