एकैसाथ ६ ‘मर्चेन्ट बैंक’ लाई भेञ्चर क्यापिटल सञ्चालन अनुमति

१६ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैसाथ ६ वटा कम्पनीलाई भेन्चर क्यापिटलको अनुमति दिएको छ । बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेडललाई भेञ्चर क्यापिटल सञ्चालनको अनुमति दिएको हो । यसअघि अवसर इक्विटि […]

सम्बन्धित सामग्री

‘युवा उद्यमशीलता र नवप्रवर्तन विकासका लागि स्पष्ट नीतिको खाँचो’

ललितपुर, १५ फागुन । युवा उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको प्रवद्र्धनका लागि राज्यले स्पष्ट र प्रोत्साहनमुखी नीति लिनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन् । नेपाली युवा उद्यमी फोरम र साउथ एसिया लिडरसिप इन इन्टरप्रेनर्सिपको सहकार्यमा आज यहाँ आयोजना भएको राष्ट्रिय नीति संवाद कार्यक्रमका वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासका लागि ‘स्टार्टअप इकोसिस्टम’ विकास गरिनुपर्ने, भेञ्चर क्यापिटल र […]

निक्षेप पलायन भएर थप बैंक असफल हुन नदिन नयाँ कोष खोल्ने विचारमा अमेरिका

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ र फेडरल निक्षेप बीमा कर्पोरेशनले नयाँ कोष स्थापनाबारे विचार गरिरहेका छन् । निक्षेपकर्ताहरूले बैंकमा भएको आफ्नो पैसा धमाधम फिर्ता लैजान थालेपछि बैंक सिलिकन भ्याली बैंक (एसभी बैंक) धराशयी बन्यो । भविष्यमा यस्तै खालका अवस्था आएर थप बैंकहरू पतन हुने अवस्था रोक्न सो कोष ल्याउन विचारविमर्श भइरहेको छ ।  नियाकहरूले बैंकका कार्यकारीहरूसँग मिलेर नयाँ विशेष संयन्त्रबारे छलफल थालेका छन् । यो उपायले निक्षेपकर्ताहरूलाई मेरो पैसा डुब्दैन भन्नेमा आश्वस्त पार्ने र त्रास कम गर्न मद्दत गर्ने आशा छ । एसभी बैंकको अवसानपछि भेञ्चर क्यापिटल र स्टार्ट अप समुदायमा भने थप लगानीको जोहो कसरी गर्ने अनि अन्य बैंकको स्वास्थ्य अवस्थाबारे त्रास फैलिएको छ । यस्तोमा बैंकहरूको सञ्चालनलाई निरन्तरता दिने योजनाअन्तर्गत नयाँ कोष खोल्ने योजना बनाइएको हो । यो खबरबारे फेडले कुनै प्रतिक्रिया दिएको छैन । एसभी बैंकको असफलता र यसले निम्त्याउने सक्ने खतराहरू नियन्त्रण गर्न अमेरिका सरकराले पहल शुरू गरिसकेको बताइएको छ । बैंकको वित्तीय अवस्थाबारे शंका गर्दै आफ्नो निक्षेप फिर्ता लैजान बैंकमा निक्षेपकर्ताहरूको भीड लागेपछि (बैंक रन) एसभी बैंक ४८ घण्टा भित्रै धराशयी बन्यो । बैंकमा निक्षेपकर्ताहरूले दुई दिनमा ६० अर्ब डलरभन्दा बढीको निक्षेप झिकेका थिए । यो खबरले शेयर बजार राताम्मे बनेको थियो भने अमेरिकी बैंकहरूले १ खर्ब डलरभन्दा बढीको बजार पूँजीकरण गुमाएका थिए । एजेन्सी

थप ६ वटा संस्थाले पाए प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स

नेपाल धितोपत्र बोर्डले थप ६ वटा संस्थालाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स प्रदान गरेको छ ।  बोर्डले ६ वटा मर्चेन्ट बैंकर्सहरुलाई  प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स दिएको हो ।बोर्डले एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल , एनआईसी एसिया क्यापिटल , प्रभु क्यापिटल , नबिल इन्भेष्टमेन्ट बैंकिङ , र एनआईबीएल एस क्यापिटललाई लाईसेन्स दिएको हो  । उनीहरुले आवश्यक पूर्वाधार गरेपछि बोर्डले अनुगमन गरि लाईसेन्स प्रदान गरेको जनाएको छ । बोर्डले आध्यान्त फण्ड लिमिटेडलाई पनि आवश्यक पूर्वाधार तयार गर्न पत्राचार गरेको र सो को अनुगमन गरेपछि लाईसेन्स दिने जनाएको छ । बोर्डले यस अघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स प्रदान गरिसकेको छ ।  बोर्डले  विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरिसकेको छ । विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ मा विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा बोर्डले अनुमतिपत्र दिने ब्यबस्था छ । सोहि अनुसार बोर्डले लाईसेन्स दिन थालेको हो ।  नेपालको पूँजी बजारमा हाल शेयर , डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ ।धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो ।प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न र नयाँ व्यवसाय, उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सकिने भएकोले यस किसिमको कोषको स्थापना र संचालनले पूँजी बजारको दायरा फराकिलो हुने, पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बोर्डको विश्वास छ ।

४ वटा बैंकको लगानी रहेको अवसर इक्विटी फण्डले पायो भेञ्चर क्यापिटलको लाईसेन्स

नेपाल धितोपत्र बोर्डले अवसर इक्विटी फण्डलाई भेञ्चर क्यापिटलको अनुमतिपत्र प्रदान गरेको छ ।  बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम अवसर इक्विटी फण्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । अवसर इक्विटी फण्डमा सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी र नेपाल बैंकको समेत लगानी छ । बोर्डले यस अघि  ग्लोबल इक्विटी फण्डलाई भेन्चर क्यापिटलको लाईसेन्स दिएको थियो ।  विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम बोर्डले लाईसेन्स दिएको हो । त्यस्तै बोर्डले अन्य ७ वटा संस्थालाई पनि पूर्वाधार तयार पार्न भनेको छ । बोर्डले मर्चेन्ट बैंकरतर्फ एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, र एनआईबीएल एस क्यापिटल लिमिटेड, तथा म्युचुअल फण्डतर्फ आध्यान्त फण्ड लिमिटेडलाई आवश्यक पूर्वाधार तयार गर्न पत्राचार गरेको हो । उनीहरुले आवश्यक पूर्वाधार गरेपछि बोर्डले अनुगमन गरि लाईसेन्स प्रदान गर्ने छ   ।विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ मा विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा बोर्डले अनुमतिपत्र दिने ब्यबस्था छ । सोहि अनुसार बोर्डले लाईसेन्स दिन थालेको हो ।  नेपालको पूँजी बजारमा हाल शेयर , डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ ।धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो ।प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न र नयाँ व्यवसाय, उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सकिने भएकोले यस किसिमको कोषको स्थापना र संचालनले पूँजी बजारको दायरा फराकिलो हुने, पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बोर्डको विश्वास छ ।

ग्लोबल इक्विटी फण्डले पायो भेञ्चर क्यापिटलको लाइसेन्स, थप १६ पाइपलाइनमा

२० साउन काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘ग्लोबल इक्विटी फण्ड’लाई भेञ्चर क्यापिटल व्यवसाय सञ्चालनको इजाजतपत्र (लाइसेन्स) दिएको छ । बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले ‘ग्लोबल इक्विटी फण्ड’लाई भेञ्चार क्यापिटल सञ्चालन गर्ने अनुमति दिएको बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए । भेञ्चर क्यापिटल फण्ड सञ्चाललनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका १७ मध्ये ग्लोबल इक्विटी […]

धितोपत्र बोर्डको चुुनौती र जिम्मेवारी

धितोपत्र खरीद विक्री केन्द्र आफैले बजार व्यवस्थापन र नियमनको कार्य गर्दा स्वार्थ बाझिन सक्ने स्थितिलाई ध्यानमा राखी २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई संशोधन गरी धितोपत्र बजारको स्वायत्त नियमन निकायका रूपमा नेपाल सरकारबाट २०५० जेठ २५ गते धितोपत्र बोर्डको स्थापना भएको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को उद्देश्य देशको आर्थिक विकासका लागि पूँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न धितोपत्रको निष्कासन, खरीद, विक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाइ धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्ने रहेको देखिन्छ । धितोपत्रको दोस्रो बजार कारोबारलाई नियमित र व्यवस्थित गराउन बोर्डबाट नेपाल स्टक एक्सचेन्जसँग सीधा सम्पर्क स्थापित गरी विद्युतीय माध्यममार्फत सुपरिवेक्षण प्रणालीको विकास गरिएको छ । बोर्डबाट नियमित रूपमा कारोबारका केही पक्षहरूको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरिएको छ र कारोबार भइरहेको विवरणको अध्ययन गरी शंकास्पद कारोबार नोट गर्ने तथा आवश्यकताअनुरूप सम्बद्ध धितोपत्र दलाललाई विवरण तथा आवश्यक कागजात माग गरी थप स्पष्ट गर्न लगाउने देखिन्छ । उक्त प्रणालीमार्फत बोर्डबाट प्रत्येक दिन धितोपत्र कारोबार गर्ने व्यक्ति तथा संस्थालगायत कारोबार भएको संगठित संस्था, कारोबार मूल्य र शेयर संख्या सम्बन्धमा अनुगमन गर्ने गरिएको छ । अनुुगमनकारी निकायको रूपमा रहेको धितोपत्र बोर्डले विभिन्न सूचीकृृत कम्पनीको बारेमा लेखाजोखा राखी नियमकानूनको दायरामा ल्याउनुुलाई स्वाभाविक मानिन्छ । तर, लगानीकर्तालाई दुुरुत्साहन हुुने गरी कम्पनीको नाम नै सार्वजनिक गरेर भित्री कारोबार र मूल्य बढाउन चलखेल गरेको भनी मिडियामा विज्ञप्ति निकाल्ने काम विवादास्पद हो । कम्पनीको नाम प्रचारमा नल्याएर पनि यसको निरूपण गर्न सकिने अवस्था थियो । शेयरबजारमा कम्पनीको मुुल्य वृद्धि हुँदैमा र मूल्य कम हुुँदैमा विभिन्न शंकाउपशंका गरिहाल्नुु यथोचित नहुुन सक्छ । तर, गल्ती भेटिए प्रमाणसहित कारवाही गर्न पछि पर्न हुुँदैन । धितोपत्र बोर्डले आफूले सार्वज्निक गरेका कम्पनीका बारेमा छानविनको निष्कर्षबारे थप स्पष्ट पार्ने चुुनौती थपिएको छ । नेपालको धितोपत्र बजार आधुनिक हुँदै गएको छ । धितोपत्रको पूर्ण अभौतिक कारोबार, प्राथमिक बजारमा आस्वा तथा सी–आस्बा प्रणाली लागू भई हाल ७७ जिल्लामा नै बैंक तथा वित्तीय संस्थाका ३००० भन्दा बढी शाखाहरूबाट प्राथमिक बजारको सेवा उपलब्ध भएको, दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली टीएमएस लगायत कार्यान्वयनमा आएको, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल तथा हेज फन्डजस्ता लगानीका वैकल्पिक साधनहरू प्रवेशका लागि आधार तयार भएको पाइन्छ । मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल व्यवसायीको उपत्यका बाहिर शाखा विस्तार हुने क्रम बढेकाले नेपालको धितोपत्र बजारको क्षेत्र तथा दायरा फराकिलो हुँदै गएको छ । प्राथमिक बजारमार्पmत संगठित संस्थाहरूले साधारण शेयरको सार्वजनिक निष्कासन, हकप्रद निष्कासन, थप निष्कासन र ऋणपत्र निष्कासन विधि प्रयोग गरी पूँजी परिचालन गरेका छन् जसबाट देशको आर्थिक विकासमा टेवा मिल्छ । आर्थिक वर्ष २०७७/७८ मा धितोपत्रको दोस्रो बजारको स्थितिमा सुधार आएको देखिए तापनि गतवर्ष कोभिड–१९ को पहिलो लहरका कारण केही समय धितोपत्र बजार पनि बन्द भयो । शेयर किनबेचसम्बन्धी मेरो शेयर र टीएमएस जस्ता नयाँ प्रविधिको अपडेट केही अधुुरो भएकाले शेयरबजार सूचकांक ११०० को हाराहारीमा पुगेको थियो । हाल कोभिडको दोस्रो लहर र निषेधाज्ञा जारी रहे पनि दिन प्रतिदिन नेप्सेले नयाँ रेकर्ड कायम गर्दै ३००० को विन्दुु पार गरेको छ । यसले एकातर्फ लगानीकर्ताको मनोबल बढाएको देखाउँछ भने अर्कोतर्फ पूँजीको परिचालनमा मद्दत पुुग्ने देखिन्छ । यसले देशको आर्थिक अवस्थालाई समेत सहयोग पुुग्ने अपेक्षा गर्न सकिन्छ । धितोपत्रको सूचीकरण गर्ने क्रममा लघुवित्त कम्पनी र जलविद्युत् कम्पनीको संख्यामा उल्लेख्य वृद्धि भएका कारण नेप्सेमा सूचीकृत कम्पनीको संख्यामा दिनप्रतिदिन वृद्धि हुुन गई धितोपत्रको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । गतवर्षको तुलनामा बजार पूँजीकरणमा सुधार आएको छ । धितोपत्र तथा वस्तु विनिमय बजारको नियामक निकायका रूपमा बोर्डले हालका वर्षहरूमा सशक्त नियमन तथा सुपरिवेक्षण भूमिका निर्वाह गर्दै आएको छ । बोर्डले बजार विकास तथा सुधारका क्रममा पनि विभिन्न सुधारका प्रयास गरिरहेको छ । धितोपत्र बजारको सुपरिवेक्षणलाई सशक्त बनाउँदै लैजाने क्रममा धितोपत्र दलाल व्यवसायी, निक्षेप सदस्य, योजना व्यवस्थापकलाई आर्थिक जरीवाना, धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रियालाई थप व्यवस्थित गर्ने र धितोपत्र बजारमा हुन सक्ने सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्य रोक्न निर्देशन जारी गर्ने जस्ता महŒवपूर्ण सुधारहरू हुँदै आएका छन् । यसरी धितोपत्र बजार क्रमशः आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ । बोर्डले पछिल्लो समय बजार सुधार तथा विकासका लागि अध्ययन तथा अनुसन्धान कार्यलाई प्राथमिकता दिँदै आएको छ । बजारको दिगो विकास गर्ने, धितोपत्र बजारमा सहभागीको संस्थागत क्षमता अभिवृद्धि गर्ने, संगठनात्मक संरचनालाई समयसपेक्ष बनाउँदै धितोपत्र बजारमा योग्य, दक्ष एवं प्रतिस्पर्धी एवं भरपर्दो जनशक्तिलाई आकर्षित गर्ने चुनौती धितोपत्र बोर्डसमक्ष अभैm छ । नेपाल स्टक एक्सचेन्जको संरचनात्मक सुधार गरी प्रतिस्पर्धी एवं व्यावसायिक बनाउने, धितोपत्र बजारलाई थप व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउने, हालको नयाँ प्रविधिलाई गुुनासोरहित बनाउने चुनौती पनि छ । शेयरबजारलाई देशव्यापी रूपमा विस्तार गर्ने, नेप्सेकै सहायक कम्पनीका रूपमा स्थापित सीडीएस एन्ड क्लियरिङको स्वामित्वमा संरचनात्मक परिवर्तन गरी सुधार गर्ने, नियमन र सुपरिवेक्षण क्षमता अभिवृद्घि गर्ने, गैरआवसीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई धितोपत्रको दोस्रो बजारमा प्रवेश गराउने चुनौती पनि बाँकी छ । सूचना प्रवाहलाई थप पारदर्शी र व्यवस्थित बनाउने, सर्वसाधारण लगानीकर्ता र धितोपत्र व्यवसायीहरूका लागि व्यापक रूपमा प्रभावकारी वित्तीय शिक्षा तथा तालीम कार्यक्रमहरू सञ्चालन गर्ने, नेपालमा स्थापित कम्पनीले विदेशी पूँजी बजारमा धितोपत्र जारी गर्न सक्ने तथा विदेशी संस्थागत कम्पनीले नेपालको पूँजी बजारमा समेत लगानी गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने जिम्मेवारी पनि बोर्डलाई छ । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

५ ओटा संस्थाले पाए विशिष्टिकृत लगानी कोष सञ्चालनका लागि बोर्डको अनुमति

वैशाख २०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाँच ओटा संस्थाहरुलाई विशिष्टिकृत लगानीकोष सञ्चालनका लागि अनुमति दिएको छ ।  बोर्डले ग्लोबल इक्विटी फण्ड प्रा.लि, लक्ष्मी क्यापिटल मार्केट लि., एनआइबिएल एस क्यापिटल लि., एनआईसी एशिया क्यापिटल लि. र एनएमबि क्यापिटल लि.लाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गरेको हो । स्वीकृत प्राप्त यी संस्थाहरुलाई आवश्यक पूर्वाधार तयार गर्न समेत बोर्डले निर्देशन दिएको छ ।  विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न कोष व्यवस्थापकको रुपमा विभिन्न नौ संगठित संस्थाले निवेदन दिएकोमा बोर्डले उक्त नियमावली बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने पाँच कम्पनीहरुलाई मात्र अनुमति दिएको जानकारी गराएको छ ।  धितोपत्र दोस्रो बजारमा नयाँ वित्तीय औजार थप गर्नका लागि बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो । बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा अन्तरराष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र सञ्चालनका लागि यो नियमावली लागू गरेको जानकारी दिएको छ ।  नेपालको धितोपत्र बजारमा बजारमा हाल शेयर, डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने विश्वास बोर्डको छ ।  यो सँगै निजी क्षेत्रको स्रोत परिचालन हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा वृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने विश्वास पनि बोर्डले लिएको छ । यस किसिमको कोषको स्थापना र सञ्चालनले पूँजी बजारको दायरा फराकिलो भई नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा आशा बोर्डले गरेको छ ।