‘युवा उद्यमशीलता र नवप्रवर्तन विकासका लागि स्पष्ट नीतिको खाँचो’

ललितपुर, १५ फागुन । युवा उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको प्रवद्र्धनका लागि राज्यले स्पष्ट र प्रोत्साहनमुखी नीति लिनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन् । नेपाली युवा उद्यमी फोरम र साउथ एसिया लिडरसिप इन इन्टरप्रेनर्सिपको सहकार्यमा आज यहाँ आयोजना भएको राष्ट्रिय नीति संवाद कार्यक्रमका वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासका लागि ‘स्टार्टअप इकोसिस्टम’ विकास गरिनुपर्ने, भेञ्चर क्यापिटल र […]

सम्बन्धित सामग्री

हरेक क्षेत्रमा युवा सहभागिता बढाउन प्रतिबद्ध छौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन्।नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताए। आर्थिक वर्ष २०८०र८१ लाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरेको जानकारी दिँदै उनले

बजेटमा युवा रोजगारी

सातवटै प्रदेश र लगभग सबै पालिकाले आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन्। सबै प्रदेशको बजेटमा विभिन्न नाममा युवा उद्यमशीलता र रोजगारीको कुरा उठाएका छन्। स्थानीय सरकारले युवा रोजगारीभन्दा पूर्वाधार विकासमा नै बढी जोड दिएको छ। युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्तन प्रवद्र्धन गर्न स्टार्टअप व्यवसायमा सुरुवाती पुँजी उपलब्ध गराउने योजना सरकारको छ। त्यसैगरी परियोजनाको आधारमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालन हुने व्यवसायलाई प्रोत्साहन गर्न च्यालेञ्ज फन्ड स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भएको छ।

सरकारले नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति अघि सार्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले युवा उद्यमशीलता विकास गर्न नवप्रवर्तन र स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने खालको नीति अघि सारेको बताएका छन्।...

सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना हुने

सरकारले सातै प्रदेशमा बिजनेस इन्क्युबेसन स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । युवा उद्यमशीलता विकास र नवप्रवर्तन प्रवर्द्धन ग्रन स्टार्टअप व्यवसायलाई सुरूवाती पुँजी उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । यस कार्यक्रमको प्रभाव मूल्यांकन गरी सुधार...

एफएनसीसीआई र एनवाईईएफ बीच उद्यमशीलता र स्टार्टअपको वृद्धि गर्ने सम्बन्धी सम्झौता

भदौ २, काठमाडौं । नेपाली युवा उद्यमशीलता र स्टार्टअपको वृद्धिका तथा उत्थानका लागि एक साथ काम र आपसी सहयोगका लागि सम्झौता भएको छ ।  नेपाल युवा उद्यमी फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप तथा नवप्रवर्तन समितिबीच मंगलवार सम्झौता भएको हो । सो समारोहमा महासंघका तर्फबाट प्रतिनिधि रन्जित आचार्य र मन्चका काठमाडौं च्याप्टर अध्यक्ष निरज कर्मचार्यबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । नेपाली युवा उद्यमी मञ्च नेपालमा युवा उद्यमीहरुको एक शीर्ष निकाय र गैर नाफामूलक संगठन हो । सकारात्मक व्यापार सोच र सशक्तीकरणको लक्षसहित स्थापित यो संस्था, नेपाली युवाहरुबीच विचार आदानप्रदान, फेलोसिप, शिक्षा, प्रशिक्षण र वकालतको माध्यमबाट उत्कृष्ट उद्यमीहरु सिर्जना गर्ने लक्ष्य लिएको छ । मञ्चले देशभित्रका सबै युवा उद्यमीहरुलाई एउटै थलोमा ल्याउन सहयोग पुयाउँदै आएको छ । मञ्चले युवा उद्यमीहरुको प्रभावी र अत्यावश्यक  नेटवर्किंङ को माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोणलाई बढावा दिन्छ । काठमाडौंमा सफल सुरुवातपछि, मञ्चालाई नेपालको थप १० ओटा विभिन्न शहरहरुमा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइएको छ ।

नयाँ अवसरको सदुपयोग गर्न युवा उद्यमीलाई सरकारको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको बताएका छन् ।राजधानीमा नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कोभिड–१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई […]