मौद्रिक नीतिमा शेयर बजार नसमेटिँदा र आईपीओ निष्कासन बढ्दा बजार ओरालो लाग्यो : दिपेन्द्र अग्रवाल [अन्तरवार्ता]

करीब तीन दशकदेखि शेयर बजारमा लगानी गर्दै आएका छन् दिपेन्द्र अग्रवाल । पछिल्लो शेयर बजारको अवस्थाबारे उनीसँग आर्थिक अभियान राष्ट्रिय दैनिककी लक्ष्मी शर्माले गरेको कुराकानीको सार ।  मौद्रिक नीति सार्वजनिक भएपछि बजार निरन्तर ओरालो लागेको छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?  मौद्रिक नीतिले शेयर बजारलाई केही दिनै छैन भन्नेमा हामी पहिले नै स्पष्ट थियौं । तर, तरलता सहज भइरहेको अवस्थामा गर्भनरले शेयर बजारमा लगानीका लागि केही खुकुलो बनाउने आश्वासन दिनुभएको थियो । तर, उहाँले शेयर बजारका कुनै पनि सेक्टरलाई हेर्नुभएन ।  बरु मौद्रिक नीतिमार्फत रिक्स एभोइडर अर्थात् निक्षेपकर्तालाई बढी ब्याजदरका साथ पुरस्कृत गरियो । मौद्रिक नीतिले रिक्स टेकर अर्थात् ऋण लिएर व्यवसाय गर्नेलाई राहत दिन सकेन । ७ प्रतिशतमा लिएको ऋणको ब्याजदर अहिले १६ देखि १७ प्रतिशतसम्म पुगेको छ । यसकारण ऋण लिएर लगानी गर्नका लागि ब्याज एकदमै महँगो छ ।  पछिल्लो समय आईपीओहरू पनि निरन्तर निष्कासन भइरहेका छन् । यस कारण बजारमा सप्लाई (आपूर्ति) थपिएको छ । यी कारणहरूले गर्दा पछिल्लो समय बजार ओरालो लागेको हो ।  नेपालमा प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलको सम्भावना कस्तो छ ? यसलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ? नेपालमा प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलको सम्भावना प्रशस्त छ । तर, अहिलेसम्म प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलबारे धेरैले बुझ्न सकेका छैनन् । प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटललाई प्रभावकारी बनाउनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भूमिका खेल्नुपर्छ । तर, बोर्डले यसमा राम्रो भूमिका नखेलेको जस्तो लाग्छ । अहिले कुनै फण्ड खोल्दै छ भने कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरे पुग्छ, यसमा नियामक निकायले मापदण्ड तोकिदिनुपर्छ । ओपन इन्ट्री र ओपन एक्जिट हुनुपर्छ हरेक सेक्टरमा ।  प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटललाई प्रभावकारी बनाउनको लागि विदेशी वित्तीय संस्था, विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाउनुपर्छ । विदेशीहरूलाई पनि लगानी गर्नका लागि ऐन नियम कानुनहरू सरल बनाउनुपर्छ । लाइसेन्सिङ मोडल हटाउनुपर्छ, मापदण्ड तोके पुग्छ । यसो गर्न सकिए ठुल्ठूला प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल खुल्नेछन् ।  पछिल्लो समय हाइड्रोपावर कम्पनीका संस्थापक शेयरधनीहरूले लकिङ पिरियड सकिएलगत्तै सर्वसाधारणलाई महँगोमा शेयर बेचेर बाहिरिने गरेका छन् । यसको नियन्त्रणका लागि नियामक निकायले के गर्नुपर्छ ? यस विषयमा नियामक निकायले ध्यान दिनुपर्छ जस्तो लाग्छ । जति पनि आईपीओ निष्कासनको लागि कम्पनीहरू धितोपत्र बोर्डमा जान्छन्, ती कम्पनीको नेटवर्थ सय रुपैयाँभन्दा माथि हुनुपर्छ । त्यस्ता कम्पनीहरूलाई मात्रै आईपीओ निष्कासनको स्वीकृति दिनुपर्छ । एक सयभन्दा मुनि नेटवर्थ भएका कम्पनीलाई आईपीओ अथवा हकप्रद शेयर निष्कासन गर्न दिनु हुँदैन । सोही अनुसारको नियम कानुन धितोपत्र बोर्डले बनाउनुपर्छ ।  लामो समयदेखि पूँजी बजारमा एनआरएनलाई भित्र्याउने चर्चा चलिरहेको छ । अहिले भने सेबोनले अध्ययन समिति बनाएर प्रक्रिया पनि अगाडि बढाएको छ । तर, चर्चा चलेको लामो समयसम्म पनि पूँजी बजारमा एनआरएन भित्र्याउन नसक्नुको कारण के हो ? नेपालको पूँजी बजारमा एनआरएनलाई भित्र्याउने चर्चा चलेको लामो समय भयो । यो कुरा हरेक वर्षको बजेटमा समावेश हुन्छ । तर, हालसम्म यसको कार्यान्वयन भएको छैन । यसमा सही नेतृत्वको कमी भएको मलाई लागेको छ । पूँजीबजारमा एनआरएन भित्र्याउन पहिला नियम कानुन बनाउन आवश्यक छ ।  नेपाली शेयर बजारमा शेयर कर्नरिङ कुरा बेलाबेलामा उठ्ने गर्छ । तपाईंलाई पनि शेयर कर्नरिङको आरोप लाग्छ, के यो सही हो ? अनि पूँजी बजारका लागि यो कतिको घातक छ ? शेयर कर्नरिङको नियम के हो, त्यो पहिला बुझाउनु पर्‍यो । मेरो बुझाइमा शेयर कर्नरिङ भनेको कानुनले दिएको भन्दा बढी शेयर खरीद गर्नु हो । नेपालमा कुनै व्यक्तिले यति प्रतिशतभन्दा बढी शेयर होल्ड गरेमा कर्नरिङ हुन्छ भन्ने कानुन छ त ? यो छैन ।  यसकारण मसँग पैसा छ भने सबै शेयर किन्न सक्छु । त्यस विषयमा नियामक निकायले केही भन्न मिल्दैन । नेपाल राष्ट्र बैंकको एउटा नियम छ– बीएफआईमा लगानी गर्दा १५ प्रतिशतभन्दा बढी घरकोले लगानी गर्न पाउँदैन । यदि कसैले १५ प्रतिशतभन्दा बढी शेयर होल्डिङ गरेको छ भने त्यो कर्नरिङ हो । तर, त्यस्तो कसैले गरेकै छैन । अनि कसरी भयो त कर्नरिङ ? यदि कर्नरिङ भएको भए पनि खै त कारबाही ? यस विषयमा छानबिन गर्नुपर्छ । साथै नियामक निकायले यसबारे नियम पनि बनाउनुपर्छ ।  पूँजी बजारमा भित्रिन चाहने नयाँ लगानीकर्ताहरूलाई के सुझाव दिनुहुन्छ ? नयाँ लगानीकर्ताहरूलाई सुझाव प्रमोटर अनलक भएको अथवा तीन वर्ष भएको कम्पनीमा लगानी नगर्नुहोस् । कम्पनीको चुक्ता पूँजी, त्यसमा पनि पब्लिक शेयर कम भएका सेक्टरका कम्पनीको शेयर खरीद गर्नुहोस् ।  प्रमोटर शेयर लकमै भएको कम्पनीको शेयर खरीद गरे छोटो समयमै पैसा कमाउन सकिन्छ । यस्ता कम्पनीको शेयरमा ट्रेडिङ गरेमा छोटो समयमै राम्रो प्रतिफल पाउन सकिन्छ । दीर्घकालीनरूपमा लगानी गर्न चाहनेलाई म कर्मसियल बैंकको संस्थापक शेयर खरीद गर्न सुझाव दिन्छु । यस्ता बैंकको संस्थापक शेयर एक सय रुपैयाँमै पाइराखेको छ भने त्यस्ता केही कम्पनीको शेयर खरीद गरेर छोड्नुहोस्, सन्ततिको लागि राम्रो हुन्छ ।   

सम्बन्धित सामग्री

१० मंसिरदेखि आईपीओ निष्कासन गर्दै नेपाल वेयरहाउजिङ कम्पनी

१ मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १० मंसिरदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ […]

२८ भदौदेखि आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर

१९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने भएको हो । […]

घोराही सिमेन्टले आईपीओ निष्कासन गर्ने

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यही जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका […]

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा […]

थप २ कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासनकाे लहर चलिरहँदा थप यी दुई कम्पनीले बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएका हुन्। खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति […]

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्दै

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् […]

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरको ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर […]

बुद्धभूमि नेपाल हाइड्रोले आईपीओ निष्कासन गर्दै, ११ असोजदेखि आवेदन दिन सकिने

बुद्धभूमि नेपाल हाइड्रोपावरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ११ असोजदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

साहस ऊर्जाको ७० लाख आईपीओ निष्कासन हुँदै

साहस ऊर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले ६ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित गरी प्रतिकित्ता २१२ रुपैयाँ तोकेर आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डमा साउन १२ […]