गोठ सार्दासार्दै हिउँमा फसे बाबुछोरा,हेलिकोप्टरमार्फत उद्धार

ताप्लेजुङ । गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ । ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म हिउँको प्रभाव कम होला र घर फर्कन सकिएलाु भनेर खबर गरेको तर शनिबार बिहान पनि फर्कन नसकिएकोले हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका-५ का […]

सम्बन्धित सामग्री

पुरिएर सुत्केरीको मृत्यु, चार वटा गाईको जीवितै उद्धार

मकवानपुरमा वर्षाका कारण गाई फार्मको गोठ भास्सिएर पुरिएका चार वटा गाईलाई जीवितै उद्धार गरिएको छ । मकवानपुर गढी गाउँपालिका २ छाप कीर्तिडाँडास्थित बेबी एग्रिकच्चरको गाई फार्मको गोठ शनिवार बिहान अविरल वर्षासँगै ७ः३० बजेको समयमा भास्सिएपछि फार्ममा रहेका चार वटा गाई पुरिएका थिए ।

पाँच मिनेटमै ठेगाना प्लेट बनाउने एप ‘कता हो’ शुरू

काठमाडौं। नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट ५ मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कता हो’ सञ्चालनमा आएको छ । पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कता हो’मा शहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिने बताइएको छ ।  काठमाडौंमा शुरू भएको क्यान इन्फोटेक २०२४ मा उक्त प्रणालीको औपचारिक उद्घाटन गरिएको हो । देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिई यो प्रणाली तयार गरिएको साढे दुई दशकभन्दा बढी समयदेखि नवप्रवर्तनको क्षेत्रमा सक्रिय राम र लक्ष्मण रिमालले बताए । उनीहरूका अनुसार ‘कता हो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । राम लक्ष्मण ग्रूप संलग्न रहेको एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो ।  यो डिजिटल ठेगाना प्रणालीमा सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बरसमेत राख्न सकिने बताइएको छ । ‘यसको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न प्राकृतिक सम्पदाजस्ता हरेक स्थानको नम्बर तयार गर्नु हो,’ लक्ष्मण रिमालले भने, ‘यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ ।’ यो प्रणाली सबैका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा उनीहरूको छ ।  यो प्रणालीको सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । ‘कता हो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ नि:शुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बद्ध अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ । ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत शेयर गर्न, बोलेर एकअर्कामा पुर्‍याउन एकदमै उपयोगी र प्रभावकारी छ,’ एड्रेसग्राफ प्रालिले बुधवार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । यो प्रणाली प्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन् । उनीहरूले यसको प्रयोग गरेर विभिन्न प्रकारका लगत संकलन गर्न पनि सक्छन् । २८० मीटर लम्बाइ तथा २८० मीटर चौडाइको क्षेत्रलाई एउटा नेपाली शब्दले प्रतिनिधित्व गर्ने हुँदा यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न सजिलो हुने दाबी गरिएको छ ।  सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरूले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्ने बताइएको छ । यसको माध्यमबाट नक्सामै कुनकुन क्षेत्रका कुनकुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने कुरा पनि स्पष्टै देखिने लक्ष्मणले बताए ।  दैवी विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुने ठानिएको छ । ‘पालिकाका बासिन्दालाई आपत् पर्दा ‘कता हो’ कोडको अन्तिम १ शब्द र नम्बर मात्रैले उक्त व्यक्ति कुन ठाउँमा छ, ठ्याक्कै पत्ता लगाएर उद्धार सकिन्छ,’ रामलक्ष्मण ग्रूपका अर्का सञ्चालक राम रिमालले भने । ताल तलैया, सार्वजनिक वन, पार्कलगायत स्थानको अतिक्रमण रोकथामका लागि यस ठेगाना प्रणालीको माध्यमबाट उक्त स्थानको रेखांकन गर्न सकिने बताइएको छ । त्यसको समूह ठेगाना कोड ९द्यबतअज ऋयमभ० को माध्यमबाट त्यस क्षेत्र वरपरको मापदण्डसम्मका स्थानमा निर्माण तथा भोगचलनमा सहज किसिमले रोक लगाउन सकिन्छ । घर नम्बर जडानका साथै माथि उल्लिखितलगायत अन्य काममा समेत यो प्रणालीको बहुउपयोगी प्रयोग गर्न सकिने बताइएको छ ।

खोटाङमा पहिरो जाँदा घर, गोठ र चौपाया पुरिए

खोटाङ - लगातारकाे वर्षापछि गएकाे पहिराेले खाेटाङमा एक घर बगाउनुका साथै पशुचौपाया पुरेको छ । गएराति झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका–६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो ।  पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैँसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंँसीलाई पहिरोबाट उद्धार गरेर निकालिएकाे तर बहर गोरु भने अहिलेसम्म फेला नपरेको वडाध्य...

खोटाङमा पहिरो खस्दा घर र चौपाय पुरियो

भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाय पुरेको छ । शुक्रबार रातिको भारी वर्षसँगै करिब पाँच मिटर माथिबाट खसेको पहिरोले रावाबेँसी गाउँपालिका–६ हौंचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानयीय क्षति नभएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले बताए । पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैंसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंसीलाई भने पहिरोबाट उद्धार गरेर निकालिएको छ । बहर गोरु हालसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताए । सडकबा

ताप्लेजुङको हिउँमा फसेका बाबुछोराको आज पनि उद्धार हुन सकेन

काठमाडौं : पाँच दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुछोराको आज पनि उद्धार हुन सकेको छैन।आज बिहान दुई पटक हेलिकप्टरले उद्धारको प्रयास गरे पनि सफल हुन सकेन। पुस १४ गते हिउँको पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको थियो।चौरीसँगै हिउँ पहिरोले बगाएका उनीहरु ओडार भेटेर बसेका थिए। समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन्।हेलिकप्

पहिरोका कारण रिडी–तम्घास, रुद्रवेणी र बुटवल –तानसेन सडक अवरुद्ध

अविरल बर्षाका कारण आएको पहिरोले आइतबार विहानदेखि गुल्मीको रिडी–तम्घास सडक र रिडी रुद्रवेणी सडक अवरुद्ध भएको छ ।रिडी–तम्घास सडक खण्डको खनियाँरुखामा पहिरो गई अवरुद्ध भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार रिडी– रुद्रेवेणी सडक पनि साँघुरोमा पहिरो गई अवरुद्ध भएको छ ।त्यस्तै, पहिरोले गोठ पुरिँदा धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकामा विभिन्न ठाउँमा पशु, चौपायाहरू पुरिएका छन् । पुरिएका चौपायाहरूको उद्धार गरिएको छ । त्यस्तै, &n