काठमाडौं : पाँच दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुछोराको आज पनि उद्धार हुन सकेको छैन।आज बिहान दुई पटक हेलिकप्टरले उद्धारको प्रयास गरे पनि सफल हुन सकेन। पुस १४ गते हिउँको पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको थियो।चौरीसँगै हिउँ पहिरोले बगाएका उनीहरु ओडार भेटेर बसेका थिए। समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन्।हेलिकप्