पाँच मिनेटमै ठेगाना प्लेट बनाउने एप ‘कता हो’ शुरू

काठमाडौं। नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट ५ मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कता हो’ सञ्चालनमा आएको छ । पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कता हो’मा शहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिने बताइएको छ ।  काठमाडौंमा शुरू भएको क्यान इन्फोटेक २०२४ मा उक्त प्रणालीको औपचारिक उद्घाटन गरिएको हो । देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिई यो प्रणाली तयार गरिएको साढे दुई दशकभन्दा बढी समयदेखि नवप्रवर्तनको क्षेत्रमा सक्रिय राम र लक्ष्मण रिमालले बताए । उनीहरूका अनुसार ‘कता हो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । राम लक्ष्मण ग्रूप संलग्न रहेको एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो ।  यो डिजिटल ठेगाना प्रणालीमा सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बरसमेत राख्न सकिने बताइएको छ । ‘यसको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न प्राकृतिक सम्पदाजस्ता हरेक स्थानको नम्बर तयार गर्नु हो,’ लक्ष्मण रिमालले भने, ‘यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ ।’ यो प्रणाली सबैका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा उनीहरूको छ ।  यो प्रणालीको सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । ‘कता हो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ नि:शुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बद्ध अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ । ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत शेयर गर्न, बोलेर एकअर्कामा पुर्‍याउन एकदमै उपयोगी र प्रभावकारी छ,’ एड्रेसग्राफ प्रालिले बुधवार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । यो प्रणाली प्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन् । उनीहरूले यसको प्रयोग गरेर विभिन्न प्रकारका लगत संकलन गर्न पनि सक्छन् । २८० मीटर लम्बाइ तथा २८० मीटर चौडाइको क्षेत्रलाई एउटा नेपाली शब्दले प्रतिनिधित्व गर्ने हुँदा यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न सजिलो हुने दाबी गरिएको छ ।  सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरूले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्ने बताइएको छ । यसको माध्यमबाट नक्सामै कुनकुन क्षेत्रका कुनकुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने कुरा पनि स्पष्टै देखिने लक्ष्मणले बताए ।  दैवी विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुने ठानिएको छ । ‘पालिकाका बासिन्दालाई आपत् पर्दा ‘कता हो’ कोडको अन्तिम १ शब्द र नम्बर मात्रैले उक्त व्यक्ति कुन ठाउँमा छ, ठ्याक्कै पत्ता लगाएर उद्धार सकिन्छ,’ रामलक्ष्मण ग्रूपका अर्का सञ्चालक राम रिमालले भने । ताल तलैया, सार्वजनिक वन, पार्कलगायत स्थानको अतिक्रमण रोकथामका लागि यस ठेगाना प्रणालीको माध्यमबाट उक्त स्थानको रेखांकन गर्न सकिने बताइएको छ । त्यसको समूह ठेगाना कोड ९द्यबतअज ऋयमभ० को माध्यमबाट त्यस क्षेत्र वरपरको मापदण्डसम्मका स्थानमा निर्माण तथा भोगचलनमा सहज किसिमले रोक लगाउन सकिन्छ । घर नम्बर जडानका साथै माथि उल्लिखितलगायत अन्य काममा समेत यो प्रणालीको बहुउपयोगी प्रयोग गर्न सकिने बताइएको छ । 

सम्बन्धित सामग्री

‘आरबीबी रिक्वेस्ट रेमिट’ शुरू

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘आरबीबी रिक्वेस्ट रेमिट’ शुरू गरेको छ । आफ्नो वेबसाइट, मोबाइल बैंकिङ (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको आरबीबी रिक्वेस्ट रेमिटबाट सजिलै रेमिट गर्ने सुविधा बैंकले ल्याएको हो । विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने बैंकको भनाइ छ । नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टलमार्फत अनुरोध गर्न सक्ने बताइएको छ । यसरी रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने र रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम डिपोजिट हुने बैंकको भनाइ छ ।  राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यवस्था भएको हो । ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको बताइएको छ ।

रेडहर्स बन्यो एन्फा लिग च्याम्पियन

इलाम । रेडहर्ष फूटबल क्लब इलाममा भएको एन्फा जिल्ला लिगमा एमएफसी पान्दाम फिक्कललाई ४–० ले हराउँदै च्याम्पियन बनेको छ । लिग च्याम्पियन रेडहर्षले अब प्रदेश लिगमा इलामको नेतृत्व गर्नेछ । खेल शुरू भएको ४ मिनेटमै पासाङ शेर्पाको गोलबाट रेडहर्षले अग्रता लिएको थियो । खेलको ३८ औं मिनेटमा सन्तोष रम्तेलले गोल गर्दै रेडहर्षले पहिलो हाफमा २–० […]

रोयललाई फुटबलको उपाधि

बाँके । रोयल नेपालगञ्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रोयलले नेपालगञ्ज–११ लाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । रोयलको जितमा सञ्जय थापाले उत्कृष्ट प्रदर्शन गरेका थिए । थापाकै दुई गोलले रोयलले उपाधि जितेको छ । खेल शुरू भएको ७ मिनेटमै थापाको गोलमार्फत् रोयलले अग्रता लिएको थियो । […]

कांग्रेस महाधिवेशन– मलाई जिताइदिनुस् भन्दै ५ मिनेटमै टुंग्याए देउवाले भाषण

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन उद्घाटन समारोहमा एकदमै छोटो भाषण गरेका छन् । 'चिसोका कारण रामचन्द्रजी धेरै बोल्न सक्नुभएन, म पनि लामो भाषण गर्दिनँ' भन्दै मन्तव्य शुरू गरेका देउवाले आफूलाई महाधिवेशनमा जिताउन आग्रह गर्दै मन्तव्य टुंग्याए । 'कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने केन्द्रको सरकार पनि कांग्रेसकै हुनेछ । त्यसकारण मलाई जिताइदिनुस् । डर त्रासबाट मुक्त सरकार ल्याएर छाडिन्छ,' भृकुटीमण्डपमा...

रेलेखोला जलविद्युत् आयोजनाको प्रारम्भिक चरणको काम शुरू

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण शुरू भएको छ । ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण शुरू गरेको हो । आयोजनाका साइट इञ्चार्ज आयुश शर्मा भट्टराईले कार्यक्षेत्रमा आएको सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम शुरू गरेको बताए । ‘आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ,’ उनले भने, ‘बाँध, विद्युत्गृह र पाइपलाइन निर्माण एकैसाथ अघि बढाएका छौं ।’ नारच्याङको बेँशी गाउँदेखि लेकगाउँ हुँदै खोपारालेकको फेदीस्थित बाँध र रेलेखर्कस्थित विद्युत्गृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ । २०७५ सालदेखि शुरू भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल ठेकेदार परिचालन भएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए । ‘छहरा, हकनी, गौडाका अक्करे पहाडमा एक्स्क्याभेटर र मजदूर परिचालन गरेर सडक बनाउन धेरै समय लाग्यो,’ उनले भने, ‘ग्याबिन र मेशिनरी पर्खाल लगाएर सडक स्तरोन्नति काम जारी राख्दै सिभिल निर्माण अघि बढाएका हौं ।’ रेलेखोलाले पहुँचमार्ग बनाएपछि १५० घरधुरीको बसोवास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालसँग जोडिएको छ । यसअघि स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रू. १ करोडभन्दा बढी खर्च गरे पनि बँेशीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो । ‘हामीले करिब पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनांै,’ लेकगाउँका श्याम पुर्जाले भने, ‘आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।’ बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमै पुग्न सकिने भएको छ । नारच्याङको बेँशी गाउँको शिरानमा रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि पहुँचमार्ग निर्माण शुरू गरेको थियो । खोपाराको फेदीमा पर्ने रेलेखर्क भन्ने ठाउँमा बाँध र घलेम्दी जलविद्युत् आयोजनाको इन्टेक नजिकै हरिस्वारामा विद्युत् गृह निर्माण गर्न ८० रोपनी जग्गा व्यवस्थापन भएको छ । सुरुङ र नहरको विकल्पमा बाँधदेखि चार किलोमिटर मुख्य पाइपलाइनबाट पानी ल्याइने भएको छ । १.६ किलोमिटर पेनस्टेक पाइप रहने भएको छ । प्रतिमेगावाट २० करोडको लागत अनुमान गरिएको रेलेखोला आयोजनामा बैंकको लगानी पनि जुटेको छ । कुल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् ५ किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन बनाएर दानास्थित २२० केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोड्ने योजना छ । नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । नीलगिरि हाइड्रोपावरले ११० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रासस

पोखरामा सुपरम्यान जिपलाइन शुरू, विश्वकै भिरालो दाबी

२ कात्तिक, पोखरा । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले पोखरामा यसरी नै हावामा वेग मार्न थालेका छन् । सराङकोटबाट आखैंअघि हिमाल, जंगल, बस्ती, खोलाको दृश्यावलोकन गर्दै हेमजासम्म सुपरम्यम जिपफ्लाइङ शुरू […]

एनएमबिको मुद्धती निक्षेपमा ९.५२% को आकर्षक योजना

काठमाडौँ- एनएमबी बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२% वार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने भएको छ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । भिडीयो केवाईसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरू देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै […]

आर्थिक वर्षको शुरूआतमा शेयर बजारमा उछाल, २० मिनेटमै ४६ अंकले बढ्यो नेप्से

आर्थिक वर्ष २०७८/०७९ मा शेयर कारोबार भएको पहिलो दिन आइतवार शुरूबाटै नेप्से परिसूचक उकालो लागेको छ । कारोवार शुरू भएको पहिलो २० मिनेटमा नेप्से परिसूचक ४६ अंकले उकालो लागेको हो । पछिल्लो केही दिनयता नेप्से खासै उकालो लाग्न सकेको थिएन । नयाँ आर्थिक वर्षको शुरूआत र अर्थमन्त्रीले दिएको सकारात्मक प्रतिक्रियाका कारण बजारमा राम्रो प्रभाव परेको हुनसक्ने अनुमान गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा लगानीकर्ताको हितअनुकूल हुने गरी काम गर्ने बताएका थिए ।