अफगानिस्तानमा विद्यालय नजिकै विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानमा एउटा विद्यालय नजिकै भएको विस्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका छन् । राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् । हिजो बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको अफगानिस्तानको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ । सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आउँदो सेप्टेम्ब...

सम्बन्धित सामग्री

बर्दिया खैरापुरको शम्भुशरण मावि केन्द्रमा स्थगित भएको मतदान पुनः सुरु

बर्दिया । खैरापुरको शम्भुशरण माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । केन्द्रबाहिर विस्फोट भएपछि एक घण्टा मतदान कार्य स्थगित गरिएको थियो । मतदान केन्द्रबाहिर सुतली बम विस्फोट भएपछि रोकिएको मतदान सुचारु भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । गुलरिया नगरपालिकाको खैरापुर, राजापुरको धोविनपुर, ठाकुरबाबाको अम्रेनी र बढैयाताल गाउँपालिकाको मैनापोखरमा […]

बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुरको मतदानकेन्द्रमा बम विस्फोट

बर्दिया - बर्दियाको गुलरिया नगरपालिका–२ को खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ । बम विस्फोटपछि गुलरिया नगरपालिका–२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुरमा मतदान स्थगित भएको छ । त्यहाँ बम विस्फोटपछि लाइनमा बसेका मतदाता र कर्मचारीमा केही त्रास भएको छ । अवस्था सामान्य भएपछि पुनः मतदान सुरु गर्ने तयारी छ । अहिलेसम्म बर्दियाका सबै मतदान केन्द्रको गरी साढे १० बजेसम्म २५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

बर्दियामा विस्फोट, मतदान स्थगित

काठमाडौं ।  बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ ।  मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ ।  हाल मतदान स्थगित भएको छ । यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको  आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन् […]

अफगानिस्तानका दुई विद्यालयमा विस्फोट:  छ जनाको मृत्यु, केही घाइते

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान विद्यालयमा बम विस्फोट भएको छ।आक्रमणकारीले दुई विस्फोट गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते  भएका छन्।काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो।त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो। त्यो पनि विद्यालय नजिकै भएको थियो। दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइर

काबुलमा विस्फोट : ६ जनाकाे ज्यान गयाे, केही घाइते

अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरूले दुई वटा बम विस्फाेट गराएका छन् । घटनामा कम्तीमा ६ जनाको ज्यान गएकाे र अरू केही घाइते भएका अधिकारीहरूले आज मङ्गलवार जानकारी दिएका समाचार संस्था एएनआईले जनाएकाे छ ।   काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटका घटनामध्ये पहिलो विस्फोट मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोट भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो ।  दुवै विस्फोटका घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।...

काबुलको विद्यालयमा विस्फोट हुँदा ६ जनाको मृत्यु

अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोट गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो । दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । &nb

अफगानिस्तानको बाघलान प्रान्तमा बम विस्फोट हुँदा २ जनाको मृत्यु

बाघलान । अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । स्थानीयवासीलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार प्रान्तीय राजधानी पुल-ए-खुमरी सहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार दिउँसो उक्त विस्फोट भएको हो । गत सोमबार नान्गाहारको लालपुर जिल्लाको एक विद्यालय […]

सिरियामा सैनिक सवार बसमा बम विस्फोट हुँदा १३ सैनिकको मृत्यु

एजेन्सी । सिरियाको राजधानी दमास्कसमा भएका बम विस्फोटमा परी १३ सैनिकको मृत्यु भएको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा विस्फोटमा ३ जना घाइते भएको सिरियाली टेलिभिजनले जनाएको छ । दमास्कसको मध्य भागमा आज सडक छेउमा ती विस्फोट भएका थिए । मानिसहरु काम र विद्यालय जाने क्रममा बम विस्फोट भएको समाचारमा उल्लेख छ […]

काबुल विस्फोट : मृत्यु हुनेको संख्या ६० नाघ्यो

शनिवार अफगानिस्तानको काबुलमा एक विद्यालय बाहिर विस्फोट हुँदा मृत्यु हुनेको संख्या ६० नाघेको छ। विद्यार्थीहरु विद्यालयबाट बाहिर आउने क्रममा गराइएको विस्फोटमा अधिकांश छात्राहरुको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।   आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। सुन्नी इस्लामिस्ट विद्रोहीले आक्रमण गराएको हुन सक्ने अनुमान गरिएको छ। अफगानिस्तान सरकारले तालिवान विद्रोहीमाथि…

अफगानिस्तानमा विद्यालय बाहिर विस्फोट, ३० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा विद्यालय नजिकै विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ। शनिबार माध्यामिक विद्यालयबाट विद्यार्थीहरु निस्किरहेको बेला विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ। उक्त घटनामा धेरैजना घाइते समेत भएका छन्। हाल घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। विस्फोटबाट भएको क्षतिमा छात्राहरु धेरै प्रभावित भएको बताइएको छ। सुन्नी लडाकूको संलग्नतामा यो…