एजेन्सी । सिरियाको राजधानी दमास्कसमा भएका बम विस्फोटमा परी १३ सैनिकको मृत्यु भएको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा विस्फोटमा ३ जना घाइते भएको सिरियाली टेलिभिजनले जनाएको छ । दमास्कसको मध्य भागमा आज सडक छेउमा ती विस्फोट भएका थिए । मानिसहरु काम र विद्यालय जाने क्रममा बम विस्फोट भएको समाचारमा उल्लेख छ […]