उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा शनिबारदेखि पाचौं संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा साविक विजेता दनपा–६ थालिगडा विजयी भएको छ । थालिगडाले दनपा ९ ग्वाल्लेकलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको हो । ग्वाल्लेकले दिएको ९० रनको लक्ष्य थालिगडाले ९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । […]

सम्बन्धित सामग्री

उपमेयर कप : देहिमाडौं र नागार्जुन विजयी

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता आज दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा दशरथचन्द नगरपालिका-२ देहिमाडौं र दोस्रोमा दशरथचन्द नगरपालिका-११ नागार्जुन विजयी भएका छन्।देहिमाडौंले पहिलो खेलमा दशरथचन्द नगरपालिका-८ त्रिपुरालाई ६ विकेटले पराजित गर्‍यो। त्रिपुराले दिएको ६० रनको लक्ष्य देहिमाडौंले ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा बबिता बोहराले नटआउट १७ र आरती बोहराले १० रन बनाए। त्रिपुराका लागि करिस्मा थापाले

बैतडीमा आजदेखि उपमेयर कप हुँदै

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदै छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले गर्नुहुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । उद्घाटन […]

उपमेयर कप चैत ५ देखि, खेलतालिका सार्वजनिक

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा यही चैत ५ गतेदेखि उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।निंग्लाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। नगर क्रिकेट समितिका संयोजक रमेश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने नगरपालिकाभित्रका ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।खेल तालिकाअनुसार समूह ए मा वडा नम्बर ६, ९ र ५ रहेका छन्।  समूह बी मा व