ठुलोलुम्पेकमा असिना र पानी, किसानको बाली नष्ट

अविरल वर्षासँगै आएको असिनाले गुल्मीको सत्यवती गाउँपालिका ३, ठुलोलुम्पेक गाउँका किसानहरूको खेतीपातिमा क्षति पुर्याएको छ । बुधबार दिउँसो वर्षासँगै आएको असिनाले ठुलोलुम्पेक गाउँका किसानले लगाएको खेतीमा ठूलो क्षति पुर्याएको हो । असिना–पानीले स्थानीय इन्द्रबहादुर विकको पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्मको तरकारी खेती नष्ट भएको छ । त्यहाँ करिब पाँच लाख बराबरको क्षति भएको उनले बताए । विकका दर्जनौ कुखरा समेत मरेका छन् । त्यस्तै असिनाले अन्य कृषकहरुले लगाएका तरकारी र गहुँ खेतीमा क्षति पुर्या

सम्बन्धित सामग्री

डडेल्धुरामा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित

डडेल्धुरा । डडेल्धुरामा आइतबार परेको असिना पानीले हिउँदे बालीमा ठूलो क्षति पुर्याएकाे छ । केही दिनदेखि परिवर्तन भइरहेको मौसममा आइतबार दिउँसाे परेको भीषण असिना पानीले जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ र ९ का गाउँमा लगाइएको हिउँदे बाली सबै सखाप पारेको हो ।कृषकहरुले लगाएको हिउँदे बाली गहुँ, तरकारी र फलफूल खेती नष्ट हुने गरी असिना […]

म्याग्दीमा तेस्रो पटक भीषण असिना, हिउँदे बाली नष्ट

म्याग्दी । म्याग्दीमा चैत महिना लागेसँगै ३ पटकसम्म भीषण असिना पर्दा खडेरीबाट बचेकाे हिउँदे बाली समेत नष्ट भएकाे छ । उत्तरी म्याग्दीमा शुक्रबार परेको असिना पानीले खडेरीबाट बचेकाे हिउँदे बाली, तरकारी र फलफूल बाली नष्ट गरिदिएको हाे । ५ महिनापछि भएको हिउँदे वर्षासँगै असिना परेपछि किसानहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् । लामो खडेरीपछि […]

म्याग्दीमा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित

म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले घरमा भित्र्याउने बेला भएकाे हिउँदे बाली नष्ट गरेको छ । पाक्नै लागेको हिउँदे बाली असिनाले नष्ट गरेपछि कृषक चिन्तित भएका हुन् । पानीसँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वार, वडा नम्बर ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लगायत जिल्लाका उच्च लेकाली क्षेत्रका बालीमा क्षति पुर्याएको कृषकहरूले बताएका छन् […]

असिना पानीले बाली नष्ट, किसान चिन्तित

चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकामा असिनाले तरकारी र मकै बाली नष्ट

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका-२ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पुर्‍याएको छ। बुधवार आएको असिनापानीले वडा नम्बर २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पुर्‍याएको हो। बिक्री गर्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन्। मायाटारका राजबहादुर प्रजाले…

असिना पानीले म्याग्दीमा बाली नष्ट

काठमाडौं । म्याग्दी जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिकासहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा खेतीबाली नष्ट पारेको हो । रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो । भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको […]

किसानले पाएनन् क्षतिपूर्ति

गत वैशाखमा परेको असिना पानीका कारण तरकारी र फलफूललगायतको बाली नष्ट भएको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका किसानले दुई महिना बित्न लाग्दासमेत क्षतिपूर्ति पाएका छैनन् ।किसानले लगाएको ४८ करोड रुपैयाँ बराबरको फलफूल र तरकारी बाली नष्ट भएको विवरण त्यहाँका कृषि शाखाले सार्वजनिक गरेका थिए । त्यस लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधि, जिल्लामा […]

ताप्लेजुङ : गाेडेर ठिक्क पारेकाे आलु असिना पानीले नष्ट

ताप्लेजुङ – ताप्लेजुङमा पानीसँगै परेको असिनाले आलुलगायतका बाली नष्ट गरेकाे छ । शुक्रवार दिउँसाे परेकाे असिना पानीले आलुकाे पकेट क्षेत्र मानिएको फुङलिङ नगरपालिका ९ बुङकुलुङ क्षेत्रमा आलुलगायतका बली नष्ट भएकाे स्थानीयवासी पासाङरीता शेर्पाले बताउनुभयो । झण्डै आधा घण्टा जति परेकाे असिना पानीले गाेडेर ठिक्क पारेर अब फल्छ कि भन्ने भएकाे आलुलाई  नष्ट गरेकाे उहाँले बताउनुभयो ।    शेर्पाले आउँदाे वर्षका लागि बिउसमेत नहुने बताउनुभयो । उहाँले भन्नुभयो, तरकारी बेचेर गुजारा गर्ने बुङकुलुङ गाउँलाई अ...

असिनाले धनकुटा र तेह्रथुममा करोडौंको तरकारी नष्ट

धनकुटा : असिनाले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ।असिनाले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका किसान मेघेन्द्र गुरुङले बताए। असिना पानीले धनकुटामा मात्र करिब १३ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको गुरुङले बताए।तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ। असिनाले छथर जोरपाटी-६ को पुरै

असिना पानीले जौँ, गहुँ र उवा बाली नष्ट

दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका – ३ को मेखाला गाउँमा लगाएको बाली जौं, गहुँ र उवा नष्ट भएको छ । चार दिनदेखिको अविरल वर्षासँगै आएको असिना पानीले सो बाली नष्ट गरेको हो ।