किसानले पाएनन् क्षतिपूर्ति

गत वैशाखमा परेको असिना पानीका कारण तरकारी र फलफूललगायतको बाली नष्ट भएको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका किसानले दुई महिना बित्न लाग्दासमेत क्षतिपूर्ति पाएका छैनन् ।किसानले लगाएको ४८ करोड रुपैयाँ बराबरको फलफूल र तरकारी बाली नष्ट भएको विवरण त्यहाँका कृषि शाखाले सार्वजनिक गरेका थिए । त्यस लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधि, जिल्लामा […]

सम्बन्धित सामग्री

अढाई दशक बित्दा पनि कोशी बाढीपीडितले पाएनन् राहत

विराटनगर । कोशी नदीको बाढीबाट प्रभावित स्थानीयवासीले अढाई दशक बित्दा पनि राहत पाउन सकेका छैनन् । २०६५ साल भदौ २ गते सुनसरीको पश्चिमकुशाहामा सप्तकोशी नदीको पूर्वी तटबन्ध फुट्यो । बाढी पूर्वी तर्फका गाउँहरूमा बस्यो । सात हजार घरधुरीलाई उठीबास लगायो ।  सरकारले नदीले काटेर लगेको र बालुवा पाँच फिट पुरेको ‘रेड एरिया’को खेतको प्रतिबिगाहा २ लाख रुपैयाँ, बालुवाले कम पुरेकाको ‘येलो एरिया’को खेतको प्रतिबिगाहा १ लाख रुपैयाँ र बालीनाली बगाएको ‘ग्रीन एरिया’को खेतको ५० हजार रुपैयाँ प्रतिबिगाहा क्षतिपूर्ति दियो ।  सरकारको घोषणाअनुसार ६ महीनाको रासन दिनुपर्नेमा तीन महीनाको मात्र दिइएको छ । घर बनाउन दिने भनिएको ३० क्युवि काठ र २० हजार रुपैयाँ आधाभन्दा बढी पीडितले अहिले पनि पाएका छैनन् । दुई बाली धान हुने खेतमा अहिले पनि बालुवाले भरिएको छ । पीडितका अनुसार सरकारले बालुवा हटाउने काम गरेन । न बालुवा हटाउन खर्च नै दियो ।  सरकारले क्षतिपूर्ति दिए पनि खेतमा बालुवा भरिएकाले उनीहरूलाई गुजारामा कठिनाइ भएको छ । खेतको बालुवा फालेर ‘लेबलिङ’ गरी जमीनलाई खेतीयोग्य बनाइदिने भनिए पनि काम हुन सकेको छैन । केही पीडितले आफ्नै खर्चमा बालुवा फालेर खेती लगाउन थालेका छन् भने अधिकांश विपन्न सरकारको पर्खाइमा छन् ।  कोशी गाउँपालिका ४ (पहिलेको श्रीपुर ८)का सलिम मन्सुरी २०६५ भदौ २ गतेको बाढीको त्रासदीपूर्ण घटना सम्झिएर अहिले पनि झस्कन्छन् । घरमा बाढीले क्षति पुर्‍यायो भने खेत बगरमा परिणत भयो । ७ हजार तीन सय जनालाई कोशीले घरबारविहीन बनायो । खेत बगरमा परिणत भए । सरकारले तत्काल राहत दिए पनि पैसा खर्च गरेर बालुवा सफा गर्न नसक्नेहरूको खेत अहिले पनि बाँझो छ । सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएर सुनसरीका साविक श्रीपुर, हरिपुर र पश्चिम कुसाहा गाविसका ७ हजार तीन सय बासिन्दा प्रभावित बनेका थिए । तर सरकारले घोषणा गरेको राहत उनीहरूले १५ वर्ष बितिसक्दा पनि पाउन सकेका छैनन् । कोशी बाढी पीडित संघर्ष समितिका अध्यक्ष मोहमद वाजुद्दिन मिया बाढी पीडित सुकुमबासीलाई सरकारले दुई कठ्ठा जग्गा र एउटा घर दिने भने पनि १४ सय २२ सुकुमबासी परिवारमध्ये सात सयले मात्र जग्गा पाएको बताउँछन् । तीमध्ये हरिपुरमा दुई सय ३५ परिवारलाई घर र जग्गा दिइए पनि कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले सुकुमबासीका घर भत्काइदिने भएपछि अहिले डरले अधिकांशले त्यहाँको वास छाडेका छन् । ‘रेड एरिया’का जग्गाधनीलाई दुई बालीको क्षतिपूर्ति २९ हजार दुई सय रुपैयाँ प्रतिबिगाहा दिने भनिए पनि १४ हजार रुपैयाँ मात्र दिएको मियाले बताए । ६ महीनाको रासनमध्ये तीन महीनाको मात्र दिइएको र अरू माग्न जाँदा प्रशासनले रकम नै आएको छैन भनेर फर्काउने गरेको उनले सुनाए । ३३ सय ७० परिवारलाई प्रतिपरिवार ३० क्युफिटका दरले काठ उपलब्ध गराउने निर्णय भए पनि १५ सय २८ परिवारले मात्र सो सुविधा पाएको उनको भनाइ छ ।

लालपुर्जा नहुँदा वन्यजन्तु पीडितले क्षतिपूर्ति पाएनन्

काठमाडौं, १३ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ की खिमादेवी उपाध्यायले यस वर्ष आफ्नो बारीमा तरुलखेती गरिन् । विगतका वर्षमा तरुलखेती देखिने उनले बारीमा यस वर्ष कोदोखेती गरिन् । “बारीमा लगाएको तरुल बँदेल आएर सबै खाइदिन्छ”, उनले भनिन्, “उत्पादन भएको तरुल बिक्री गर्ने त परको कुरा हो, आफूले खानसमेत पाइँदैन, त्यसैले तरुल लगाउनै छाडे […]

शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति

भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका– ५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ । पकानका किसानले सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ– ११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राखेको पकानका अगुवा किसान शेषकान्त तिवारीले बताए । शीत भण्डारमा राखिएको बीउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँदा

शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति

९ साउन, वालिङ । भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका– ५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ । पकानका किसानले सामूहिक वा व्यक्तिगत रुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ– ११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित […]

किसानले अझै पाएनन् राहत

बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिवापत दिने भनिएको क्षतिपूर्ति बाँकेका किसानले अझै पाएका छैनन्।...

बिनाकसुर ४० वर्ष भारतमा जेल बसेका दुर्गाप्रसादले पाएनन् क्षतिपूर्ति

हाइकोर्टले दुर्गाप्रसादलाई ५ लाख (नेपाली ८ लाख) रूपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको छ। न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले यस्तो आदेश दिएको थियो।...

शीतभण्डारमै कुहियो आलु, तीन महिनामा पनि कृषकले पाएनन् क्षतिपूर्ति

गत कात्तिकमा परेको बेमौसमी वर्षाले दमकको शान्ति कोल्ड स्टोरमा राखेको कृषकको बिउ आलु कुहिएपछि कृषकले भने अझै क्षतिपूर्ति पाउन सकेका छैनन् । कोल्ड स्टोर भवनको भित्ता र छानाबाट पानी चुहिँदा झापा...

किसानले अझै पाएनन् धानको क्षतिपूर्ति

काठमाडौं, पुस ६ । भित्र्याउने बेला भएको बेमौसमी वर्षा र बाढीले धानबालीमा क्षति बेहोरेका किसानले अहिलेसम्म राहत पाउन सकेका छैनन्। पाकेको धान नष्ट भएको करिब दुई महिना पुग्दा पनि क्षतिपूर्ति बापतको रकम नपाएको किसानले गुनासो गरेका छन्। गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा गठित क्षति मूल्यांकन समितिले बाढी,पहिरो र डुबानले ११ अर्ब ८७ करोड रूपैयाँको धानबाली नोक्सान […]

मृतक विद्यार्थीका परिवारले क्षतिपूर्ति पाएनन्

न्युज अफ नेपाल, भद्रपुर । अध्यापन अनुमति नपाएका विद्यालयका कर्मचारीको कुटाइबाट विद्यार्थीको ज्यान गएको घट्नाको टुङगो लाग्न सकेको छैन । झापाको कन्काई ६ चम्पापुर माध्यामिक विद्यालयमा अध्ययनरत् कन्काई ६ चम्पापुरका १० बर्षिय कृष्ण प्रसाद राजवंशीको मृत्युको विषयमा हालसम्म टुङ्गो लागिनसकेको हो । विद्यालयमा कार्यरत खरिदार रबिन मगरको पिटाइबाट विद्यार्थीको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका […]