इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा दुई गोलले पछिपरेको अवस्थाबाट घरेलु टोली चेल्सीले पुनरागमन गर्दा खेल २-२ को बराबरीमा रोकिएको थियो।
खेलको नवौं मिनेटमै साडियो मानको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। त्यस्तै २६ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा…