सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । यसअघि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।
सो बैठकबाट शुक्रबार बालुवाटारमा गठबन्धनको बैठक बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भेटमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारला...