बसकै बराबरीमा आयो हवाईभाडा, सिमराबाट १६९५ र जनकपुरबाट १७५० मै काठमाडौं, कुन ठाउँको भाडा कति ?

काठमाडौं। पेट्रोलियम पदार्थको मुल्यवृद्धि र दशैं तिहार जस्ता चाडबाडका कारण महंगिएको हवाई भाडा पछिल्लो ३/४ महिना यताकै सबैभन्दा सस्तो भएको छ । अहिले हवाई भाडादर कतिपय ठाउँमा बस भाडाकै हाराहारीमा आएको छ भने सिमरा, जनकपुर लगायतका ठाउँमा त बसभाडा भन्दा पनि सस्तो भएको छ । शुक्रवार बिहान लिएको भाडादर अनुसार शनिवारका लागि सिमरा-काठमाडौं हवाई भाडा १ हजार ६९५ रुपैयाँ मात्रै छ । जनकपुर-काठमाडौं १ हजार ७५० रुपैयाँ,  पोखरा-काठमाडौं १ हजार ९९५ रुपैयाँ, चितवनबाट २ हजार ४०० रुपैयाँ मात्रै रहेको छ । त्यस्तै भैरहवाबाट काठमाडौं २ हजार ४९५ रुपैयाँ, भद्रपुरबाट २ हजार ६०० रुपैयाँ, विराटनगरबाट २ हजार ८०० रुपैयाँ, धनगढीबाट ३ हजार ४०० रुपैयाँ र नेपालगञ्जबाट ३ हजार ३९५ रुपैयाँ रहेको छ। बिहीवार ६ हजार ५०० रुपैयाँ रहेको सुर्खेत-काठमाडौं हवाई भाडादर भने शुक्रवार ७ हजार ५०० रुपैयाँ सम्म रहेको छ । किन सस्तीयो हवाई भाडा ? पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण विदेशी पर्यटकको आगमन प्रभावित भएको छ । आन्तरिक उडानमा पनि ठूलो हिस्सा ओगट्ने पर्यटक नभएपछि पर्यटकीय क्षेत्रका गन्तव्यमा हवाई भाडा निकै नै सस्तो भएको एयरलाइन्स कम्पनीहरुले बताएका छन् । विदेशी पर्यटक नहुँदा नेपालीहरुले मात्रै महँगो भाडादरमा यात्रा नगर्ने भएपछि कम्पनीहरुले बस भाडाकै मूल्यमा जहाज भाडा लिएर उडान भर्न थालेका हुन् । आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यति, सौर्य, गुण लगायतका एयरलाइन्स कम्पनीहरुले सार्वजनिक गरेको भाडादर सामान्य समयको भन्दा पनि कम रहेको छ । बसमा दुई दिन यात्रा गर्दा ३ हजार, प्लेनमा ३४०० हाल धनगढी-काठमाण्डौ‌ चल्ने एसी बसको भाडा २ हजार ३५० रुपैयाँ छ । त्यहि रुटमा हवाई भाडा भने ३ हजार ४०० रुपैयाँ मात्रै छ । बसमा यात्रा गर्दा दुई दिन समय लाग्नुका साथै खाना र खाजा खाँदा ३ हजार देखि ३५०० कै हाराहारीमा खर्च भइहाल्छ । १ घण्टाको हवाई यात्रा पनि ३५०० रुपैयाँ भन्दा सस्तो भएपछि यात्रुहरुको रोजाइ हवाई यात्रा नै हुने एयरलाइन्स कम्पनीको अपेक्षा हो । त्यस्तै जनकपुर-काठमाण्डौ‌ बस भाडा १ हजार २०० रुपैयाँ छ भने, हवाई भाडा मात्र १ हजार ७५० रुपैयाँ रहेको छ। यो रुटमा त बसमा यात्रा गर्दा हुने खाना र खाजाको खर्च जोड्दा हवाई यात्रा नै सस्तो हुने देखिन्छ । अफ सिजन र कोभिडका कारण घट्यो हवाई भाडा यती एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौला यतिबेला वायुसेवा कम्पनीका लागि अफसिजन चलिरहेको बताउँछन् । अफसिजनमा यसैपनि यात्रुको चाप कम हुँदा भाडा घट्छ। यतिबेला त कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पनि सँगसँगै फैलिएकाले पर्यटक नै छैनन्। त्यसकारण हवाई भाडा निकै कम मूल्यमा आएको उनले बताए । अहिले धेरैजसो वायुसेवा कम्पनीले ठूला ठूला जहाजबाट मात्रै उडान गरिरहेकाले पनि भाडादर घटेको बर्तौलाले बताए । ठूला जहाजले उडान भर्दा अपरेटिङ कस्ट (सञ्चालन खर्च) समेत कम हुने हुनाले पनि भाडा दर सस्तियको उनको भनाई छ । सर्भाइभ हुन भाडादर कटौती, ९० प्रतिशत सम्म अकुपेन्सी कोभिडको कारण बिगतमा लामो समय थला परेका एयरलाईन्स कम्पनीहरुले नाफा भन्दा पनि सर्भाइभ हुन जोड दिएकोले भाडादर कम घटाएको एयरलाईन्स कम्पनीहरुले बताएका छन् । कोभिडको कारण विदेशी पर्यटकको चाप नभएको र यतिबेला सास्कृतिक कार्यक्रम पनि कम हुने हुँदा नेपाली यात्रु समेत कम भएकोले हवाई भाडा घटेको बुद्ध एयरका कम्युनीकेसन मेनेजर दीपेन्द्र कर्णले आर्थिक अभियानलाई बताए । हाल बसकै भाडादर सरह हवाई भाडादर घट्दा नेपाली पर्यटकबाटै करिव ९० प्रतिशत सम्म अकुपेन्सीमा हवाई उडान गरिरहेको कर्णले बताए ।  हाल अन्तरप्रदेश हवाई उडान गरिरहको बुद्ध एयरले पोखरा देखि सिमरा, धनगढी लगायतका स्थानमा समेत ९० प्रतिशतकै हाराहारी अकुपेन्सीमा दैनिक तथा साप्ताहिक उडान गरिरहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित सामग्री

उपाधि होड फेरि खुला

कति नजिक तर अझै कति टाढा । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष तीन स्थानमा रहेका टिमले यही अनुभव गरेको हुनुपर्छ । चर्च ब्वाइज, मछिन्द्र र जावलाखेल तीनै टिम शनिबार मैदानमा उत्रिए । त्यसमध्ये चर्च ब्वाइज र जावलाखेल पराजित भए । मछिन्द्र भने आर्मीसँग ‘भाग्यमानी’ बराबरीमा रोकियो । यी नतिजाले लिग उपाधिको होड फेरि एकपल्ट खुला भएको छ । रेलिगेसन तनाव पनि उत्तिकै खुला भएको छ ।

साफ च्याम्पियनसिप : नेपाललाई फाइनल पुग्न बंगलादेश कति बाधक ?

नेपाली फुटबल टोलीले बुधवार साँझ पौने पाँच बजे प्रतिद्वन्द्वी बाङ्ग्लादेशसँग खेल्दैछ। यो खेल नेपाली फुटबलको लागि धेरै अर्थमा महत्त्वपूर्ण छ।यो खेलबाट कम्तीमा एक अङ्क अर्थात् बराबरी मात्र गर्न सके नेपाल साफ फुटबल च्याम्पियनशिपको फाइनलमा पुग्नेछ।र, साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। हारको अर्थ भनेको चाहिँ प्रतियोगिताबाट बाहिरिनु हो।दक्षिण एशियाको टापु देश माल्दिभ्समा सञ्चालन भइरहेको प्रतियोगिताको १३ औँ संस्करणमा शुरुका दुई खेल जितेपछि नेपाल प्रतियोगिताको दावेदार टोलीको रूपमा देखिएको थियो।तर सहभागी सबै पाँच राष्ट्र (नेपाल, भारत, बाङ्ग्लादेश, श्रीलङ्का र आयोजक माल्दिभ्स) ले एक अर्कोसँग खेलेपछि अहिले प्रतियोगिताको समीकरण असाध्यै रोचक मोडमा पुगेको छ।त्यो रोचक मोडमा नेपाली फुटबल समर्थकहरूले बुझेको एउटै विषय के हो भने नेपालले बाङ्ग्लादेशसँग 'कम्तीमा हार' नबेहोरे पुग्छ। साफ च्याम्पियनशिप दक्षिण एशियाली राष्ट्रहरूको सबैभन्दा ठूलो फुटबल प्रतिस्पर्धा हो।प्रतिद्वन्द्वीखेलाडीहरूको मनोविज्ञान हेर्ने हो भने नेपाली फुटबल टोली बाङ्ग्लादेशमाथि पछिल्लो समय हावी हुँदै आएको छ। नेपाली खेलाडीहरू भन्ने गर्छन्- 'बाङ्ग्लादेशलाई त ह्याकुलाको कमाल देखाइन्छ नि।'तर तथ्याङ्कले त्यसो भनिरहेको छैन। यी दुई टोलीबीच तीन दशक लामो फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन्। तीमध्ये १३ खेलमा बाङ्ग्लादेश र ७ खेलमा मात्र नेपाल विजयी भएको छ। दुई खेल बराबरीमा टुङ्गिएको छ।साफ च्याम्पियनशिपकै कुरा गर्ने हो भने यी दुई टोली सात पटक भिडेका छन्, जसमा ४ जित बाङ्ग्लादेशको नाममा छ भने नेपालले ३ जित हासिल गरेको छ।तर रमाइलो पक्ष के हो भने नेपालले जितेका तीन खेलहरू पछिल्ला प्रतियोगितामा हुन्। त्यसैले नेपाली खेलाडीहरूको मनस्थितिमा 'ह्याकुला' बलियो भएको भान परेको हुनुपर्छ।सबैभन्दा ताजा उदाहरण दिने हो भने नेपालले बाङ्ग्लादेशलाई सात महिनाअगाडि काठमाण्डूको दशरथ रङ्गशालामा हराएको हो। उक्त जित वर्तमान प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको आगमनको ठिक अगाडि भएको हो। बालगोपाल महर्जन प्रशिक्षक भएको टोलीले बाङ्ग्लादेशलाई फाइनलमा पराजित गरी थ्री नेसन्स कपको उपाधि नै जितेको थियो।रोचकयी दुई देशको प्रतिस्पर्धा र तिनको परिणामका थुप्रै रोचक कथा छन्। के तपाईँहरूलाई सागर थापाको त्यो गोलको सम्झना छ? जुन सन् २०११ को भारतमा सम्पन्न साफ च्याम्पियनशिपको बेला उनले बाङ्ग्लादेशविरुद्ध गरेका थिए।धेरैलाई याद छ- तात्कालीन कप्तान थापाले झन्डै ३० यार्ड टाढाबाट गरेको घुमाउरो फ्रि किक अविश्वसनीय ढङ्गले गोलमा परिणत हुन पुगेको थियो।त्यो गोल खेल सकिने सिटी फुक्नु ३० सेकेन्डअगाडि भएको थियो। जसले नेपाललाई च्याम्पियनशिपको सेमिफाइनलमा पुर्‍याएको थियो भने बाङ्ग्लादेशलाई उसको घर फर्काइदिएको थियो।त्यो गोल त फिफाको साताको उत्कृष्ट गोलको मनोनयनमा नै परेको थियो। त्यसको ठिक दुई वर्षअगाडि बाङ्ग्लादेशले काठमाण्डूको दशरथ रङ्गशालामा सारा नेपाली समर्थकहरूबीच साग गेम्स (दक्षिण एशियाली खेलकुद प्रतियोगिता) मा नेपाललाई हराउँदै उपाधि लगेको थियो।आठौँ सागको आयोजक नेपालले आयोजनाको अन्तिम दिन भएको खेलमा भोगेको पराजय बाङ्ग्लादेशको हातबाट भएका पीडादायी हारमध्येमा पर्छ। कतिपयले उपाधि विमुख भएपछि युवा खेलाडी वसन्त गौचन मैदानमा रोएको घटना पनि सम्झिन्छन्।साफ च्याम्पियनशिपमा नेपालले बाङ्ग्लादेशलाई पनि कम्ता दुःख दिएको छैन। सन् २०१८ मा समूह चरणमै भएको खेलमा नेपालले आयोजकलाई हराएको थियो।जसका कारण बाङ्ग्लादेशमै भएको प्रतियोगितामा घरेलु टोली समूह चरणमै रोकिन पुगेको थियो। विगतका यी भेटहरू भन्दा आजको भेट दुवै देशका लागि सबैभन्दा चुनौतीपूर्ण मोडमा भएको छ।स्वाभाविक छ - बुधवार दुवै टोलीले 'गर या मर' को स्थितिमा खेल्नेछन्।मित्रतादक्षिण एशियाली फुटबल नियाल्ने हो भने फुटबलमा नेपाल र बाङ्ग्लादेश सबैभन्दा नजिक छन्। यिनीहरूलाई साफ फुटबलको 'मिल्ने दौँतरी' भन्दा फरक पर्दैन।९० को दशकमा नेपाली खेलाडीहरूको व्यावसायिक फुटबलको गन्तव्य नै बाङ्ग्लादेश थियो। नेपालका त्यतिबेलाका चर्चित खेलाडीहरूको नाम त्यहाँको फुटबल जगत्‌मा अहिले पनि कण्ठ नै छ।त्यस हिसाबमा बङ्गालीहरू पनि दक्षिण एशियाका अन्य देशको तुलनामा नेपालकै समर्थन गर्छन्।यी दुई टोलीबीचच नै सबैभन्दा धेरै मैत्रीपूर्ण खेलहरू भएका छन्। एक घण्टाको हवाई यात्राले जोडिने यी दुई देशका फुटबल अधिकारीहरू पनि सुखदुःखका साथीहरू जस्तै देखिन्छन्।जस्तै कोभिड -१९ को पहिलो चरणको बेला फुटबल गतिविधि ठप्पै हुँदा बाङ्ग्लादेशले नेपाललाई दुई मैत्रीपूर्ण फुटबलका लागि ढाका बोलायो।बदलामा नेपालले पनि थ्री नेसन्स कपमा बाङ्ग्लादेशलाई बिर्सेन।यति मात्र होइन, बाङ्ग्लादेशको महिला टोलीलाई दुई मैत्रीपूर्ण खेलका लागि पनि नेपालले निम्तो दियो। तर अहिले भने यी दुई राष्ट्र एक अर्कोलाई हराउने रणनीति बुनिरहेका छन्।नेपाली प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीले खेल अगाडिको पत्रकार सम्मेलनमा अनुपस्थित भएर फाइनल पुग्नु अगाडि आफूलाई रहस्यमय बनाएका छन्। भारतसँग 'अत्यन्तै रक्षात्मक' खेलेर आलोचित नेपाल, बाङ्ग्लादेशसँग भने मिश्रित शैलीले खेल्ने फुटबल विश्लेषकहरूको अनुमान हो।त्यो रणनीति भनेको पहिलो हाफमा ३ अङ्कका लागि र दोस्रो हाफमा एक अङ्कका लागि हुने अनुमान छ। -बिबिसी