ब्राजिललाई सेमिफाइनल यात्रा कति सहज? फाइनलमा २ पटक अर्जेन्टिनालाई हराएको चिली कति बलियो?

ब्राजिल पछिल्लो समय उत्कृष्ट लयमा छ। जारी कोपा अमेरिकामा समूहगत चरणको अन्तिम खेलमा इक्वेडरसँग बराबरी खेलेपनि ब्राजिलको अधिकांश दोस्रो रोजाईका खेलाडी उत्रिएका थिए। लगातार १० खेल जितेपछि इक्वडेरसँग बराबरीमा रोकिएको थियो ब्राजिल। सन् २०१९ को अक्टोबरमा मैत्रिपूर्ण खेलमा अर्जेन्टिनासँग १-० गोलले पराजित भएयता ब्राजिलले कुनैपनि खेलमा हार ब्यहोरेको छैन।  दक्षिण कोरियालाई ३-० गोललाई हराएर ब्राजिलको […]