कति नजिक तर अझै कति टाढा । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष तीन स्थानमा रहेका टिमले यही अनुभव गरेको हुनुपर्छ । चर्च ब्वाइज, मछिन्द्र र जावलाखेल तीनै टिम शनिबार मैदानमा उत्रिए । त्यसमध्ये चर्च ब्वाइज र जावलाखेल पराजित भए । मछिन्द्र भने आर्मीसँग ‘भाग्यमानी’ बराबरीमा रोकियो । यी नतिजाले लिग उपाधिको होड फेरि एकपल्ट खुला भएको छ । रेलिगेसन तनाव पनि उत्तिकै खुला भएको छ ।