ब्याजदरभन्दा ऋणको उत्पादकत्व महत्त्वपूर्ण

एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सँग नेपालले सस्तो ब्याजदरमा ऋण दिन आग्रह गरे । एआईआईबी वित्तीय स्रोत उपलब्ध गराउनसक्ने महत्त्वपूर्ण अन्तरराष्ट्रिय बहुपक्षीय बंैक भए पनि तुलनात्मक रूपमा अन्य विकास साझेदारहरूको भन्दा यसको ब्याजदर उच्च रहेको छ । नेपालले स्रोतको जोहो गर्दा सम्भावित सहयोगदाता खोज्नु स्वाभाविक हो र ऋण सहयोगमा ब्याजदर महत्त्वपूर्ण पक्ष हो । तर, ब्याजदर सस्तो वा महँगो जे भए पनि अर्थतन्त्रमा उत्पादकत्व बढाउँदैन भने ऋण जहिले पनि पासो बन्न सक्छ ।  पछिल्ला वर्षहरूमा नेपालको सार्वजनिक ऋणको हिस्सा बढ्दो छ र कुल गार्हस्थ्य उत्पादनको आधा अंश पुग्न लागिसकेको छ । नेपालले आन्तरिक बजारमा नै अहिले सस्तोमा ब्याजदरमा पर्याप्त ऋण पाइरहेको छ । त्यति मात्र होइन, विदेशी विनिमय सञ्चिति ऐतिहासिक स्तरमा नै उच्च रहेको छ । नेपालले आफ्नै स्रोत सञ्चालन गर्न नसकिरहेको अवस्थामा ब्याजदर घटाइदेऊ भनेर रोईकराई किन गर्नु परेको हो भन्न सकिँदैन । यसै पनि एआईआईबीको ऋण महँगो हुन्छ । उसले अमेरिकी सरकारको ऋणपत्रको धितोमा ऋण प्रवाह गर्दा लाग्ने ब्याजदरलाई आधार मान्ने गरेको छ जसअनुसार दिनदिनै यसको ब्याजदर परिवर्तत हुन्छ । नेपालले एआईआईबीले भन्दा सस्तो ब्याजमा ऋण दिने अन्तरराष्ट्रिय विकास साझेदारहरूसँग ऋण पाइनै रहेको छ । सस्तो ब्याजदर पाइने संस्थासँग ऋण लिँदा पुग्ने अवस्थामा महँगो ब्याजदर लिनेसँग ब्याजदर घटाइदेऊ भन्नै अनुनयविनय गर्नुपर्ने तात्त्िवक कारण देखिँदैन ।  विकास निर्माणको काम ऋणबाट नै गर्नुपर्ने हुन्छ । तर, त्यसो भन्दैमा जथाभावी ऋण लिए भोलिका दिनमा त्यो तिर्न नसक्ने अवस्थामा पुग्न पनि सक्छ । त्यसैले नेपालले पर्याप्त अध्ययन र विश्लेषण गरेर ऋण लिनुपर्छ । नेपालले चीनसँग लिएको ऋण सबैभन्दा महँगो मानिन्छ । यही ऋणबाट बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलले अन्तरराष्ट्रिय उडानको सेवा दिन सकेको छैन । एशियाली विकास बैंकको ऋणबाट बनेको भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको पनि हालत उस्तै छ । यी विमानस्थल उच्च क्षमतामा सञ्चालन हुन सकेका भए ब्याजदरको अन्तरले केही फरक पार्ने थिएन । त्यसैले ब्याजदरभन्दा पनि ऋण कुन क्षेत्रमा प्रयोग भएको छ र त्यसको उत्पादकत्व कति छ भन्ने कुरा निर्णायक हुनुपर्छ । नेपालले ऋण लिएर बनाएका कुनै पनि परियोजनाले सही उत्पादकत्व दिन सकेको पाइँदैन । यसो हुनुको कारण कुनै पनि आयोजनाहरू समयमा सम्पन्न नहुनु हो । आयोजना निर्माणमा ढिलाइ भएपछि त्यसको लागत निकै बढ्न जान्छ र आयोजना सम्पन्न भएपछि त्यसले दिने प्रतिफल पनि प्रभावित हुन्छ । एशियाली विकास बैंकको ऋण सहयोगमा बनेको मेलम्ची खानेपानी आयोजनालाई हेरेर भन्न सकिन्छ, नेपालको कार्यक्षमता कमजोर भएकाले ऋणले दिने प्रतिफल कमजोर छ ।  नेपालले सस्तो ब्याजदरमा लिएको ऋण उपभोग गर्न नसक्दा ऋण नै फिर्ता लान लागेको समेत चर्चा छ । विश्व बैंकले डिजिटल फ्रेमवर्कका लागि दिएको १४ अर्ब ऋण फिर्ता लैजान आँटेको सुन्नमा आएको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि लिएको ऋणको पनि उपयोग हुन सकेको छैन । यस्तोमा ब्याजदर महँगो भयो घटाऊ भनेर किन भन्नु परेको हो ? कुनै निकायबाट पनि ऋण सहयोग नपाएको अवस्था  भएको भए यस्तो आग्रह गर्नुपर्ने पनि हुन्थ्यो । तर, नेपाललाई यस्तो अवस्था छैन ।  अहिले सरकारले विभिन्न शीर्षकमा ऋण लिएर कर्मचारीलाई तलब खुवाउन प्रयोग गरेको भन्ने समेत कतिपय अर्थशास्त्रीले विश्लेषण गरेका छन् । जुन शीर्षकमा सहयोग लिइएको छ त्यो हेर्दा यो भनाइ सही हो भन्ने देखिन्छ । विकास निर्माणको काम ऋणबाट नै गर्नुपर्ने हुन्छ । तर, त्यसो भन्दैमा जथाभावी ऋण लिए भोलिका दिनमा त्यो तिर्न नसक्ने अवस्थामा पुग्न पनि सक्छ । त्यसैले नेपालले ऋण लिँदा पर्याप्त अध्ययन र विश्लेषण गरेर लिनुपर्छ । सित्तैमा पाए अलकत्रा खाने भनेझैं सस्तो भन्दै जथाभावी ऋण लिन थालियो भने भोलि मुलुकले साँवाब्याज तिर्न नसक्ने अवस्था आउँछ । वित्तीय व्यवस्थापन गर्न नसक्ने अवस्था आउन नदिन सतर्क भएर ऋण लिनेतर्फ लाग्नुपर्छ । 

सम्बन्धित सामग्री

'युएसएआईडीको किसान-२ : ४७ करोड ६० लाख डलरकाे कृषिजन्य वस्तु बिक्री

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले किसान २ परियोजना सकिएको छ । कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएको थियो ।

दक्षिण एशियाको धान उत्पादकत्वमा नेपाल पुछारतिर

काठमाडौं। दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा रहेको पाइएको छ । नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशित गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासम्बन्धी प्रतिवेदन (धानबाली व्यावसायिकीकरणको प्रयास, उपलब्धि र चुनौती) अनुसार सन् २०२२ मा दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा छ । प्रतिवेदनअनुसार दक्षिण एशियाली मुलुकमध्ये धानमा सबैभन्दा धेरै उत्पादकत्व भएको मुलुक श्रीलंका हो । श्रीलंकामा धानको उत्पादकत्व ४ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर छ । ४ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वका साथ बंगलादेश दोस्रो स्थानमा छ । भुटान तेस्रो, भारत चौथो र नेपाल पाँचौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । भुटानको धान उत्पादकत्व ४ दशमलव शून्य ७ मेट्रिक टन, भारतको ४ दशमलव शून्य ५ मेट्रिक टन र नेपालको ३ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर रहेको प्रतिवेदनमा उल्लेख छ ।  पाकिस्तान र अफगानिस्तानको उत्पादकत्व नेपालभन्दा पनि कम छ । पाकिस्तान धान उत्पादकत्वका हिसाबले दक्षिण एशियामा छैटौं र अफगानिस्तान सातौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार पाकिस्तानको प्रतिहेक्टर धान उत्पादकत्व ३ दशमलव ६ मेट्रिक टन र अफगानिस्तानको २ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर छ । प्रमुख खाद्यबाली भएकाले नेपालले धानको उत्पादन र उत्पादकत्व दुवै बढाउनु अपरिहार्य रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. रामवरण यादव बताउँछन् । धानको उत्पादकत्व बढाउन सरकारले कृषिको लगानी अझै बढाउनुपर्ने उनको तर्क छ । सरकारले अहिले कृषिक्षेत्रमा छुट्ट्याउने गरेको कुल बजेटको आधाभन्दा बढी रासायनिक मल किन्नमै खर्च हुने गरेकाले अनुसन्धान लगायत अन्य काम अधुरै रहने स्थिति रहेको उनको भनाइ छ । ‘अहिले हाम्रो कुल बजेटको ३ दशमलव ३७ प्रतिशत कृषिक्षेत्रलाई दिइन्छ । यो अंश कम्तीमा पनि ४ प्रतिशतभन्दा माथि हुनुपर्छ । कृषि गर्ने जमीन बढाउन सकिँदैन । तर, कृषिलाई चाहिने मलखाद, सिँचाइ हुने जमीनको क्षेत्रफल र प्रविधि प्रयोग बढाउन सक्छौं । सिँचाइ भएको ठाउँमा पनि वर्षभरि सुविधा उपलब्ध हुँदैन,’ उनले भने, ‘उत्पादन बढाउन चैतेधान खेती विकल्पको रूपमा भए पनि सिँचाइको अभावमा यसको क्षेत्रफल विस्तार गर्न सकिएको छैन । यसका अलावा वर्णसंकर जातका धानका बीउको प्रयोग बढाउनु जरुरी छ ।’  नेपालमा धानका ४ सुपरजोन, ११ जोन, ५३ ब्लक र १५९ पकेट क्षेत्र सञ्चालनमा छन् । उक्त प्रतिवेदनमा पछिल्लो समय उन्नत बीउ, रासायनिक मल तथा खेतीमा प्रविधिको प्रयोगले संसारभर धानबालीको उत्पादनमा ठूलो परिवर्तन आएको उल्लेख गरिएको छ । नेपालमा करीब १४ लाख ७७ हजार हेक्टर जमीनमा धानखेती गरिने सरकारी तथ्यांक छ । २०१८ सालतिर नेपालको धान उत्पादकत्व १ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर थियो । धानको उत्पादकत्वमा आएको क्रान्तिको श्रेय सन् १९७० मा उन्मोचन गरिएको वर्णसंकर धानलाई जान्छ, जुन चीनबाट शुरू भएको मानिन्छ । ‘विभिन्न गुण, क्षमता र स्वभाव भएका धानका जातबीचको क्रशमार्फत विकास गरिने वर्णसंकर बीउको उत्पादन क्षमता धेरै हुने गर्छ । यस किसिमको वर्णसंकर बीउ प्रयोगले धानको समग्र उत्पादन बढ्ने भएकाले धानको उत्पादकत्व बढ्नमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । चीनमा अहिले कुल धानखेती हुने क्षेत्रफलको आधाभन्दा धेरैमा लगाइने वर्णसंकर धान प्रतिहेक्टर ६ दशमलव ९ मेट्रिक टन उत्पादन हुन्छ । त्यसैगरी बंगलादेशले पनि वर्णसंकर बीउकै प्रयोग गरेर धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ६ मेट्रिक टन पुर्‍याएको छ,’ प्रतिवेदनमा भनिएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी भने नेपालले उत्पादन वृद्धिका नाममा विभिन्न बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वर्णसंकर जातका बीउ प्रयोग गर्नाले विस्तारै त्यसबाट समग्र बालीको उत्पादकत्व खस्किँदै गएको बताउँछन् । उनका अनुसार पर्याप्त अनुसन्धानको अभावमा जथाभावी त्यस्ता बीउ र रासायनिक विषादी प्रयोग गरेर उत्पादन बढाउने लोभमा माटोमा भएको उर्वराशक्ति नै नष्ट हुन थालेको छ । जथाभावी वर्णसंकर बीउ र रासायनिक विषादीको प्रयोग गर्नुभन्दा हामीसँगै भएका स्थानीय तथा रैथाने बालीको संरक्षण गरेर उन्नत रूपमा विकास गर्न सके त्यसबाट उत्पादकत्व बढाउन सकिने र रैथाने बालीको संरक्षण पनि हुने उनले बताए ।

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालीम प्रारम्भ

विराटनगर। उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धमा बिहीवारदेखि तीनदिने तालीम शुरू भएको छ । तालीममा संगठनका कार्यवाहक अध्यक्ष सुबोध कोइरालाले प्रविधिको विकाससँगै कार्यस्थलमा जोखिम, जटिलतालगायत चुनौती थपिँदै गएको अवस्थामा कार्यस्थललाई स्वस्थ, सुरक्षित र व्यवस्थित मर्यादित बनाउनुपर्ने आवश्यकता बोध गरी संगठनले तालीमको आयोजना गरेको बताए । श्रमिकको सुरक्षा र स्वास्थ्यले उद्योगको उत्पादकत्व, वस्तुको गुणस्तर तथा औद्योगिक विकासमा समेत प्रभाव पार्ने भएकाले जोखिम रोकथामका उपाय सबैले अवलम्बन गर्नुपर्ने धारणा उनले राखे । ‘असल उत्पादनको अभ्यासमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य अत्यन्त महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘यसतर्फ सबैले ध्यान दिनुपर्छ ।’  तालीमका प्रशिक्षक एवं व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका विशेषज्ञ दिनेशप्रसाद साहले तीनदिने तालीममा नीतिगत, कानूनी प्रावधान, व्यवस्थापन पद्धति, सुरक्षा योजना, सुरक्षित कार्यस्थल विकास, जोखिम पहिचान एवं व्यवस्थापन र जोखिम नियन्त्रणका बारेमा उद्योग प्रतिष्ठानका व्यवस्थापकलाई प्रशिक्षित गर्नेछन् ।

सीबीफीनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । उनलाई हाललाई सीबीफीनको कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।  नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । व्यापार प्रशासनमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास जस्ता क्षेत्रहरूमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूबाट विशिष्ट तालिमसमेत प्राप्त गरेका छन् ।  कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टीगत अर्थतन्त्रको हित जस्ता क्षेत्रमा कोइरालाको गहिरो ज्ञान र अनुभव छ ।  सीबीफीनले बैंकिङ क्षेत्रका समग्र लगानीकर्ता तथा निक्षपकर्ताको हितको संरक्षण गर्दै वित्तीय क्षेत्रको सुदृढता र स्थायित्व, उत्पादकत्व तथा रोजगार अभिवृद्धि, नवप्रवर्तन तथा स्वउद्यमशिलताको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आर्थिक एवं बैंकिङ क्षेत्रका महत्त्वपूर्ण विषयवस्तुमाथि अध्ययन–अनुसन्धान गर्दै सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणमासरकार, सम्बन्धित नियामक निकाय र राष्ट्रिय एवं अन्तरराष्ट्रिय संघ÷संस्थाहरूसँग निरन्तर सहकार्य गरी सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ । सीबीफीनले कोइरालाको नियुक्तिबाट थप उचाइ प्राप्त गर्ने अपेक्षा गरेको छ ।

उत्पादकत्व र रोजगारी बढाउँछौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले यस वर्षको नीति, कार्यक्रम र बजेटलाई विगतभन्दा नयाँ, फरक र गुणात्मक बनाउने तयारी भइरहेको बताएका छन् । बजेटले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्ने उनको दाबी छ ।

‘धान आयात प्रतिस्थापन सरकारको प्राथिमकतामा’

काठमाडौ‌ं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन्।उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातको विकास तथा उपयोग बढाउने रणनीति लिएको बताएका छन्।अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतको रूपमा रहेको धानबालीले राष्ट्रिय अर्थतन्

मानव संसाधन तथा औद्योगिक सम्बन्ध विकासबारे अन्तरक्रिया

विराटनगर (अस) । उद्योग संगठन मोरङको आयोजनामा मानव संसाधन तथा औद्योगिक सम्बन्ध विकासबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणालीबीचको अन्तरसम्बन्धलाई सृदुढ बनाउने महत्त्वपूर्ण पक्षका रूपमा रहेका मानव संसाधन र असल औद्योगिक सम्बन्ध विकासमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरिएको बताए । प्रचलित ऐन कानूनको परिधिमा रही सौहार्दपूर्ण अभ्यासको माध्यमबाट विवाद न्यूनीकरणका उपाय अवलम्बन गरी औद्योगिक शान्ति कायम राख्न सके उत्पादकत्व अभिवृद्धिमा समेत सहयोग पुग्ने धारणा उनले व्यक्त गरे । कार्यक्रममा वक्ता एवं असल औद्योगिक श्रम सम्बन्ध विकासका विज्ञ अवधेशकुमार झाले असल औद्योगिक सम्बन्ध विकासका लागि व्यवस्थापकले ध्यान दिनुपर्ने विषयहरूका बारेमा स्पष्ट पारे । कार्यपत्र प्रस्तुतिका क्रममा झाले स्वास्थ्य तथा सामाजिक सुरक्षा, अनुशासन र आचरण, कानूनी प्रावधानहरूका सम्बन्धमा कम्पनीले आप्mना कामदारलाई स्पष्ट रूपमा पूर्व जानकारी दिनुपर्ने उनले औंल्याए । असल श्रम अभ्यासले विवादरहित कार्यस्थल निर्माण गरी उद्योगी र कामदार दुवै पक्षबीचको सुमधुर सम्बन्ध विकासमा सहयोग पुर्‍याउने उनले बताए । कार्यक्रमम उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य तारानाथ निरौला, सौरभ सारडाका साथै सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानका उद्योगी, उच्च व्यवस्थापकहरूको सहभागिता थियो ।