व्यवस्थापन समितिका अध्यक्षले गरे विद्यालयमा तालाबन्दी

निलगिरी माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद लिम्वूले विद्यालयको प्रशासनिक कक्षमा तालाबन्दी गरेका छन् । आफूलाई छलेर प्रधानाध्यापक र गाउँपालिकाले करारको शिक्षक नियुक्ति गरेको भन्दै तालाबन्दी गरेको उनले टाँसेको सूचनामा उल्लेख छ ।

सम्बन्धित सामग्री

कालिकाेटकाे पञ्चदेवल माध्यमिक विद्यालयमा तालाबन्दी

सुर्खेत । कालिकोट जिल्लामा रहेको श्री पञ्चदेवल माध्यामिक विद्यालयमा तालाबन्दी गरिएको छ । बिहीबार विद्यालयका विषयमा विभिन्न मागहरू राख्दै श्री पञ्चदेवल माध्यामिक शिक्षा सुधार संर्घष समितिले तालाबन्दी गरेको हो । संर्घष समितिले विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएकोमा पहिलो माग राखेको खाँडाचक्र नगरपालिका—१ कालिकोटका सामाजिक अभियन्ता हिक्मतजंग मल्लले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकाल […]

व्यवस्थापन समितिका अध्यक्षले गरे विद्यालयमा तालाबन्दी

निलगिरी माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद लिम्वूले विद्यालयको प्रशासनिक कक्षमा तालाबन्दी गरेका छन् । आफूलाई छलेर प्रधानाध्यापक र गाउँपालिकाले करारको शिक्षक नियुक्ति गरेको भन्दै तालाबन्दी गरेको उनले टाँसेको सूचनामा उल्लेख छ ।

तलब नपाएपछि विद्यालयमा तालाबन्दी

देवचुलीस्थित देवचुली माध्यमिक विद्यालयमा आठ महिनासम्म पनि नयाँ विद्यालय व्यवस्थापन समिति बन्न नसक्दा शिक्षकले तलब पाएका छैनन्। गत पुस ३० गते विघटन विद्यालय व्यवस्थापन समिति विघटन भएको थियो। जसका कारण विद्यालय अस्तव्यस्त बन्न पुगेको छ। रजहरका समाजसेवी पबिन्दै जिसीले पटक पटक व्यवस्थापन समिति निर्माणका लागि छलफल र बैठक भए पनि राजनीतिक दाउपेचका कारण बन्न नसकेको बताउनुभयो।

उदयपुरको रौतामाईस्थित जनता माविमा तालाबन्दी

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँस्थित जनता माद्यामिक विद्यालय रसुवामा शिक्षक अभावले पढाई प्रभावित भएको भन्दै विद्यार्थी र अभिभावकले सात दिने अल्टिमेटम दिँदै विद्यालयमा तालाबन्दी गरेका छन् । स्थानीय राजनीतिक दलसहित अभिभावक तथा विद्यार्थीले विद्यालयमा विषयगत शिक्षक अभाव रहेको भन्दै आइतबार दिउँसो ३ बजेदेखि विद्यालयमा तालाबन्दी गरेका हुन् । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र […]

निर्वाचनको निहुँमा विद्यालयमा तालाबन्दी

दैलेख : जिल्लाको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्नुपर्ने माग गर्दै गठबन्धन पक्षका चारजना उम्मेदवारले आज (शुक्रबार) विद्यालयमा तालाबन्दी गरेका हुन्।विद्यालयका प्रधानाध्यापक निकरबहादुर तारीमाका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्वाचन भोलि (शनिबार) गर्ने तयारी रहेका वेला गठबन्धनका उम्मेदवारले विभिन्न माग राख्दै निर्वाचनको निहुँमा विद्यालयमा तालाबन्दी गरेको बताए। उनले विद्यालय जस्तो पवित्र स्थलमा राजनीति गर्नु राम्रो नभएको चर्चा गरे।

तीन विद्यालयमा तीन पार्टीको भागबन्डा, अभिभावकद्वारा  तालाबन्दी

दाङ बबई गाउँपालिकाको तीन वटा विद्यालय  व्यवस्थापन समितिका लागि त्यहाँका तीन ठूला राजनीतिक दलले भागबन्डा गरे । बबई ३ मा पर्ने हंसपुर माविलाई कांग्रेस, बबई ५ मा पर्ने पदमपुर माविलाई...

देवनन्दन देवराज माविमा प्रअ र वडाध्यक्षलाई थुनेर विद्यार्थीले गरे तालाबन्दी

वीरगंज : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीस्थित देवनन्दन देवराज नमुना माविका विद्यार्थीहरुले आज बिहानैदेखि विद्यालयमा तालाबन्दी गरेका छन्। विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रीवास्तव, वडा नम्बर ८ का वडाध्यक्ष पुनिलाल साह र विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र पण्डितलाई प्रअकै कार्यकक्षमा थुनेर विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। विद्यार्थीको तुलनामा विषयगत शिक्षक…

सर्लाहीमा झडप : एक प्रहरी र दुई विद्यार्थी घाइते

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी एक प्रहरी र दुई विद्यार्थी घाइते भएका छन्।विद्यालयमा साइकल वितरण र व्यवस्थापन समिति गठनको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित छन्। धनकौल गाउँपालिका वडा नं ५ मा रहेको श्री जनता मा बि हरकठवाका विद्यार्थीहरूले विद्यालयमा साइकल वितरण अनियमित तरिकाले भएको तथा व्यवस्थापन समिति गठन नभएका कारण शिक्षक अभाव भएको भन्दै आन्दोलन सुरु गरेका छन्। आक्रोशित विद्यार्थीहरू विद्यालयमा तालाबन्दी गरी गाउँपालिको कार्यालय घेरा

ज्याला नपाएको भन्दै मजदुरले गरे विद्यालयमा तालाबन्दी

सल्यान : ज्याला नपाएको भन्दै मजदुरले बागचौर नगरपालिका–९ कुइयापानीस्थित श्री सूर्य आधारभूत विद्यालयमा तालाबन्दी गरेका छन्।विद्यालयको दुई कोठे भवन निमार्ण गरेको ज्याला नपाएपछि तालाबन्दी गरेको नरबहादुर डाँगीले बताए। भवन निमार्ण गर्ने सात मदजुरले ७५ दिनको ज्याला नपाएको उनका भनाइ छ।उनले भने‚ ‘पैसा माग्दा निर्माण समितिले विद्यालय व्यवस्थापन समितिलाई देखाउने, समितिलाई भन्दा निर्माण समितिलाई देखाएर हाम्रो पैसा दिन आनाकानी भइरहेको छ।’निर्माण समितिका अध्यक्ष प्रेमबहादुर डाँगील

विद्यार्थीको भविष्य माथि शिक्षकले खेलबाड गरेको भन्दै विद्यालयमा तालाबन्दी

रुकुम पूर्व – शिक्षकले नपढाएको र व्यवस्थापन समितिले बेवास्ता गरेको भन्दै रुकुम पूर्वको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर २ मा रहेको हिमालय माध्यामिक विद्यालय नायगाढमा मंगलबारदेखि ताला लगाइएको हो ।  विद्यालयको समग्र शैक्षिक सुधारमा कसैले पनि चासो नदेखाएको भन्दै विभिन्न आरोपसहित विद्यार्थीहरुले तालाबन्दी गरेको बताइएको छ । विद्यार्थीहरुले विद्यालयमा शिक्षकहरुले नपढाइ हाजिर मात्र लगाएर जागिर पकाउने मात्र काम गरेको जनाएका छन् ।  कक्षा १० मा अध्ययनरत प्रदीप...