जनता समाजवादी पार्टी स्थानीय निर्वाचनमा तालमेलको पक्षमा देखिएको छ । जारी केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचन केन्द्रित निर्देशिका तय गर्दै यस्तो आधार बनाएको हो । निर्देशिकामा आवश्यकताअनुसार केन्द्रको निर्णय र स्थानीयस्तरमा तालमेल गर्न सकिने उल्लेख छ । जसपाले उम्मेदवार चयनका लागि सक्रियता, लोकप्रियता, दक्षता र निरन्तरतालाई प्राथमिकता दिने जनाएको छ ।