अरुण-जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ

भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा  पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल लागत रु १९ करोड रहे पनि क्रमागत योजना भएकाले बर्सेनि कम बजेट आउँदा निर्माणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । हाल […]

सम्बन्धित सामग्री

रिडी तटबन्ध : म्याद सकिएको दुई वर्षसम्म पनि काम सकिएन

पाल्पा र गुल्मीको सिमाना रूरू क्षेत्रमा रिडी खोलाले कटान गरेको जमिन संरक्षण गर्न सुरु गरेको तटबन्धको काममा दुई वर्ष ढिलाइ भएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पामार्फत ठेक्का लागे पनि पछिल्लो समयमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामार्फत रेखदेख भइरहेको छ ।

पाइप व्यवस्थापनपछि कालोपत्र गरिने

काठमाडौं । नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि मात्र सडक कालोपत्र गरिने भएको छ । निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महीना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । नख्खुमा पाइप फुटेका ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण र मर्मत भइरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, ‘पाइपको काम सकिएपछि सडक कालोपत्र गरिनेछ ।’      निर्माण कम्पनीका अनुसार सडक कालोपत्र गर्नका लागि आवश्यक पर्ने निर्माण सामग्री झारिसकिएको छ । पहिले ‘सबबेस’ हाल्न लाग्दा सडकको बीच भागमा झन्डै १०० वर्ष पुराना पाइप फुटेको भेटिएको उनले बताए । अहिले झन्डै ८०० मिटर लम्बाइको सडक खानेपानी पाइपका कारण कालोपत्र गर्न ढिलाइ भएको छ । यस क्षेत्रमा सडकको चौडाइ झन्डै १६ मिटर उपलब्ध रहेको छ । भैंसेपाटी आवास क्षेत्र नजिकै समस्या रहेकाले पनि यहाँ भइरहेको ढिलाइमा धेरैले चासो देखाएको पाइन्छ । उपत्यकाका धेरै सडकमा सयौं वर्ष पुराना पाइप रहेका छन् । कहाँ कुन स्थानमा कति पुरानो पाइप छ भन्ने लिमिटेडसँग समेत जानकारी छैन । भेटिएको पाइप व्यवस्थापन भए पनि आगामी दिनमा पुनः नयाँ ठाउँमा पुरानो पाइपलाइन भेटिन सक्ने प्रवक्ता जोशीले बताए । अहिले तत्कालका लागि भेटिएको पाइप स्थानान्तरण र मर्मत गरिएको उनले बताए । उनले भने, ‘पाइप सडककोबीच भागमा हुँदा बढी क्षति पुगेको कारण अहिले पैदलयात्रु मार्गबाट हालिएको छ ।’      निर्माण शुरू भएको लामो समयसम्म विस्तार हुन नसकेकै कारण सडक निर्माण ठप्प बनेको थियो । अहिले सरकारको निर्णयका आधारमा उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ । जति उपलब्ध छ त्यतिमै काम भइरहेकाले तत्काल सडकमा अवरोध नभएको उनले बताए । विस्तारको काम भइरहेको नख्खुबाट चुनीदेवीसम्म झण्डै पाँच किमी लम्बाइमध्ये कति चौडाइ उपलब्ध भएको छ भने कतिपय स्थानमा संरचना नहटाइएकाले चौडाइ कम रहेको छ । पहिले ठेक्का सम्झौता हुँदा चौडाई २० मिटर कायम गर्ने गरी सम्झौता भएको थियो ।      अहिले आयोजनाले चौडाइ उपलब्ध हुने खण्डमा मात्रै सडकसँगै आवश्यक संरचनाको निर्माण गरिरहेको छ । बुङमतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गाको उपलब्ध नहुँदा बनाउन नसकिएको उनले बताए ।   अहिले सोह्रखुट्टेमा घर भत्काइरहेको र चुनीखेलमा पाटी, पर्खाल र एउटा कुखुरा फार्म भत्काएर चौडा बनाउन लागिएको उनले बताए । उनले भने, ‘चौडा बनाएर ह्युमपाइप हाल्ने, पैदलयात्रु मार्ग बनाउने र त्यसपछि मात्रै कालोपत्र गर्ने योजना छ ।’ सो सडकमा ठाउँठाउँमा गरी झन्डै दुई किमीमा कालोपत्र गर्न बाँकी छ । पटक–पटक अवधि थप भइरहेकोमा पछिल्लो पटक आयोजनाले आगामी महीनासम्मका लागि अवधि थपेको थियो । केही समय क्रसर उद्यमीको हड्तालका कारण काममा अवरोध पुगेको प्रवक्ता जोशीले बताए । केही समय पहिलेसम्म निर्माण सामग्री पाउनै समस्या भए पनि अहिले केही सजिलो भएको उनले बताए । पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्वीकृति लिएर कामअघि बढाइएको प्रवक्ता जोशीले बताए । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरु कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने व्यवस्था छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैंसेपाटी तीन दशमलव ५२ किमी र भैंसेपाटी–बुङ्मती एक दशमलव ५५ किमी रहेको छ । सडक निर्माणको काम २०७३ असारदेखि शुरू भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायत संरचना निर्माण गरिने ठेक्का सम्झौता भएको आयोजनाले बताएको छ । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्र्डवाइड जेभीले अर्काे खण्ड सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस

‘मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं आउने’

सिन्धुपाल्चोक (अस) । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे । जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा जसरी पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दिए । मुहानस्थलको निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको बताए । ‘काम निकै दु्रतरूपमा भइरहेको पाएँ, यो गति हेर्दा चैतको तेस्रो साता पानी काठमाडौं पुग्छ ।’ ठेकेदार कम्पनीले काम शरू गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले सोही अनुसार काम भइरहेको उनले बताए । केही दिनअघि ठेकेदारले आयोजनाको काम रोकेकोप्रति संकेत गर्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको, तर कुनै पनि बहानामा काममा ढिलाइ गर्न नहुने बताए । स्थानीय प्रभावितले गरेको आन्दोलनप्रति चासो राख्दै उनले क्रमशः मागहरू पूरा गरिने बताए । ‘स्थानीय बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक छन्,’ उनले भने, ‘यो राष्ट्रिय महत्त्वको योजना हो, मागहरू विस्तारै पूरा हुनेछन् । तर यो वा त्यो बहानामा आयोजनाको काम बन्द नगर्न अनुरोध गर्दछु ।’ मन्त्री चौधरीलाई मुहानको अवस्थाबारे जानकारी गराउँदै मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताए । सरकारको लक्ष्य अनुसार चैत मसान्तसम्ममा पानी काठमाडौं झार्नेगरी काम भइरहेको जानकारी उनले दिए । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको उनले बताए । निरीक्षणका लागि पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन ५ लाखले नपुग्ने भन्दै रकम थप गर्न मन्त्रीलाई अनुरोध गरे । सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन समेत आग्रह गर्दै उनले स्थानीय पीडितको माग पूरा गर्न सरकार लाग्नुपर्नेमा जोड दिए । यता, लामो समयसम्म पनि आफ्ना माग सम्बोधन नगरिएको भन्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पीडित समन्वय समितिले आयोजनाविरुद्ध आन्दोलन गर्दै आएको छ । मेलम्ची खानेपानी आयोजना र संघीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितको माग सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलन शुरू गरिएको समन्वय समितिका संयोजक उपेन्द्र तामाङले बताए । शान्तिपूर्ण आन्दोलन गर्दा पनि माग सुनुवाइ नभए आयोजनाको सम्पूर्ण काम बन्द गरिने चेतावनी उनले दिए । ‘माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने । खेतीयोग्य जमीन बचाउन मुहानदेखि सिपाघाट भीमटारसम्म आयआर्जन कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ, सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी कोरिडोर एकीकृत विकास आयोजना सञ्चालन गरिनुपर्ने, बाढीबाट विस्थापित समुदायलाई तत्काल वैकल्पिक व्यवस्थासहित दीर्घकालीन आवास र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।

काभ्रेका तीन नगरमा वितरण हुँदै खानेपानी

काभ्रेपलाञ्चोक । ११ वर्षअघि सुरु गरिएको काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम करिब ९८ प्रतिशत सकिएको छ । खानेपानीको समस्याबाट गुज्रिएका धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घन्टा स्वच्छ खानेपानी पाउने भएका हुन् । तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले ११ वर्षअघि सरकार र एसियाली विकास बैंक (एडीबी) बीच ऋण सम्झौता गरी आयोजना प्रक्रिया सुरु गरिएको थियो । सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब १ अर्ब रुपैयाँमा सम्पन्न हुने जनाइएको छ । रिजर्भवायर ट्यांकी निर्माण र पाइप ओछ्याउनेलगायत भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिए । कायस्थका अनुसार भौतिक पूर्वाधार निर्माण सकिएपछि परीक्षणस्वरूप हाल पनौतीको शारदा देवीस्थानमा पानी पुर्‍याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ । उनले भने, ‘मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँचको काम बाँकी छ, धमाधम घरमा धारा जडान प्रक्रिया थालिएको छ ।’ उनका अनुसार आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन) को काम भइरहेको छ । तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी अयोजनाको काममा ढिलाइ भएको बताइएको छ । आयोजनाअनुसार क्षति पुर्‍याएका नगर र विभागले नै बनाइदिएका छन् । तीन नगरका १ हजार ११४ इन्टर कनेक्सन गर्नुपर्नेमा हाल ७ सय हाराहारी इन्टर कनेक्सन भइसकेको आयोजनाले जनाएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ । चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इंकले केही महिनाभित्र काम सम्पन्न हुने जनाएको छ । आयोजना सम्पन्न भएपछि सन् २०२४ सालसम्मको लागि तीन पालिकाका करिब ९३ हजारका लागि ‘नेपाल स्ट्यान्डर्ड’ को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् । ‘अबको केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद विषय हो’, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । रासस

मेलम्चीको पानी वितरण नै असमानुपातिक

पुराना पाइपलाइनबाटै मेलम्चीको पानी वितरण हुँदा उपत्यकाबासीले समान रुपमा खानेपानी उपभोग गर्न पाएका छैनन् ।नयाँ पाइपबाट वितरण अझसम्म हुन नसकेको र पुराना पाइपलाइनको साइज कम भएको र एउटै पाइपलाइनमा कुनै स्थानमा धेरै÷थोरै उपभोक्तालाई पानी वितरण गर्नुपरेका कारण वितरण असमानुपातिक देखिएको हो । नयाँ पाइपलाइनको परीक्षणको काममा ढिलाइ भइरहँदा तत्कालका लागि पुराना पाइपलाइनको प्रयोग गरेर उपत्यकाबासीलाई […]

जिम्मेवार निकायकै कमजोरीले निर्माण ढिलाइ

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिंक’ रोडको रूपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा जिम्मेवार निकायकै कमजोरीले निर्माणमा ढिलाइ भएको छ। विद्युत्, खानेपानी आयोजना, स्थानीय तह र ठेकेदार कम्पनीको कमजोरीले गर्दा काममा ढिलाइ भएको हो।

सिक्टादेखि मेलम्चीसम्म : गौरवका आयोजनामा खेलाँची

१६ साउन, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्माणमा यसै पनि ढिलाइ भइरहेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरुको काममा भएका गम्भीर त्रुटि र लापरवाही परीक्षणका क्रममा उदांगो हुन थालेको छ । सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्म …

मेलम्चीको सुरुङ निर्माणमा ढिलाइ, चैतको लक्ष्य पूरा नहुने संकेत :: BIZMANDU.COM

चौतारा। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ। ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै

मेलम्ची खानेपानीः सुरुङ निर्माण सुस्त, चैतको ‘टार्गेट’लाई चुनौती

११ फागुन, सिन्धुपाल्चोक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको दिनमा पनि ६ देखि आठ मिटर मात्र सुरुङ खनिएकाले काममा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिका …