काभ्रेका तीन नगरमा वितरण हुँदै खानेपानी

काभ्रेपलाञ्चोक । ११ वर्षअघि सुरु गरिएको काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम करिब ९८ प्रतिशत सकिएको छ । खानेपानीको समस्याबाट गुज्रिएका धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घन्टा स्वच्छ खानेपानी पाउने भएका हुन् । तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले ११ वर्षअघि सरकार र एसियाली विकास बैंक (एडीबी) बीच ऋण सम्झौता गरी आयोजना प्रक्रिया सुरु गरिएको थियो । सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब १ अर्ब रुपैयाँमा सम्पन्न हुने जनाइएको छ । रिजर्भवायर ट्यांकी निर्माण र पाइप ओछ्याउनेलगायत भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिए । कायस्थका अनुसार भौतिक पूर्वाधार निर्माण सकिएपछि परीक्षणस्वरूप हाल पनौतीको शारदा देवीस्थानमा पानी पुर्‍याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ । उनले भने, ‘मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँचको काम बाँकी छ, धमाधम घरमा धारा जडान प्रक्रिया थालिएको छ ।’ उनका अनुसार आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन) को काम भइरहेको छ । तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी अयोजनाको काममा ढिलाइ भएको बताइएको छ । आयोजनाअनुसार क्षति पुर्‍याएका नगर र विभागले नै बनाइदिएका छन् । तीन नगरका १ हजार ११४ इन्टर कनेक्सन गर्नुपर्नेमा हाल ७ सय हाराहारी इन्टर कनेक्सन भइसकेको आयोजनाले जनाएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ । चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इंकले केही महिनाभित्र काम सम्पन्न हुने जनाएको छ । आयोजना सम्पन्न भएपछि सन् २०२४ सालसम्मको लागि तीन पालिकाका करिब ९३ हजारका लागि ‘नेपाल स्ट्यान्डर्ड’ को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् । ‘अबको केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद विषय हो’, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । रासस

सम्बन्धित सामग्री

हल्दिबारीमा खानेपानी निःशुल्क वितरण

बनियानी (झापा), २८ भदौ । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । “१० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क […]

मेलम्ची खानेपानी वितरण ५ जेठदेखि दुई साता बन्द हुँदै

मेलम्ची खानेपानी वितरण यही ५ जेठदेखि बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई साता बन्द गर्ने भनिए पनि सरोकारवालाहरूको सुझावअनुसार ५ जेठपछि मात्रै मर्मत सुरु गरिन लागेको मेलम्ची खानेपानी...

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन

आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमित रूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेश नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो ।खानेपानी चुहावट भएको भनी निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकांश पुराना पाइपलाइनबाट खानेपानी चुहाव

उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण गरिदै

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आज (शुक्रबार) देखि पुनः वितरण गरिने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालबाट पानी पुनः वितरणको सुरुवात गर्दै हुनुहुन्छ । गत जेठ मध्यदेखि रोकिएको पानी ६ महिनापछि उपभोक्ताका घरघरमा पठाइन लागेको हो । आगामी वर्षायामसम्म मेलम्चीको पानी नियमित रुपमा वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ […]

हेटौंडा उपमहानगरमा निःशुल्क खानेपानी वितरण हुने

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा प्रत्येक महिना १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण हुने भएको छ।स्थानीय तहको निर्वाचनको क्रममा गठबन्धनबाट मेयर र उपमेयरले गरेको संयुक्त घोषणापत्रमा उपमहानगरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने बताएका थिए। घोषणापत्रअनुसार उपमहानगरले मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको हो।उपमहानगरमा बिहीबार मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी न

चन्द्रागिरिमा प्रशोधन नै नगरी खानेपानी वितरण

काठमाडौँ,२४ असार । खानेपानी उपभोक्ता समितिले प्रशोधन नै नगरी खानेपानी वितरण गरेको पाइएको छ । चन्द्रागिरि नगरपालिका वडा नं ४ र १४ को समितिले खानेपानी प्रशोधन नै नगरी बाँड्ने गरेको पाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयले पानीको परीक्षण गर्दा प्रशोधन नै नगरी वितरण गर्ने गरेको कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । “स्थानीय मुहानको पानी […]

इन्धनको मूल्यवृद्धिका कारण केयूकेएलले रोक्यो ट्यांकरमार्फत खानेपानी वितरण

७ असार, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ट्यांकरमार्फत खानेपानी वितरण कार्य रोकेको छ । पेट्रोलियम पदार्थमको मूल्य वृद्धिका कारण केही समयका लागि अस्पतालबाहेक अन्य क्षेत्रमा खानेपानी वितरण रोकेको ट्यांकर शाखाका प्रमुख इन्जिनियर शंकर थापाले जानकारी दिए । थापाले अनलाइनखबरसँग भने, ‘अहिले इन्धनको भाउ ह्वात्तै बढ्यो । पहिला विनियोजन गरेको बजेटले थेग्ने अवस्था […]

मेलम्ची खानेपानी पुनः वितरण सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । आज आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण शुभारम्भ गर्नुभएको हो । मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा […]

काठमाण्डौमा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाण्डाै - काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गर्नुभयो । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो । गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमि...