पाइप व्यवस्थापनपछि कालोपत्र गरिने

काठमाडौं । नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि मात्र सडक कालोपत्र गरिने भएको छ । निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महीना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । नख्खुमा पाइप फुटेका ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण र मर्मत भइरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, ‘पाइपको काम सकिएपछि सडक कालोपत्र गरिनेछ ।’      निर्माण कम्पनीका अनुसार सडक कालोपत्र गर्नका लागि आवश्यक पर्ने निर्माण सामग्री झारिसकिएको छ । पहिले ‘सबबेस’ हाल्न लाग्दा सडकको बीच भागमा झन्डै १०० वर्ष पुराना पाइप फुटेको भेटिएको उनले बताए । अहिले झन्डै ८०० मिटर लम्बाइको सडक खानेपानी पाइपका कारण कालोपत्र गर्न ढिलाइ भएको छ । यस क्षेत्रमा सडकको चौडाइ झन्डै १६ मिटर उपलब्ध रहेको छ । भैंसेपाटी आवास क्षेत्र नजिकै समस्या रहेकाले पनि यहाँ भइरहेको ढिलाइमा धेरैले चासो देखाएको पाइन्छ । उपत्यकाका धेरै सडकमा सयौं वर्ष पुराना पाइप रहेका छन् । कहाँ कुन स्थानमा कति पुरानो पाइप छ भन्ने लिमिटेडसँग समेत जानकारी छैन । भेटिएको पाइप व्यवस्थापन भए पनि आगामी दिनमा पुनः नयाँ ठाउँमा पुरानो पाइपलाइन भेटिन सक्ने प्रवक्ता जोशीले बताए । अहिले तत्कालका लागि भेटिएको पाइप स्थानान्तरण र मर्मत गरिएको उनले बताए । उनले भने, ‘पाइप सडककोबीच भागमा हुँदा बढी क्षति पुगेको कारण अहिले पैदलयात्रु मार्गबाट हालिएको छ ।’      निर्माण शुरू भएको लामो समयसम्म विस्तार हुन नसकेकै कारण सडक निर्माण ठप्प बनेको थियो । अहिले सरकारको निर्णयका आधारमा उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ । जति उपलब्ध छ त्यतिमै काम भइरहेकाले तत्काल सडकमा अवरोध नभएको उनले बताए । विस्तारको काम भइरहेको नख्खुबाट चुनीदेवीसम्म झण्डै पाँच किमी लम्बाइमध्ये कति चौडाइ उपलब्ध भएको छ भने कतिपय स्थानमा संरचना नहटाइएकाले चौडाइ कम रहेको छ । पहिले ठेक्का सम्झौता हुँदा चौडाई २० मिटर कायम गर्ने गरी सम्झौता भएको थियो ।      अहिले आयोजनाले चौडाइ उपलब्ध हुने खण्डमा मात्रै सडकसँगै आवश्यक संरचनाको निर्माण गरिरहेको छ । बुङमतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गाको उपलब्ध नहुँदा बनाउन नसकिएको उनले बताए ।   अहिले सोह्रखुट्टेमा घर भत्काइरहेको र चुनीखेलमा पाटी, पर्खाल र एउटा कुखुरा फार्म भत्काएर चौडा बनाउन लागिएको उनले बताए । उनले भने, ‘चौडा बनाएर ह्युमपाइप हाल्ने, पैदलयात्रु मार्ग बनाउने र त्यसपछि मात्रै कालोपत्र गर्ने योजना छ ।’ सो सडकमा ठाउँठाउँमा गरी झन्डै दुई किमीमा कालोपत्र गर्न बाँकी छ । पटक–पटक अवधि थप भइरहेकोमा पछिल्लो पटक आयोजनाले आगामी महीनासम्मका लागि अवधि थपेको थियो । केही समय क्रसर उद्यमीको हड्तालका कारण काममा अवरोध पुगेको प्रवक्ता जोशीले बताए । केही समय पहिलेसम्म निर्माण सामग्री पाउनै समस्या भए पनि अहिले केही सजिलो भएको उनले बताए । पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्वीकृति लिएर कामअघि बढाइएको प्रवक्ता जोशीले बताए । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरु कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने व्यवस्था छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैंसेपाटी तीन दशमलव ५२ किमी र भैंसेपाटी–बुङ्मती एक दशमलव ५५ किमी रहेको छ । सडक निर्माणको काम २०७३ असारदेखि शुरू भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायत संरचना निर्माण गरिने ठेक्का सम्झौता भएको आयोजनाले बताएको छ । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्र्डवाइड जेभीले अर्काे खण्ड सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस

सम्बन्धित सामग्री

पाइप व्यवस्थापन पछि कालोपत्र गरिने

नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि सडक कालोपत्र गरिने भएको छ । निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिमटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नख्खुमा पाइप फुटेको ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण […]

बालेन शाहको प्रश्न- वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ?

काठमाडौं, साउन ३ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न गर्नुभएको भएको छ । कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार प्रमुख साहले एकपछि अर्को प्रश्न गरे । यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग […]

पूर्वाधारका काम समन्वय गरी अगाडि बढाऔँ : बालेन्द्र साह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न गरेका छन् । कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार प्रमुख साहले एकपछि अर्को प्रश्न गरे ।यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नं २, ३, ४ र ५ को काम कसरी हुँदैछ ? काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीलाई उनले प्रश्न गरे।त्यस्तै विद्युत् प्राधिकरणका पदाधिकारीलाई वडा नं ३ रानीबारी क्षेत्र, व

पूर्वाधारका काम समन्वय गरी अगाडि बढाऔँ : बालेन्द्र साह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न गर्नुभएको भएको छ । कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार प्रमुख साहले एकपछि अर्को प्रश्न गर्नुभएको हो । यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नं […]

कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

काठमाडौँ,२० असार । भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ । कालोपत्र […]

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक कालोपत्र गरेको दुई महिनामै भत्किन थाल्यो

भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ ।कालोपत्र भएको दुई महिनामै कतै भत्कने र …

कालोपत्र भएको दुई महिनामै भत्कियो सडक, स्थानीयवासी र यात्रु समस्यामा

काठमाडौँ– भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको  सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ । कालोपत्र भएको दुई महिनामै […]

कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको  सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ ।  कालोपत्र भएको दुई महिनामै कतै भत्कने र कतै भत्काइएको देख्दा नेपालको विकासको दुर्दशा हेरेर बसिरहन परेको स्थानीय ईश्वर श्रेष्ठले बताए । सडक ठ

घोडेपानी जोड्ने सडक कालोपत्र गरिँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति र कालोपत्र गर्न लागिएको हो । पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोप्टेखर्कसम्मको १४ किलोमिटर सडक विस्तार, नाली निर्माण र ग्राभेल सकेर १० किलोमिटर दूरीमा कालोपत्रका लागि सबबेस राखिएको आयोजनाका सबइञ्जीनियर दवलसिंह तामाङले जानकारी दिए । ‘पोखरेबगरबाट घोप्टेखर्कसम्मको ढलान र सोलिङ गर्ने अधिकांश काम सकिएको छ,’ उनले भने, ‘कालोपत्र गर्नुपर्ने ठाउँमा सबबेस राख्न र घोप्टेखर्कबाट चित्रेखण्डमा विस्तारको काम भइरहेको छ ।’ तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न विसं २०७५ मङ्सिरदेखि आयोजना शुरू गरेको थियो । प्राधिकरण खारेज भएपछि यो आयोजना संघीय सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरालाई हस्तान्तरण भएको छ । कच्ची, साँघुरो र ग्रेड नमिलेको सडक फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याबिन पर्खाल, मेसिनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलिङ बनाउन र ३ दशमलव ७५ किलोमिटर कालोपत्र गर्न २०७५ मङ्सिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो । कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले आगामी वैशाख महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरणका साथ दैनिक १२० मजदुर परिचालन गरिएको बताए । ‘शिख क्षेत्रमा सबबेस राख्ने काम भइरहेको छ, घारको धरमपानी, खिवाङ र मूलपानीमा कल्भर्ट निर्माण शुरू भएको छ,’ उनले भने, ‘तापक्रम अनुकूल भएपछि फागुनदेखि कालोपत्र शुरू गर्नुअघि नै विस्तार, नाली र पर्खाल निर्माणको काम सक्ने हिसाबले उपकरण र मजदुर परिचालन गरेका छौं ।’ २०७७ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माण व्यवसायीले पर्याप्त मजदूर र उपकरण परिचालन गर्न नसक्नु, आयोजना प्रमुख छिटो–छिटो परिवर्तन हुनु, घार खण्डमा सामाजिक समस्या, कोरोना महामारी, बन्दाबन्दी र निषेधाज्ञा, पहिराको समस्याले ढिलाइ भएको हो । काम शुरू भएदेखि आयोजनाका पाँच प्रमुख फेरिएका छन् । अन्नपूर्ण गाउँपालिका–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले पछिल्लो समय सडक निर्माणले तीव्रता पाएपछि आशा जागेको र उत्साहित बनाएको बताए । मार्ग खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेको हो । म्याग्दीको गौरवको आयोजना मानिएको यो सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तिकै महŒव छ । सडक स्तरोन्नतिपछि घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

काठमाण्डौ उपत्यकाका तीन सयभन्दा धेरै ठाउँमा मेलम्चीको पानी चुहावट

काठमाण्डाै – पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण भएकाले चुहिने (लिकेज) हुने क्रम बढेको छ । काठमाण्डौ उपत्यकाका झण्डै तीन सयभन्दा धेरै ठाउँमा पाइप फुटेर पानी बग्नुका साथै त्यसले नयाँ कालोपत्र सडक बिग्रने र खाल्डा पर्ने समस्या देखिएको डिभिजन सडक कार्यालय काठमाण्डौले जनाएको छ । भर्खरै कालोपत्र गरेका सडकमा समेत पानीले गर्दा खाल्डाखुल्डी बनेका छन् ।काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी वितरणको काम गर्दै आएको छ । मेलम्ची पानीको चुहिने समस्याले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा मर्मतका लागि...