प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव (भिडिओसहित)

काठमाडौं, २७ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै दाहालले यस्तो सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत लिन खोजेको बताए । तर, […]

सम्बन्धित सामग्री

ओलीलाई बाबुरामको जवाफ : उडन्ते कुरा गर्न शोभनीय भएन

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जनयुद्धको बेला भट्टराईकी छोरी कसरी बेलायत पढ्न गइन् भनेर प्रश्न उठाएपछि बाबुरामले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न शोभनीय नभएको बताएका हुन् ।भट्टराईले ओलीलाई चुनौती दिँदै लेखेका छन्, ‘ मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले

असहिष्णु नबन्न ओलीलाई विश्वप्रकाशको सुझाव

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संवादमा आउन आग्रह गरेका छन् । संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक ओलीले बहिस्कार गरेपछि उनले ओलीलाई असहिष्णु नबन्न आग्रह गरेका हुन् ।शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,  सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ l साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ l सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल म

हिन्दुस्तान टाइम्सले लेख्योः ओलीलाई अझै नयाँ दिल्लीको साथ

काठमाडौं, २९ वैशाख । भारतको एक दैनिक अखबारले नेपालको राजनीतिक घटनाक्रमबारे सम्पादकीय लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्लीको अझै साथ रहेको उल्लेख गरेको छ । भारतको सुझाव अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तटस्थ बस्ने भूमिका निभाएर ओलीलाई साथ दिइएको भनिएको छ । जनता समाजवादी पार्टीको अर्को पक्षका उपेन्द्र यादव र डा. बाबुराम […]

लकडाउन नगर्न कांग्रेसको सुझाव, संसदलाई बिजनेश नदिएकोमा असन्तुष्टि

काठमाडौं। सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक गतिरोध अन्त्य गर्न राजनीतिक दलहरुले आग्रह गरेका छन्।कोभिडको रोकथाम, सांसद पद रिक्त रहेका स्थानमा उपनिर्वाचन, एमसीसी र राष्ट्रिय सहमति कसरी निर्माण गर्नेबारे बैठकमा छलफल भएको छ। कोभिड रोकथाम र नियन्त्रणका लागि तत्कालै लकडाउन गर्न नहुने कांग्रेसले सुझाव दिएको छ । सरकारले संसदलाई बिजनेश नदिएकोमा कांग्रेसले असन्तुष्टि जनाएको छ।

सर्वदलीय बैठक सकियो, राजनीतिक गतिरोधलाई निकास दिन काँग्रेसको सुझाव

नेपाली काँग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको हो ।बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारलाई राजनीतिक गतिरोधबारे चाँडो निकाश दिन सुझाएको बताए । यस्तै, कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न, तत्काल राष्ट्रियसभाको बैठक

प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव : राजीनामा दिनुहोस्, पार्टी एकता जोगाउनुहोस्

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन सुझाव दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै नेतृ पौडेलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राजनीतिक स्थिरता बनाउन सुझाव दिनुभएको हो । नेकपा विभाजन र संसद विघटन गर्ने कदमका मुख्य जिम्मेवार प्रधानमन्त्री ओली भएको उहाँको भनाई थियो । देश र जनताको बृहत्तर हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयो । ‘नेकपा फुट र प्रतिनिधि सभा विघटन गर्ने काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ। राजीनामा दिएर पनि नेकपाभित्रको फुट र संसद विघटन गर्ने काममा मुख्यरुपले प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रष्टै छ’, पौडेलले भन्नुभयो, ‘त्यसैले देश र जनताको बृहत्तर हीत तथा राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ।’ राजमो उपाध्यक्षसमेत रहेकी पैडेलले संसदमा अब अराजनीतिक सौदावाजी र सिद्धान्तहिन चलखेल बढेर जाने भन्दै राजीनामा दिएर पार्टी एकता बचाउन ओलीलाई सुझाव दिनुभयो । ‘राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नको लागि हामी अनुरोध गर्दछौं। त्यसो भएमा एउटा स्थीर सरकारको गठन पनि हुनसक्नेछ। अन्यथा संसदमा अराजनीतिक प्रकारको सौदावाजी वा सिद्धान्तहीन चलखेल बढेर जानेछ। र त्यसका दुरगामी दुस्परिणामहरु हुनेछन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ पौडेलले भन्नुभयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपनि दुई पार्टी मिल्नुपर्ने उहाँले बताउनुभयो । यदि पार्टी मिल्नै नसकेको अवस्थामा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने उहाँको भनाई छ। ‘सर्वोच्च अदालतको फैसला अनुसार बेग्ला बेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ’ उहाँले भन्नुभयो, ‘तर, एमालेभित्र नै पनि विभाजन देखिन थालेको छ। हाम्रो विचारमा उनीहरुको बीचमा नयाँ प्रकारले पार्टी एकता हुनुपर्छ । वा त्यो सम्भव नभए दुवैतर्फको संयुक्त मोर्चा बनाएर भएपनि सरकारको सञ्चालन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।’

प्रधानमन्त्रीलाई रामचन्द्र झाको सुझाव : ईज्जत जोगाउन राजीनामा दिनुस्

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब राजीनामा दिन सुझाव दिएका छन्। नेकपाको प्रचण्ड-नेपाल समूहले जनकपुरधाममा निकालेको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै झाले प्रधानमन्त्री ओलीले ईज्जत जोगाउनका लागि पनि राजीनामा दिनुपर्ने सुझाव दिएका हुन्। उनले नेपाली जनताले…

‘प्रधानमन्त्री ओलीलाई पार्टीको चिन्ह बयलगाडा राख्न सुझाव’

पाँचथर / नेकपा प्रचण्ड नेपालका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब पाटी फुटाएर चिन्ह बयलगाँडा राख्न सुझाव दिएका छन् । पाँचथरको फिदिममा नेकपाको वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दे नेता नेपालले अव पाटीको आधारिक्ता र सूर्य चिन्ह आफूहरुले पाउने दाबी गरे । उनी प्रतिगामी,संघियता,गणतन्त्र विरोधी भएको हुँदा बयलगाडा चढेर अमेरिका जाने... The post ‘प्रधानमन्त्री ओलीलाई पार्टीको चिन्ह बयलगाडा राख्न सुझाव’ appeared first on Purbeli News.