अवैध कारोबार रोक्न भैरहवाका व्यवसायीहरू बोर्डरमा

रुपन्देहीको सीमावर्ती क्षेत्रमा लाग्ने साप्ताहिक हाटबजारबाट हुन अवैध कारोबार रोक्न भैरहवामा व्यवसायीहरू सक्रिय भएका छन् । भैरहवाको पक्लिहवास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा वर्षौँदेखि लाग्दै आएको हाटबजारबाट नेपाली ग्राहकले ल्याउने अवैध सामान रोक्न...

सम्बन्धित सामग्री

सरकारले अवैध कारोबार रोक्न नसक्दा राजस्व घट्यो : व्यवसायी

काठमाडौं : सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको व्यवसायीहरुले बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन्।उनीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए। उनीहरुले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने बेलुका ट्रकमा गाउँगाउँमा पुर्‍याउने गरिएको बताए।उनीहरुले भन्सारमा आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु

अवैध कारोबार र अनौपचारिक अर्थतन्त्र

नियमसंगत कारोबार गर्ने व्यवसायीले विभिन्न नाममा अनेक समस्या भोग्ने गरेका समस्या वर्षौंदेखि उठ्दै आएका हुन् । यसै क्रममा वैध बाटोबाट सामान आयात गर्ने व्यवसायीसमेत सरकारको निशानामा पर्न थालेको गुनासो सार्वजनिक भएको छ । अर्कोतर्फ अवैध रूपमा कारोबार गर्नेहरू भने निर्धक्क छन् भन्ने आवाज पनि उद्योगी, व्यवसायीले नै उठाएका छन् ।  सरकारले खुला नाकाबाट भइरहेको चोरीपैठारी रोक्न विशेष पहल लिनुपर्नेमा वैध रूपमा काम गर्नेलाई निचोर्न खोज्नु शोभनीय हुँदैन । अवैध बाटोबाट हुने पैठारी रोक्न नसकिएको अवस्थामा सरकारले वैध बाटो भएर आयात गर्न प्रोत्साहन गर्नु जरुरी हुन्छ । तर, यसमा सरकारी संयन्त्रले गरेको सुधारको पहल प्रभावकारी देखिँदैन । यसको उदाहरणको रूपमा केराउ र छोकडालाई लिन सकिन्छ । सरकारले केराउ र छोकडा आयातमा लगाएको प्रतिबन्ध कायमै छ । तर, आयात प्रतिबन्ध लगाएको वस्तु बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । त्यसको स्रोत खोज्न सरकारलाई केले रोकेको छ ? प्रतिबन्ध लागेको वस्तु विक्री गर्न अपराध नै हुन्छ । भारतीय सीमाबाट भित्रिएको वस्तु मुलुकभरका पसलमा पुग्दा सयौं प्रहरी चेकपोस्ट पार गरेर जानुपर्छ । ती ठाउँमा यस्ता वस्तुको चेकजाँच किन गरिएन ? वैध बाटोबाट सामान आयात गरिएका कन्टेनरलाई बिलबीजक देखाउँदा पनि प्रहरी र राजस्व गस्तीले अनेक दु:ख दिएको व्यवसायीको गुनासो छ । त्यसो भए चोरीको सामानचाहिँ किन बीचमा हेरिएन ? यसले अवैध आयातमा मिलेमतो छ भन्ने कुरालाई पुष्टि गर्छ ।  उपभोग्य वस्तुहरूमा चर्को भन्सार शुल्क लिँदा चोरीपैठारी बढेको हो । यदि थोरै भन्सार लगाउने हो भने जोखिम लिएर अवैध तरीकाले कसैले पनि सामान ल्याउँदैन । गाडी नेपालमा ल्याएर दर्ता गर्नुपर्ने भएकाले अवैध बाटोबाट यो भित्रिएको छैन । त्यसबाहेक हरेक उपयोग्य वस्तु चोर बाटोबाट आइरहेको छ । यसले अनौपचारिक अर्थतन्त्रलाई बलियो बनाइरहेको छ । अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रको हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको अनुमान छ । ५० खर्बभन्दा केही बढीको अर्थतन्त्रमा २५ खर्बभन्दा बढी रकम अनौपचारिक अर्थतन्त्रले ओगट्नु भनेको औपचारिक अर्थतन्त्रको समानान्तर अनौपचारिक अर्थतन्त्र हुनु हो । यसरी अनौपचारिक अर्थतन्त्र बढ्दै जाने हो भने अर्थतन्त्र कुनै पनि बेला भयावह बन्न सक्छ । धेरै आर्थिक क्रियाकलाप कानून मिचेर सञ्चालन भइरहेका छन् । ती क्रियाकलाप न सरकारी निकायमा दर्ता छन् न करको दायरामा नै छन् । उत्पादन नाम मात्रको हुने भएकाले अत्यधिक मालवस्तु आयात गर्नुको विकल्प देखिँदैन । तर, चोर बाटोबाट आयात हुँदा सरकारले राजस्व गुमाइरहेको छ भने मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न पनि सकिएको छैन । अर्थतन्त्रमा अहिले देखिएको संकटको एउटा कारण चोरीपैठारी पनि हो ।  वैध व्यापार गर्ने र दर्ता भएर कर तिर्ने व्यवसायीमाथि भने सरकारको कर्के हेराइ देखिन्छ । सरकारले भन्सार कार्यालयहरूलाई करको लक्ष्य दिने र त्यो लक्ष्य पूरा गर्न वैध बाटोबाट व्यवसाय गर्नेलाई दु:ख दिने गरेको पाइन्छ । अवैध बाटोबाट सामान आयात गर्नेले कर्मचारीलाई ‘प्रभाव’ मा पारेकाले नै उनीहरूले त्यसलाई रोक्न पर्याप्त ध्यान नदिएका हुन् भन्ने आरोप छ । काजुको भन्सार बढाइएपछि अन्य वस्तु भनी भन्सार छुटाइएको र पछि समातिएको घटनाले यस्तो कार्यमा सरकारी अधिकारीहरूको संलग्नता पुष्टि हुन्छ । उपभोग्य वस्तुहरूमा चर्को भन्सार शुल्क लिँदा चोरीपैठारी बढेको हो । यदि थोरै भन्सार लगाउने हो भने जोखिम लिएर अवैध तरीकाले कसैले पनि सामान ल्याउँदैन । अवैध बाटोबाट आएको सामान बढी मूल्यमा बेचेर उपभोक्तालाई ठगिएको छ । यसले कृत्रिम मूल्यवृद्धि गराएको छ । तर, यसलाई रोक्न सरकारी तदारुकता देखिँदैन । वीरगञ्जमा ७९ रुपैयाँमा विक्री भइरहेको चिनी काठमाडौंमा १३० रुपैयाँमा विक्री हुनु यसको उदाहरण हो । सरकार पनि ठगिने र जनता पनि ठगिने यो अवैध आयात र त्यसले हुर्काएको अनौपचारिक अर्थतन्त्र रोक्न सरकारले सुझबुझको नीति ल्याउनुपर्छ र त्यसको कार्यान्वयनमा ज्यादै होशियार पनि हुनुपर्छ ।

अर्थमन्त्री महतले भने- विमानस्थलमा तस्करी रोक्न सबै निकायबीच समन्वय चाहिन्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

गाडीका पार्टपुर्जाको अवैध कारोबार रोक्न ज्ञापनपत्र

काठमाडौं  । नेपाल–भारत खुला सिमानाका फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाको अवैध ओसारपसार रोक्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ । अवैध कारोबारका कारण राष्ट्रले नोक्सानी भोग्नुपरेको भन्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । अवैध कारोबार बढेपछि कर तिरेर वैध कारोबार गर्दै आएका व्यवसायी मर्कामा परेको बताइएको छ । व्यवसायी र राज्य दुवै पक्ष मारमा परेकाले साझा समस्याको रूपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबार निरुत्साहित गर्ने र अवैध कारोबारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ । ‘अवैध कारोबार बढ्दा राज्यले राजस्व गुमाइरहेको छ । कोभिड–१९ र चर्को ब्याजले व्यवसाय धान्नै मुश्किल भएको अवस्थामा पुगेका व्यवसायीले अवैध कारोबारका कारण झनै सास्ती भोग्नुपरेको छ,’ बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्नलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबार रोक्न सरकारले गरेको कडाइलाई स्वागत गरेको छ । मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा संघले विज्ञप्ति जारी गरेर धन्यवाद समेत दिएको छ । देशका विभिन्न भागबाट अवैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली […]

सीमामा अवैध कारोबार रोक्न माग

खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध व्यापारिक कारोवार पूर्ण रूपमा नियन्त्रण गर्न व्यवसायीले माग गरेका छन् । मूल भन्सार नाकाबाहेक अन्यत्रबाट विनाभन्सार सामान भित्रिरहेको भन्दै व्यवसायीले नियन्त्रण गर्न माग गरेका हुन् ।

अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग

काठमाडौं । भारतबाट पुष्प तथा पुष्पजन्य वस्तु अवैध आयात भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, ङ्खलोरिकल्चर एसोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघले संयुक्त रूपमा पुष्प एवं पुष्पजन्य सामग्री अवैध कारोबार रोक्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शनसमेत गरेका छन् । उनीहरूले ‘प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको’, […] The post अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कालोबजारी र अवैध कारोबार सीसी टिभीमार्फत नियमन गरिने

काठमाडौं । कालोबजारी र अवैध कारोबारले सर्वसाधारण जनता पीडित हुनुपर्ने र मुलुकको सुशासनमा गम्भीर असर पर्ने ठहर गर्दै सरकारले कालोबजारी र अवैध कारोबारलाई सीसी टिभीमार्फत योजनाबद्ध नियमन गर्ने गृहकार्य अघि बढाएको छ । शुक्रबार मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ५६आंै बैठकमा बजारमा विभिन्न खालका विकृति बढिरहेकाले त्यसलाई रोक्न बजार […] The post कालोबजारी र अवैध कारोबार सीसी टिभीमार्फत नियमन गरिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

कालोबजारी र अवैध कारोबार सीसी टिभीमार्फत निमयन गरिने

काठमाडौं । कालोबजारी र अवैध कारोबारले सर्वसाधरण जनता पीडित हुनुपर्ने र मुलुकको सुशासनमा गम्भीर असर पर्ने ठहर गर्दै सरकारले कालोबजारी र अवैध कोरोबारलाई सीसी टिभीमार्फत योजनाबद्ध नियमन गर्ने गृहकार्य अघि बढाएको छ । शुक्रबार मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ५६ औं बैठकमा बजारमा विभिन्न खालका विकृति बढिरहेकाले त्यसलाई रोक्न […]