विश्वको तेस्रो धनी व्यक्तिका रुपमा स्थापित भारतीय व्यवसायी गौतम अडानी एक साताकै अवधिमा १० औं सूचीबाट बाहिरिएका छन् । अडानीका कम्पनीहरुको सेयर मूल्य समग्रमा ३६ अर्ब डलर घटेसँगै उनी विश्वका अर्बपतिको सूचीमा ११ औं स्थानमा परेका हुन् । ६० वर्षीय यी व्यवसायी अहिले ११ औं स्थानमा रहेको ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले देखाएको छ ।