रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी

काठमाडौँ – स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोको पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले रेलिगेशन जोनमा रहेको नर्विचलाई १-० अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोले ७५औँ मिनेटमा पेनाल्टीमा गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अन्य अवसर बनाए पनि सदूपयोग गर्न […]

सम्बन्धित सामग्री

प्रितीको विजयी गोल फिजियो नविनालाई समर्पण

काठमाडौं (हाम्रो खेलकुद) – स्टार मिडफिल्डर प्रिती राईले वाफ च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा गरेको विजयी गोल फिजियोथेरापिस्ट नविना श्रेष्ठ वैद्यलाई समर्पित गरेकी छिन् । लेवनानविरुद्ध दोस्रो हाफको इन्ज्युरी समयमा प्रितीले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै नेपालको २-१ को जित पक्का गरेकी थिइन् । उनकै गोलमा नेपालले फाइनलमा स्थान बनाएको थियो । खेलपछि बोल्दै प्रितीले […] The post प्रितीको विजयी गोल फिजियो नविनालाई समर्पण first appeared on हाम्रो खेलकुद.

बंगलादेशविरुद्ध नेपाल विजयी, अञ्जनाले बचाईन् दुई पेनाल्टी

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण महिला फुटबल शृखंला नेपालले जितेको छ । आइतबार भएको अन्तिम मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराउँदै नेपालले शृखंला जितेको हो । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकर मार्फत गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भयो । टाइब्रेकरमा वैकल्पिक […]

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्ज

पेनाल्टी सुटआउटमा ब्राजिल स्तब्ध, क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश

क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।  निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।२००२ मा पछिल्लो पटक जित हासिल गरेपछि उपाधिविहीन हुँदै आएको ब्राजिल २० वर्षपछि उपाधि पुनः कब्जा गर्ने योजनामा थियो । तर पेनाल्टीमा ब्राजिल अभागी सावित भयो

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्कोको जित

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको हो । पेनाल्टी शुटआउटमा मोरक्को तीनगोल गर्न सफल भयो भने स्पेनले कुनै गोल गर्न सकेन । मोरक्कन गोलकिपरले अनगिन्ती आक्रमणहरू सहित स्पेनका तीन […]

घानालाई हराउँदै पोर्चुगलको विश्वकपमा विजयी सुरुवात

काठमाडौं : उपाधि दाबेदार पोर्चुगलले  विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेको हो।कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि संघर्षपूर्ण जित निकालेको हो।खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो।खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पे

चेल्सीको विजयी सुरुवात

एजेन्सी – इंग्लिस प्रिमियर लिगको सिजन २०२२-२३ अन्तर्गत पहिलो खेलमा जित हासिल गर्दै लन्डन क्लब चेल्सीले विजयी सुरुवात गरेको छ । चेल्सीले एभर्टनको मैदानमा १-० को जित दर्ता गरेको हो । चेल्सीको जितमा जर्जिन्होले गरेको पेनाल्टी गोल नै निर्णायक सावित भयो । उनले पहिलो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गोल गरेका थिए । पेनाल्टी क्षेत्रभित्र […]

अफ्रिका कपको उपाधि सेनेगललाई

पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहीत बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो  । मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४-२ ले विजयी भयो । यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमायो ।

रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा शीर्ष चारमा पर्न संघर्षरत रहेको म्यानचेस्टर युनाइटेडले नर्विचलाई पराजित गरेको छ। नर्विच सिटीलाई १-० ले पराजित गर्दा रोनाल्डोले दोस्रो हाफको अन्तिम समयमा गरेको पेनाल्टी निर्णायक बनेको हो।खेल अवधिभर म्यानचेस्टर युनाइटेडले गोलका प्रयास गरे पनि ७५ औं मिनेटमा पेनाल्टीमार्फत मात्र अग्रता लिएको हो। नर्विचले पनि युनाइटेडमाथि दबाब बढाएको थियो। उसले ५ भन्दा बढी सट टार्गेटमा प्रहार गरेको थियो। बल पोसेसनमा युनाइटेड केही अब्बल रह्यो।खेलपछि टोटेनह्याम र आर्सनलला

स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

उपाधि दाबेदार मानिएको स्पेनले स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै यूरो २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेन पेनाल्टीमा ३–१ गोल अन्तरले विजयी भएको हो । मिकेल ओयरजाबालले निर्णायक पेनाल्टीमा गोल गर्दै स्पेनलाई जीत दिलाए ।यसअघि निर्धारित समय तथा अतिरिक्त समयमा पनि खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटसम्म पुगेको थियो । खेलमा डेनिस जाकारियाले आत्मघाती गोल गरेपछि स्पेनले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा जेर्डान साकिरीले गोल गर्दै