शेखर कोइरालाले बोलाए आफू निकट नेताको भेला

काठमाडौं : कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आफूनिकट नेताहरूको छुट्टै भेला बोलाएका छन्। सभापतिमा शेरबहादुर देउवासँग पराजित कोइरालाले आफूनिकट नेताहरूसँग महाधिवेशन र त्यसपछिको राजनीतिका विषयमा छलफल गर्न भेला बोलाएका हुन्। भेला दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा बैठक बस्ने नेता मधु आचार्यले जानकारी दिए। भेलाको तयारीस्वरुप कोइरालाले मंगलबार शीर्ष नेताहरूसँग छलफल गरेका थिए।  कोइरालाले मंगलबार उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिका उम्मेदवार चन्द्र भण्डा

सम्बन्धित सामग्री

बैठकमा फर्किए शेखर, देउवासँग छलफल जारी

काठमाडौं – कांग्रेस संसदीय बोर्डको बैठक बीचमै छाडेर निस्किएका शेखर कोइराला फर्किएका छन् । सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकले फोन गरेर बोलाएपछि कोइराला फिर्ता भएका हुन् । फर्किएलगत्तै देउवा र शेखरबीच छलफल चलिरहेको छ । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटबारे विवाद भएपछि शेखर कोइराला बैठकबाट निस्किएका थिए। शेखर पक्षले बागमती प्रदेश, गण्डकी प्रदेश, […]

देश पूँजीपतिको हातमा जाँदैछ : शेखर कोइराला

वीरगंज : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वीरगंजको एक कार्यक्रममा देश पूँजिपतिहरुको हातमा गइरहेको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेस निकट नेपाल ट्रेड यूनियनसँग आबद्ध कारखाना श्रमिक संघको ७औं महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'उद्योगपतिलाई उद्योगपति भन्न पनि लागिरहेको छ, राज्यको नीति पूँजिपतिलाई कमाउने मात्रै बनाइन्छ,जनता गरिब हुद‌ै गए,…

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

१५ पुस, काठमाडौं । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो । संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको […]

संसदीय दलको नेतामा शेखर कोइराला पनि भीड्ने

नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् ।कांग्रेसको एउटा टिमबाट संसदीयदलको नेतामा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्

गगन थापा पुगेपछि सुरु भयो कोइराला निकट नेताहरूको भेला, को को सहभागी छन्?

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ। महामन्त्री गगन थापा पुगेपछि भेला सुरु भएको हो।भेलामा थापा निकै ढिला पुगेका थिए। पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले आफूपक्षीय भेला राखेका हुन्। बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको छ।अहिले भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण

काँग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाली काँग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कोइराला शेखर कोइराला निकट हुन् ।

'देउवाको एकाधिकार मान्दैनौ' भन्दै सानेपामा जुलुश

काठमाडौं : नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेपछि असन्तुष्ट पक्ष कांग्रेस पार्टी कार्यालय सानेपाअघि विरोधमा उत्रिएको छ। बुधवार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दुजाङलाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन्। दुजाङ देउवा निकट विद्यार्थी नेता हुन्। पार्टीमा डा शेखर कोइराला पक्षको सुझावविनै अध्यक्ष तोकिएको भन्दै उनी निकट विद्यार्थीहरु…

ओलीलाई भेट्न बालकोट पुगे शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

काँग्रेस कार्यसम्पादन समिति बैठकअघि शेखर कोइराला समूहका तीन निष्कर्ष

नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको कार्यसम्पादन समिति बैठकअघि आन्तरिक छलफल गरेको छ । कोइराला समूहले २७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डाका सन्दर्भमा  समूहगत धारणा बनाएको हो ।२७ गते बस्ने बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला लगायतको विषय छलफलका एजेण्डा छन् । यस विषयमा समूहगत धारणा बनाउन सोमबार बसेको कोइराला समूह निकट पदाधिकारीसहितको बैठक बसेको थियो ।महामन्त्री गगन थापाको सचिवालय नक्सालमा प्रदेशमा भएका सरकार विस्तार र कार्यसम्पादन समिति

शेखर-विमलेन्द्र गठबन्धन, देउवालाई काँग्रेस प्रदेश २ मा धक्का दिने तयारी

काठमाडौं, ६ पौष । नेपाली काँग्रेसमा सभापतिमा पराजित उम्मेदवारहरु डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच गठबन्धन बनेको छ । दुई नेताबीच प्रदेश २ को अधिवेशनमा गठबन्धन बनेको हो । सभापति शेरबहादुर देउवा पक्षधरले कृष्ण यादवलाई उम्मेदवारका रुपमा अगाडि सारेपछि संस्थापनइतर डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि निकट रामसरोज यादवलाई साथ दिने निर्णय लिएको छ । […]