पाँचथर – पाँचथरको फिदिम नगरपालिका ४ मा रहेकाे पर्यटकीय एवम् ऐतिहासिक स्थल सुम्हालुङ गढीको प्रवर्द्धनका लागि चासोक मेला सुरु भएको छ । यो क्षेत्र धार्मिक पर्यटनको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।
हिजाे बुधवारदेखि सुरु भएको चासोक मेला यही पुस २३ गतेसम्म सञ्चालन हुने छ । पूर्वी नेपालमा बसोवार गर्ने लिम्बू जातिको महान् चाड चासोक तङ्नामको अवसरमा यहाँ बर्सेनि मेला लाग्ने गर्दछ ।
नेपाली भाषामा 'चासोक' को शाब्दिक अर्थ न्वागी र 'तङ्नाम' को अर्थ चाडपर्व भन्ने बुझिन्छ । यतिखेर लिम्बू समुदायले चासोक र तङ्नाम पन...