प्रदेश १ का मन्त्री तिवारी र साम्सोहाङले लिए शपथ

विराटनगर –  प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।  प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बनेका हुन् । उनीहरूले प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका हुन् …

सम्बन्धित सामग्री

प्रदेश १ मा प्रचण्डका ज्वाईं मन्त्री पक्का

२८ पुस, विराटनगर । प्रदेश १ सरकारमा को को मन्त्री बन्ने भन्ने विषयमा नेकपा माओवादी केन्द्रभित्र हानाथाप सुरु भएको छ । १३ जना सांसद रहेको माओवादी केन्द्रले केही दिनभित्रै ३ जनालाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी स्रोतका अनुसार प्रदेशसभा सदस्य जीवन आचार्य मन्त्री बन्ने लगभग पक्का छ । उनी माओवादी अध्यक्ष तथा प्रधानमन्त्री […]

शान्तिसुरक्षा कार्यसम्पादनमा प्रदेश १ पहिलो : मन्त्री कार्की

विराटनगर : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सात प्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश भएको बताएका छन्।मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले विषम परिस्थितिबीच आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। मन्त्री कार्कीले संविधानको रक्षा, अग्रगमन, जनजीविकाका सवाल र समुन्नतिका मार्गमा निरन्तर लागेको दाबी गरे। उनले २०७८ कात्तिकमा प्रदेश १ को तेस्रो सरकारमा सहभागी हुने अवसर पा

प्रदेश १ : मन्त्री आङ्बोद्वारा सातवटा कार्ययोजना सार्वजनिक

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सामाजिक सञ्जालमार्फत आगामी कार्यकालका लागि प्रदेश १ का लागि प्राथमिकतामा पर्ने सातवटा कार्ययोजना सार्वजनिक गरेका छन्।मन्त्री आङ्बोले आगामी ५ वर्षे कार्ययोजनामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन्। विगत ५ वर्षको प्रदेश सरकार र प्रदेश सभामा रहँदा प्राप्त ज्ञान अनुभव र भर्खरै सम्पन्न निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोविज्ञानको आधारमा आगामी ५ वर्षको कार्ययोजना सार्वजनिक गरेको उनले बताएका छन्। मन्

मन्त्री निधनको शोकमा प्रदेश १ मा भोलि सार्वजनिक विदा

२३ कात्तिक, विराटनगर ।  प्रदेश १ सरकारले  बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो । प्रदेश सरकारले […]

बजेट परिणाममुखी छ : प्रदेश १ का स्वास्थ्य मन्त्री यादव

काठमाडौँ – प्रदेश १ सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दाबी गरेका छन् । प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा मन्त्री यादवले बजेट जथाभाबी छर्ने काम नगरेको बताए । ‘आवश्यक ठाउँको लागि बजेट विनियोजन भएको छ […]

प्रदेश १ मा फेरि मन्त्री थप्ने कुरा गरेपछि मुख्यमन्त्रीमाथि खनियो एमाले

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पुनः मन्त्री थप्न सकिने बताएका छन् । मुख्यमन्त्री राईले प्रदेश सभामा मन्त्री र मन्त्रालयको संख्या बढाएर खर्च बढेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनको यो अभिव्यक्तिले प्रदेश १ मा पुनः विवाद सिर्जना हुने देखिएको छ । प्रदेशसभामा नेकपा एमालेका सांसदहरुले ७ वटा मन्त्रालयलाई विभाजन गरेर १३ वटा बनाउनुको औचित्य पुष्टि हुन नसकेको भन्दै पुनः मन्त्रालय संख्या ७ वटामा झार्नुपर्ने बताएका थिए । जवाफमा मुख्यमन्त्री राईले मन्त्

प्रदेश १ मा खोटाङका दुई मन्त्री

खोटाङबाट प्रत्यक्ष निर्वाचित दुई जना प्रदेश सांसदले प्रदेश १ मा मन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तारका क्रममा खोटाङ प्रदेश सभा (क) का सांसद राजन राईलाई सामाजिक विकास मन्त्री र प्रदेश सभा (ख) का सांसद रामकुुमार राई ‘पासाङ’ लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी दिएका हुन् ।दलीय भागबण्डाका क्रममा राजन […]

प्रदेश १ मा को–को बन्दैछन् मन्त्री?

मोरङ– प्रदेश १ मा एक राज्यमन्त्रीसहित १४ जना मन्त्री हुने गरी मन्त्रिमण्डल हेरफेर र विस्तारका लागि प्रदेश प्रमुख समक्ष सिफारिस भएको छ। आइतबार प्रदेश प्रमुख परशुराम खापुंगसमक्ष मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तारका लागि नाम सिफारिस गरेका हुन्। नयाँ अनुहारमा एकीकृत समाजवादीका खिनु लिम्बू पर्यटन तथा संस्कृति, राजन राई सामाजिक विकास र उपेन्द्र घिमिरे यातायात व्यवस्था […]

एक महिनाभित्र प्रदेश १ को नामकरण टुंगो लाग्छ : मन्त्री कार्की

झापा :  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ सरकारले एक महिनाभित्र प्रदेशको नामकरण टुंगो लगाउने बताएका छन्। मन्त्री कार्कीले झापाको गौरादहस्थित आफ्नै निवासमा झापाली सञ्चारकर्मीसँग कुरा गर्दै जति सक्दो छिटो नामकरण टुंगो लगाउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। प्रदेशको नाम विवादरहित ढंगले सबैलाई मान्य हुने खालको साझा नाम राखिने मन्त्री कार्कीको भनाइ छ। अर्को प्रसंग बोल्दै मन्त्री कार्कीले भने, 'कोरोना भाइरस संक्रमणको महामारी