प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल : तीन प्रदेश प्रमुख, तीन मुख्यमन्त्री र ३० मन्त्री !

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा ९४ सांसदमध्ये ३३ जना मन्त्री बनेका छन् । प्रदेश १ सरकारमा हाल १४ सदस्यीय मन्त्रीमण्डल छ । प्रदेशसभाको ५ वर्षे कार्यकालमा सात पटक मन्त्रीमण्डल गठन तथा विस्तार भयो ।प्रदेशमा मन्त्रीको संख्या धेरै बनाउने पार्टी एमाले बन्यो । एमालेबाट प्रदेश १ मा  शेरधन राई र भीम आचार्य पालैपालो मुख्यमन्त्री बने भने १६ जना मन्त्री बने । यस्तै नेपाली कांग्रेसबाट ५ जना, नेकपा माओवादी केन्द्रबाट ४, नेकपा एकीकृत समाजवादीबाट १ मुख्यमन्त्रीसहित ४, जनता समाजवादीबाट १ र संघीय लोकता

सम्बन्धित सामग्री

प्रदेश १ मा बन्ने नयाँ सरकारलाई साढे १९ अर्बको दायित्व

प्रदेश १ सरकारले पहिलो ५ वर्षे कार्यकाल पूरा गरेर आउँदो साता जाँदै छ । पहिलो कार्यकालमा १ खर्ब ९ अर्ब ५६ करोड ९३ लाख ७९ हजार बजेट खर्चेको प्रदेश सरकारले अब बन्ने नयाँ सरकारलाई १९ अर्ब ५० करोड दायित्व छाडेर गइरहेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो साता नयाँ सरकार गठन प्रक्रिया सुरु गरेर मुख्यमन्त्री नियुक्त गरेसँगै अहिलेका काम चलाउ सरकार हट्नेछ ।

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल : सांसदहरूको गुनासादेखि असफलताको पगरीसम्म

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल समाप्त हुन अब केही दिनमात्रै बाँकी छ । २०७४ सालको मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेश १ प्रदेशसभा गठन भए पनि यसले औपचारिकता भने माघ ७ गते शपथ ग्रहणपछि पायो ।प्रदेश १ का संस्थापक प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओम सरावगीलाई शपथ गराएका थिए । त्यसपछि सरावगीले अन्य सांसदलाई पद तथा गोपनीयताको सपथ दिलाए ।प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २२ गते भयो । उक्त बैठकमा ज्येष्ठताको आधारमा उनै सरावगीले सभामुखको भूमिका निर्वाह गरेक