नक्कली र सक्कली छुट्याउनै गाह्रो परेपछि खारेज हुँदै स्मार्ट लाइसेन्स

काठमाडौं : कार्यान्वयनमा आएको चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खारेज हुने भएको छ। सक्कली हो कि नक्कली भनेर छुट्याउन नसक्ने अवस्था आएपछि स्मार्ट लाइसेन्स खारेजीको अवस्थामा पुगेको हो। यातायात व्यवस्था विभागले चिप प्रविधिमा आधारित स्मार्ट लाइसेन्सको विकल्प खोज्न सुरु गरिसकेको छ। अहिले वितरण भइरहेको चिप प्रविधिमा आधारित लाइसेन्सलाई रिड गर्ने…

सम्बन्धित सामग्री

औँठा छापसहित स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण प्रहरीलाई

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले आज एक कार्यक्रमकाबीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । विभागका तर्फबाट महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रतिनिधि […]

स्मार्ट लाइसेन्सको समस्या हटाइँदै

काठमाडौं । सरकारले दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारी गरेको छ । स्मार्ट लाइन्सेन्स नपाउने समस्या विकराल बन्दै गएको बेला यातायात व्यवस्था विभागका अनुसार समस्यालाई ४ देखि ६ महीनाभित्रमै सम्बोधन गर्नेगरी उक्त परिणाममा कार्ड छाप्ने तयारी गरिएको हो । अहिले विभागले १४ लाख स्मार्ट कार्ड अन्तरराष्ट्रिय बजारबाट खरीद गरेर ल्याइसकेको छ । बजारमा ७ लाख कार्डको तत्कालै माग भएको र बाँकी ७ लाख कार्ड स्टकमै रहने अवस्था रहेकाले अब समस्या समाधान उन्मुखतर्पm अग्रसर भइरहेको विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले अभियानलाई जानकारी दिए । ‘प्रतिमिनेट चारओटा कार्ड छाप्न सक्ने क्षमताको मेशिन यातायात व्यवस्था विभागसँग छ, बिहान, दिउँसो, साँझ गरी तीनैओटा सिप्ट मिलाएर तत्कालै कार्ड छाप्नेगरी तयारीमा लागिसकेका छौं,’ भुसालले भने । अहिले विभागमा उपलव्ध १४ लाख कार्डहरू अन्तरराष्ट्रिय ल्याबमा परीक्षण गरिएर ल्याइएका हुन् । कार्ड छपाइको काम यसै सातादेखि विभागबाटै शुरू हुनेछ । केही समयअघि स्मार्ट कार्ड छाप्न सकस परेको र सक्कली या नक्कली छुट्ट्याउन पनि समस्या भएका कारण स्मार्ट लाइसेन्स खारेज गरिने हल्ला बजारमा आए पनि त्यो सत्य नभएको विभागले जनाएको छ । ‘स्मार्ट कार्ड पर्याप्त ल्याइएको छ, कार्डको जाँच गर्न यातायात विभाग, त्यस मातहतका कार्यालय, ट्राफिकहरूसँग पनि कार्ड परीक्षण गर्ने मेशिन उपलव्ध भएकाले खारेज गर्ने भन्ने हुँदै हुँदैन बरु कार्डलाई परिष्कृत गरेर बारकोर्डसहितको वितरण गर्ने की भन्ने सोचिरहेका छौं,’ विभागका निर्देशक भुसालले भने । ट्राफिक कार्यालयका अधिकारीहरू भने स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरणको अभाव भएको बताउँछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले कार्यालयमा एउटा मात्र उपकरण रहेको बताए । कुनै लाइसेन्स जाँच वा अनुगमन गर्न परे यातायात व्यवस्था विभागमै सम्पर्क गरी विवरण झिकाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । तर, यो ठूलो समस्या नभएको र, विभागसँगको समन्वयमा आवश्यक काम भइरहेकै उनको भनाइ रहेको छ । गतवर्ष साउनमा छापिएदेखि पछिल्लो समय लाइसेन्स छपाइको काम नियमित हुन सकेको छैन । लामोसमयसम्म पुनः नछापिँदा वितरण प्रभावित बन्दै आएको छ । देशभर लाखौं सवारीचालक स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका छन् । तीमध्ये केहीले ट्रायल उत्तीर्ण गरेर नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन् भने केही कागजी लाइसेन्स म्याद सकिएकाले नवीकरण पछि स्मार्ट लाइसेन्स पाउने प्रतीक्षामा छन् । विभागका अनुसार लाइसेन्सका लागि आवश्यक कार्ड नभएका कारण छपाइ प्रभावित बन्दै आएको थियो । ‘लाइसेन्स छाप्नका लागि प्रिन्टिङ सफ्टवेयर, प्रिन्टर र कार्ड आवश्यक पर्छ । कार्ड डेलिभरीमा समस्या भएको थियो जुन अब समाधान भइसकेको छ । त्यसैले छपाइ शुरू गर्न लागेका हौं,’ विभागका निर्देशक भुसालले भने । स्मार्ट लाइसेन्सका लागि सफ्टवेयर निर्माणको काम मद्रास सेक्युरिटी प्रेस प्रिन्टर्सले गरेको थियो । सन् २०१७ बाट उक्त सफ्टवेयर सिस्टम कार्यान्वयनमा आएपछि छाप्ने जिम्मेवारी विभागले नै लिएको छ । पहिले ल्याइएका कार्ड सकिएपछि भने विभागले २०७७ सालमा टेन्डर आह्वान गरेको थियो । सोही वर्षको मङ्सिर महीनामा नेपाल–फ्रान्स संयुक्त कम्पनी सेल्पले कार्ड ल्याउने ठेक्का पाएको थियो । विभाग र कार्ड ल्याउने ठेक्का पाएको कम्पनीबीच भएको सम्झौताअनुसार माग गरिएको ९० दिनभित्र कम्पनीले १४ लाख कार्ड विभागलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर, कोभिड र विविध प्राविधिक कारण देखाउँदै कम्पनीले समयमा कार्ड दिन नसक्दा कार्डको समस्या विकराल बन्दै गएको विभागका अधिकारीहरूको बुझाइ छ । उनीहरूका अनुसार सम्झौता गरिएको १ वर्षपछि मात्रै कार्ड भित्रिएको छ । अहिले ट्रायल परीक्षण उत्तीर्ण गरेका सवारीचालक र नवीकरणका लागि आवेदन दिएकाहरूलाई राजस्व तिर्दा परीक्षणकालीन चालक अनुमतिपत्र दिइन्छ । उक्त अनुमतिपत्र १ वर्षका लागि मान्य हुन्छ । यसअघि परीक्षणकालीन अनुमतिपत्रलाई स्मार्ट लाइसेन्स छाप्न नसक्दाको अस्थायी विकल्प भनिएको थियो । एकवर्षीय परीक्षणकालको सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५१ को मा पनि उल्लेख गरिएको छ । ऐनका अनुसार परीक्षणकालभित्र चालकले ऐनअन्तर्गत बनेका नियमहरू पाँचपटक वा त्यसभन्दा बढी उल्लंघन नगरेमा मात्र स्थानीय सवारीचालक अनुमतिपत्र प्राप्त गर्नेछन् ।