स्मार्ट लाइसेन्सको समस्या हटाइँदै

काठमाडौं । सरकारले दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारी गरेको छ । स्मार्ट लाइन्सेन्स नपाउने समस्या विकराल बन्दै गएको बेला यातायात व्यवस्था विभागका अनुसार समस्यालाई ४ देखि ६ महीनाभित्रमै सम्बोधन गर्नेगरी उक्त परिणाममा कार्ड छाप्ने तयारी गरिएको हो । अहिले विभागले १४ लाख स्मार्ट कार्ड अन्तरराष्ट्रिय बजारबाट खरीद गरेर ल्याइसकेको छ । बजारमा ७ लाख कार्डको तत्कालै माग भएको र बाँकी ७ लाख कार्ड स्टकमै रहने अवस्था रहेकाले अब समस्या समाधान उन्मुखतर्पm अग्रसर भइरहेको विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले अभियानलाई जानकारी दिए । ‘प्रतिमिनेट चारओटा कार्ड छाप्न सक्ने क्षमताको मेशिन यातायात व्यवस्था विभागसँग छ, बिहान, दिउँसो, साँझ गरी तीनैओटा सिप्ट मिलाएर तत्कालै कार्ड छाप्नेगरी तयारीमा लागिसकेका छौं,’ भुसालले भने । अहिले विभागमा उपलव्ध १४ लाख कार्डहरू अन्तरराष्ट्रिय ल्याबमा परीक्षण गरिएर ल्याइएका हुन् । कार्ड छपाइको काम यसै सातादेखि विभागबाटै शुरू हुनेछ । केही समयअघि स्मार्ट कार्ड छाप्न सकस परेको र सक्कली या नक्कली छुट्ट्याउन पनि समस्या भएका कारण स्मार्ट लाइसेन्स खारेज गरिने हल्ला बजारमा आए पनि त्यो सत्य नभएको विभागले जनाएको छ । ‘स्मार्ट कार्ड पर्याप्त ल्याइएको छ, कार्डको जाँच गर्न यातायात विभाग, त्यस मातहतका कार्यालय, ट्राफिकहरूसँग पनि कार्ड परीक्षण गर्ने मेशिन उपलव्ध भएकाले खारेज गर्ने भन्ने हुँदै हुँदैन बरु कार्डलाई परिष्कृत गरेर बारकोर्डसहितको वितरण गर्ने की भन्ने सोचिरहेका छौं,’ विभागका निर्देशक भुसालले भने । ट्राफिक कार्यालयका अधिकारीहरू भने स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरणको अभाव भएको बताउँछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले कार्यालयमा एउटा मात्र उपकरण रहेको बताए । कुनै लाइसेन्स जाँच वा अनुगमन गर्न परे यातायात व्यवस्था विभागमै सम्पर्क गरी विवरण झिकाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । तर, यो ठूलो समस्या नभएको र, विभागसँगको समन्वयमा आवश्यक काम भइरहेकै उनको भनाइ रहेको छ । गतवर्ष साउनमा छापिएदेखि पछिल्लो समय लाइसेन्स छपाइको काम नियमित हुन सकेको छैन । लामोसमयसम्म पुनः नछापिँदा वितरण प्रभावित बन्दै आएको छ । देशभर लाखौं सवारीचालक स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका छन् । तीमध्ये केहीले ट्रायल उत्तीर्ण गरेर नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन् भने केही कागजी लाइसेन्स म्याद सकिएकाले नवीकरण पछि स्मार्ट लाइसेन्स पाउने प्रतीक्षामा छन् । विभागका अनुसार लाइसेन्सका लागि आवश्यक कार्ड नभएका कारण छपाइ प्रभावित बन्दै आएको थियो । ‘लाइसेन्स छाप्नका लागि प्रिन्टिङ सफ्टवेयर, प्रिन्टर र कार्ड आवश्यक पर्छ । कार्ड डेलिभरीमा समस्या भएको थियो जुन अब समाधान भइसकेको छ । त्यसैले छपाइ शुरू गर्न लागेका हौं,’ विभागका निर्देशक भुसालले भने । स्मार्ट लाइसेन्सका लागि सफ्टवेयर निर्माणको काम मद्रास सेक्युरिटी प्रेस प्रिन्टर्सले गरेको थियो । सन् २०१७ बाट उक्त सफ्टवेयर सिस्टम कार्यान्वयनमा आएपछि छाप्ने जिम्मेवारी विभागले नै लिएको छ । पहिले ल्याइएका कार्ड सकिएपछि भने विभागले २०७७ सालमा टेन्डर आह्वान गरेको थियो । सोही वर्षको मङ्सिर महीनामा नेपाल–फ्रान्स संयुक्त कम्पनी सेल्पले कार्ड ल्याउने ठेक्का पाएको थियो । विभाग र कार्ड ल्याउने ठेक्का पाएको कम्पनीबीच भएको सम्झौताअनुसार माग गरिएको ९० दिनभित्र कम्पनीले १४ लाख कार्ड विभागलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर, कोभिड र विविध प्राविधिक कारण देखाउँदै कम्पनीले समयमा कार्ड दिन नसक्दा कार्डको समस्या विकराल बन्दै गएको विभागका अधिकारीहरूको बुझाइ छ । उनीहरूका अनुसार सम्झौता गरिएको १ वर्षपछि मात्रै कार्ड भित्रिएको छ । अहिले ट्रायल परीक्षण उत्तीर्ण गरेका सवारीचालक र नवीकरणका लागि आवेदन दिएकाहरूलाई राजस्व तिर्दा परीक्षणकालीन चालक अनुमतिपत्र दिइन्छ । उक्त अनुमतिपत्र १ वर्षका लागि मान्य हुन्छ । यसअघि परीक्षणकालीन अनुमतिपत्रलाई स्मार्ट लाइसेन्स छाप्न नसक्दाको अस्थायी विकल्प भनिएको थियो । एकवर्षीय परीक्षणकालको सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५१ को मा पनि उल्लेख गरिएको छ । ऐनका अनुसार परीक्षणकालभित्र चालकले ऐनअन्तर्गत बनेका नियमहरू पाँचपटक वा त्यसभन्दा बढी उल्लंघन नगरेमा मात्र स्थानीय सवारीचालक अनुमतिपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित सामग्री

ब्रोकर लाइसेन्सको प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी

धितोपत्र (सेयर) लगानीकर्ताहरुले ब्रोकर लाइसेन्सको नयाँ आवेदन अबिलम्ब खुल्ला गर्न सरकारसँग माग गरेका छन् । नियामक धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्सको प्रस्ताव स्वीकृत भइसकेर मन्त्रिपरिषद्मा पुगेको तर त्यहाँ त्यतिकै अड्काइएको भन्दै लगानीकर्ताहरु आन्दोलित भएका हुन् । मंगलबार एक ध्यानाकर्षणपत्र जारी गर्दै सेयर लगानीकर्ता एकता समितिले ब्रोकर लाइसेन्सको निर्णय गर्न सरकारलाई दुई दिने अल्टिमेटम दिएका छन् । आगामी बिहीबारसम्म पनि ब्रोकर लाइसेन्स खुला गर्ने विषय क्याबिनेटबाट स्वीकृत नभए ५३ ला

जेठको पहिलो हप्ताभित्रै सवारी लाइसेन्सको आवेदन खोल्ने तयारी

२३ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले जेठको पहिलो हप्ताभित्रमा लाइसेन्सको आवेदन खुला गर्ने तयारी गरेको छ । त्यसपछि स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु गर्ने विभागको दाबी छ । विभागका प्रवक्ता इश्वरीदत्त पनेरुका अनुसार वैशाख मसान्तसम्म सबै लाइसेन्स कार्यालयहरुले यसअघि फारम भरेकाहरुको परीक्षा लिइसक्ने अनुमान गरिएको छ । १ चैतदेखि देशभरका यातायात […]

भोलिदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

यातायात व्यवस्था विभागले मंगलबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द गर्ने भएको छ ।  यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएको हो ।  ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली अर्को सूचना प्रकाशित नभएसम्म बन्द हुने विभागले जनाएको छ...

लाइसेन्सको अनलाइन आवेदन व्यावहारिक बनाइँदै

काठमाडौं, मंसिर २६। सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउने तयारी थालेको छ । कोभिड–१९ का कारण पछिल्ला वर्ष लाइसेन्सको आवेदन अनलाइनमा सीमित बन्न थालेपछि सरकारले अनलाइन प्रणालीलाई सुधार गरेर लैजाने तयारी अघि बढाएको हो । यातायात व्यवस्था विभाग महानिर्देशक नमराज घिमिरेले लाइसेन्सको अनलाइन प्रणालीमा सुधार गरेर व्यावहारिक बनाउन […]

लाइसेन्सको नयाँ आवेदन खुल्दै

काठमाडौं । सरकारले ६ महिनापछि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउन लागेको हो । सरकारले लाइसेन्सका लागि आवेदन खुलाउन लागे पनि अब आवेदन दिनेले पुसभन्दा अघि पालो नपाउने भएका छन् । यसअघि नै आवेदन दिइसकेकाको परीक्षा सम्पन्न हुन पुससम्म लाग्ने […] The post लाइसेन्सको नयाँ आवेदन खुल्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी गरिदै

कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो । कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा...

अब लाइसेन्सको ट्रायल खुल्ने

सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।पछिल्लोपटक

विभागले थाल्यो परीक्षणकालीन लाइसेन्सको तयारी

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी तथा यातायात ऐन २०४९ को व्यवस्था अनुरुप २९ वर्षपछि परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको छ। विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको हो।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागले जनाएको छ। हाल लाइसेन्सको परीक्षामा उत्तीर्ण भएकालाई मात्र लाइसेन्स दिने व्यवस्था छ।

सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द

यातायात व्यवस्था विभागले सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द गरेको छ।

लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन केही समय लाग्छ

काठमाण्डौ – बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।कोरोना महामारीका कारण भएको लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन लामो समयपछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।विभागले आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्न...