पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको लगानी प्रस्ताव

काठमाडौं, कार्तिक ७ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको स्वदेशी तथा विदेशी लगानी प्रस्ताव भएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको त्रैमासिकको विवरणअनुसार ३ महीनाको अवधिमा १ खर्ब ४६ अर्ब बराबरको लगानीका स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको हो । आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्ममा १ खर्ब २२ अर्ब […]

सम्बन्धित सामग्री

आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

काठमाडौँ, १४ असोज : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी प्रतिस्पर्धी बनाउन निगम सुधार सुझावका लागि गठित समितिले सुझाएको छ । अर्को विकल्पमा निगमलाई कम्पनीको मोडलमा लगी रणनीतिक साझेदारसहित कम्पनी सञ्चालन गर्नसमेत समितिले सुझाएको छ । रासस

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता

काठमाडौँ । नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा […] The post नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उद्योगमा लगानी : ६२ वर्षमा २६ खर्ब बढीको प्रस्ताव

पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षेत्रमा २६ खर्ब बढी लगानी भएको पाइएको छ ।  यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि लगानीको मात्रामा क्रमशः वृद्धि गर्दै गएको देखिन्छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ सम्म उद्योग (विभिन्न क्षेत्रका उद्योगमा) मात्रै २६ खर्ब २७ अर्ब बढीको लगानी प्रस्ताव आएको उल्लेख छ । नेपालमा विशेष गरी आर्थिक वर्ष २०१७/०१८ सालदेखि २०७

सात महिनामै पौने तीन खर्ब लगानी स्वीकृत

लगानी बोर्डले तीनवटा परियोजनाका लागि ८२ अर्ब ४८ करोड लगानी स्वीकृत गर्‍यो, उद्योग विभागमा दुई खर्ब पाँच अर्ब लगानी प्रस्ताव गर्दै एक सय ७९ उद्योग दर्ता भएका छन्, गत आर्थिक वर्षको...

पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको लगानी प्रस्ताव

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको स्वदेशी तथा विदेशी लगानी प्रस्ताव भएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको त्रैमासिकको विवरणअनुसार ३ महीनाको अवधिमा १ खर्ब ४६ अर्ब बराबरको लगानीका स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको हो । आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्ममा १ खर्ब २२ अर्ब बराबरको लगानीमा स्वदेशी ८७ उद्योग दर्ता भएका छन, जसमा २६ ओटा ठूलो, ३४ ओटा मझौला र २७ ओटा साना उद्योग दर्ता भएको तथ्यांकले देखाउँछ । सोही अवधिमा २४ अर्ब बराबरको १ सय ७ ओटा विदेशी उद्योग दर्ता भएका छन् । दर्ता भएको उद्योग र लगानीको अवस्था हेर्दा पछिल्ला वर्षहरूमा उद्योग दर्ताको संख्यामा कमी आएको देखिन्छ भने विदेशी लगानी प्रतिबद्धतामा केही मात्रा वृद्धि भएको तथ्यांकले पुष्टि गर्छ । आर्थिक वर्ष २०७४/७५ को पहिलो ३ महीनामा १ सय ३९ उद्योग दर्ता भएका थिए । त्यति बेला ७३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । चालू आर्थिक वर्ष २०७८/८९ को साउन–असोजसम्म भने ८७ उद्योग दर्ता भएको र तिनमा १ खर्ब २२ अर्ब १८ करोड २० लाख रुपैयाँ रकम लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । २०७५/७६ मा १ सय ७५ उद्योगमा ६८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । २०७६÷७७ मा ८३ उद्योगमा ५२ अर्ब २४ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । २०७७/७८ को साउन–असोजसम्म भने ५९ उद्योग दर्ता भएका छन् । यसका लागि उद्योगीहरूले ६२ अर्ब ३७ करोड १० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन । सरकारले लगानीमैत्री वातावरण बनाउँदै जाँदा लगानीका लागि प्रतिबद्धता आउनेक्रम बढेको उद्योग विभागका अधिकारीहरू बताउछन । विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीले भने, ‘कोभिडपछि सरकारले उद्योगहरूमा लगानी विस्तारका लागि खुकुलो नीति लिदाँ त्यसको असर लगानी प्रतिवद्धतामा देखिएको हो ।’ चालू आर्थिक वर्षको ३ महीनाको अवधिमा उद्योग दर्ता भई लगानी प्रस्ताव गरेका स्वदेशी तथा विदेशी परियोजनाहरूमा १५ हजार ३ सय २९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने उल्लेख छ, जसमा स्वदेशी उद्योगले ८ हजार १ सय ३४ जनालाई र विदेशी उद्योगले ७ हजार १ सय ९५ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरी, विभागका त्रैमासिकको प्रगति विवरणअनुसार ५ ओटा डिजाइन र ९ सय १० ओटा ट्रेडमार्क दर्ता भएका छन, साथै, विभागले १४ ओटा प्रारम्भिक वातावरणीय परीक्षण, ५४ ट्रेडमार्कलाई मुद्दा कारबाही गरेको तथ्यांकले देखाउँछ ।

तीन महिनामै डेढ खर्ब लगानी प्रस्ताव

कोभिड महामारीका कारण अर्थतन्त्रमा निराशा पैदा भए पनि चालू आर्थिक वर्षको पहिलो महिनामा उद्योग दर्ता उत्साहजनक देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९को पहिलो तीन महिनामा स्वदेशी र विदेशी लगानीका गरी कुल एक खर्ब ४४ अर्ब रुपैयाँ बराबरको लगानीका उद्योग दर्ता भएका छन् । विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म स्वदेशी लगानीका ८७ उद्योग दर्ता भएका छन् । ती उद्योगले एक खर्ब २२ अर्ब लगानी प्रस्ताव गरेका छन् भने सोही अवधिमा दर्ता भएका प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का १ सय ७ उद्योगले २४ अर्ब लगानी प्रस्ताव गरेका छन् । क...

तीन महिनामै डेढ खर्ब लगानी प्रस्ताव

कोभिड महामारीका कारण अर्थतन्त्रमा निराशा पैदा भए पनि चालू आर्थिक वर्षको पहिलो महिनामा उद्योग दर्ता उत्साहजनक देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९को पहिलो तीन महिनामा स्वदेशी र विदेशी लगानीका गरी कुल एक खर्ब ४४ अर्ब रुपैयाँ बराबरको लगानीका उद्योग दर्ता भएका छन् ।विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म स्वदेशी लगानीका ८७ उद्योग दर्ता […]

उद्योग विभागको तीन महिना – ८७ वटा उद्योग दर्ता, १ खर्ब लगानी प्रस्ताव

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ८७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले दिएको जानकारी अनुसार साउनदेखि असोज महिनासम्ममा स्वदेशी तथा विदेशी गरेर ८७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगहरुमा कुल १ खर्ब २२ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । उक्त लगानी प्रस्तावबाट ८ हजार १३४ जनाले रोजगारी पाउने विभागले बताएको छ । यसमध्ये १०७ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने २४ अर्ब रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा ५