०७८ मा उद्योगमा लगानी प्रतिबद्धता दोब्बर : दुई खर्ब ८३ अर्ब लगानी प्रतिबद्धता, २६२ उद्योग दर्ता

गत वर्ष ठूला ७६ उद्योगमा दुई खर्ब १२ अर्ब, मझौला ९० मा ३६ अर्ब र साना ९६ मा ३४ अर्ब लगानी प्रस्ताव, २३ हजार चार सय रोजगारी सिर्जना कोभिड महामारीकै बीच...

सम्बन्धित सामग्री

वैदेशिक लगानी प्रतिबद्धता: उद्योग दर्ता संख्या बढ्यो प्रतिबद्धता रकम घट्यो

काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताले गर्नेे प्रतिबद्धता घटेको देखिएको छ । उद्योग दर्ता र लगानी प्रतिबद्धताको रकम उद्योग विभागबाट स्वीकृत गराउँदै आएका विदेशी लगानीकर्ताले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा कम लगानी स्वीकृति गराएका हुन् । प्रतिबद्धता रकम घटे पनि दर्ता हुने उद्योगको संख्या भने तुलनात्मक रूपमा बढी छ । उद्योग विभागले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार लगानी प्रतिबद्धता रकम १५ अर्ब ७५ करोड रुपैयाँले घटेको छ । उद्योग दर्ता संख्या भने बढेको छ । गत आवमा ३२७ ओटा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ मा उद्योग दर्ता संख्या २९५ थियो । विभागका अनुसार गत आवमा ३२७ ओटा उद्योग दर्ता हुँदा ३८ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागमा दर्ता र लगानी स्वीकृत भएका उद्योग सञ्चालनमा आउँदा मुलुकमा थप १७ हजार १२ जनालाई रोजगारीको अवसर प्राप्त हुने देखिन्छ । अघिल्लो आव २९५ उद्योग दर्ता हुँदा लगानी प्रतिबद्धता ५४ अर्ब १५ करोड रुपैयाँ थियो । प्रस्तावित रोजगारी १६ हजार ९०५ थियो ।  विदेशी लगानीकर्ताहरू सानो स्केलका उद्योगमा लगानी गर्न बढी उत्साहित रहेको देखिन्छ । यो क्रम गत आवमा पनि दोहोरिएको छ । गत वर्ष ३२७ उद्योग दर्ता हुँदा साना स्केलका उद्योगको संख्या २९७ छ । अघिल्लो आवमा यस्ता २१७ उद्योग दर्ता भएका थिए । सरकारले विदेशी लगानीमा कायम गरेको न्यूनतम थ्रेसहोल्डका कारण उद्योग दर्ता संख्या बढेको विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार लगानी रकम भने कम छ । सरकारले यस्तो थ्रेसहोल्ड पटक–पटक संशोधन गर्दै आएको छ । फलस्वरुप विदेशी लगानीकर्ता थ्रेसहोल्डभित्रै रहेर परियोजना स्वीकृत गराउन बढी केन्द्रित भएको विभागको तथ्यांकले देखाउँछ । सरकारले पछिल्लोपटक २०७९ असोजमा विदेशी लगानीको थ्रेसहोल्ड घटाएर २ करोड रुपैयाँ कायम गरेको छ । यसअघि २०७६ जेठमा सरकारले यस्तो सीमा ५ करोड रुपैयाँ तोकेको थियो । त्यसअघि विदेशी लगानीको न्यूनतम सीमा ५० लाख रुपैयाँ थियो ।  उद्योग विभागको तथ्यांक हेर्दा विदेशी लगानीकर्ताले यही सीमामा रहेर लगानीका परियोजना प्रस्ताव गर्ने र स्वीकृत गराउने गरेको देखिन्छ । गत आवमा मझौला उद्योग २५ र साना स्केलका उद्योग ५ ओटा दर्ता भएका छन् ।  विदेशी लगानीकर्ता पर्यटन क्षेत्रमा बढी इच्छुक देखिन्छन् । गत आवमा सोही क्षेत्रमै बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार विदेशी लगानीका उद्योग दर्तामध्ये ३४ दशमलव ४१ प्रतिशत पर्यटन क्षेत्रका छन् ।  पर्यटन क्षेत्रपछि विदेशीको आकर्षण सेवाक्षेत्रमा छ । तेस्रो स्थानमा उत्पादनमूलक क्षेत्रका उद्योग दर्ता भएका छन् । आइसीटीमा १६ दशमलव ५ र ऊर्जा तथा कृषिक्षेत्रमा १ प्रतिशत उद्योग दर्ता भएका छन् ।

साना उद्योगमा घट्यो लगानी प्रतिबद्धता

अघिल्लो वर्षको तुलनामा गत वर्ष लघु, घरेलु तथा साना उद्योगमा लगानी प्रतिबद्धता ११.२८ प्रतिशतले घटेको छ । उक्त अवधिमा उद्योग दर्ता गर्नेको संख्यासमेत २१.९६ प्रतिशतले घटेको उद्योग विभागको तथ्यांक छ । यससँगै देशभर हालसम्म लुघ, घरेलु तथा साना उद्योगको संख्या ५ लाख ८७ हजार ८ सय २ पुगेको छ ।

उद्योगमा २८ प्रतिशतले घट्यो लगानी प्रतिबद्धता

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो तीन महिना तुलना गर्दा उद्योगमा लगानी प्रतिबद्धता २७ दशमलव ९९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउन–भदौ–असोजमा गत वर्षको तुलनामा उद्योगमा ३४ अर्ब १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता कम भएको उद्योग विभागको तथ्यांक छ । गत आर्थिक वर्षको  साउन–भदौ–असोजमा कुल १ खर्ब २२ अर्ब बराबरको लगानी प्रतिबद्धता हुँदा ८७ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए ।