काठमाडौ : भदौ ३१ गते चीनबाट ४४ लाख डोज भेरोसेल खोप आउँदै छ। कोरोनाविरुद्धको खोप एकै पटक आउन लागेको यो खोप अहिलेसम्मकै धेरै हो।एकै दिनमा दुई वटा विमानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए। यसअघि आउने भेरोसेल खोप एक डोजको एक भाइल हुने भए पनि अब आउन लागेको भेरोसेल खोप पाँच डोजको एक भाइल हुन्छ। त्यसैले यो खोप सकेसम्म एक खेपमा र नभए पनि दुई खेपमा गरी सबै खोप शुक्रबारै ल्याउने तयारी गरेको सचिव पोखरेलको भनाइ छ।&nb