काठमाडौं : यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका केहीले मात्र बुस्टर डोज पाउने भएका छन्।भेरोसेल खोपको मौज्दात कम रहेकाले पुगेसम्म मात्र भेरोसेल खोप दिइनेछ भने बाँकीलाई अर्को खेपमा सोही खोप दिइनेछ। हाल भेरोसेल खोप कम भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरूले शुक्रबारदेखि लगाइने बुस्टर डोजमा सोही खोप नपाउने भएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहालले बताए।'हाल देशभर जम्मा ६ लाख डोज भेरोसेल खोप छ, त्यसमाथि उपत्यकामा त जम्मा ५० हजार भेरोस