सेनाद्वारा बम निष्क्रिय

जुम्लाको तातोपानी गाउँपालिका – ४ गौतमबाडामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ । स्थानीय लक्ष्मीप्रसाद गौतमको दाउरा खादमा भेटिएको सकेट बम नन्दाबक्स गण जुम्लाका सहायक सेनानी टेकराज गौलीको नेतृत्वमा गएको ७ जनाको टोलीले निष्क्रिय गरेको हो । बम देखेपछि स्थानीयले हाँकुस्थित प्रहरी चौकीलाई खबर गरिएका थिए ।

सम्बन्धित सामग्री

एकै स्थानमा भेटिएका नौ वटा बम सेनाद्वारा निष्क्रिय

काठमाडौं, १३ चैत्र । पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नं वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको स्थानमा […]

पाइप बम

काठमाडौँ,८ असार । हुम्लाको सदरमुकाम सिमकोटमा भेटिएको पाइप बम । बुधबार भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । तस्बिरः दाने बोहरा ÷रासस

सेनाद्वारा पाइप बम डिस्पोज

सिमकोट – जिल्ला अस्पताल क्षेत्र नजिक शंकास्पद रूपमा भेटिएको पाइप (आईडी) बम भएको र त्यसलाई निष्क्रिय पार्ने कार्य सफल भएको छ। बराहदल गुल्म रानीबनबाट गएको नेपाली सेनाको टोली बम भेटिएको क्षेत्रबाट एकान्त दुनेलामा लगेर निष्क्रिय पारेको हो। बराह दल रानीबन गुल्मले शंकास्पद रुपमा भेटिएको बस्तुु पाइप बम भएको र त्यसलाई सेना निष्क्रिय पार्न सफल भएको […]

सिस्ने–२ मा भेटिएको सकेट बम निष्क्रिय

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय गरिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा बिहीबार फेला परेका सकेट बम आज शुक्रबार दिउँसो सेनाले निष्क्रिय गरेको हो ।  ड्रमबाहिर दुई वटा र ड्रमभित्र अनुमानित आठ गरी करिब १० वटा सकेट बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जान

महोत्तरीमा भेटिएको शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्क्रिय

महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।

सुर्खेतमा सेनाद्वारा बम निष्क्रिय

सुर्खेत । सुर्खेतमा आज बिहानै फेला पेरेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । सुर्खेतको बुलबुले चोकनजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम फेला परेको थियो । बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था समेत कडा पारेको थियो । ‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको […]

संघीयता खारेजी मागको पर्चासहित झापामा कुकर बम भेटियो, सेनाद्वारा निष्क्रिय

झापा : हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले राखेको कुकर बम नेपाली सेनाले निष्क्रिय गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा बम राखिएको थियो।आइतबार बिहान पौने ६ बजे स्थानीयले कुकुर बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबरपछि प्रहरी टोली घटनास्थल पुगेर नेपाली सेनालाई खबर गरेको थियो। श्री नयाँ श्रीनाथ गण चारआलीबाट खटिएको टोलीले बमलाई घटनास्थलदेखि २०० मिटर पर लगेर निष्क्रिय गरेको गणका प्रमुख सेनानी अमरजंग थापाले जानकारी

रुकुम पश्चिममा फेला परेको सकेट बम निष्क्रिय गरियो

रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका ४ मा मङ्गलवार बिहान फेला परेको सकेट बम निष्क्रिय (डिस्फोेज) गरिएको छ ।  स्थानीयवासी खेमबहादुर सुनारले खेतमा खन्ने क्रममा प्लास्टिकले बेरेको तार जडान गरेको अवस्थामा सकेट बम फेला परेको थियो । आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको  संयुक्त टोलीद्वारा बम निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीसहित १० जना र नेपाली सेनाको नरसिंह दल गण (ख) गुल्म बोहर...

एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

पाँचथर । मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमी बजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिए

बम नेपाली सेनाको टोलीले निष्क्रिय बनायो

बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ । महाकाली राजमार्गअन्र्तगत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो । बेवारिसे अवस्थामा फेला परी निष्क्रिय पारिएको उक्त शङ्कास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।