संघीयता खारेजी मागको पर्चासहित झापामा कुकर बम भेटियो, सेनाद्वारा निष्क्रिय

झापा : हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले राखेको कुकर बम नेपाली सेनाले निष्क्रिय गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा बम राखिएको थियो।आइतबार बिहान पौने ६ बजे स्थानीयले कुकुर बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबरपछि प्रहरी टोली घटनास्थल पुगेर नेपाली सेनालाई खबर गरेको थियो। श्री नयाँ श्रीनाथ गण चारआलीबाट खटिएको टोलीले बमलाई घटनास्थलदेखि २०० मिटर पर लगेर निष्क्रिय गरेको गणका प्रमुख सेनानी अमरजंग थापाले जानकारी