बिस्केक: नेपाली फुटसल टोलीले एएफसी फुटसल एसियन कप छनोटमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।
नेपाली टोली आजको खेलमा सान्त्वना जितको खोजिमा हुनेछ। यसअघिका खेलमा नेपालले उज्बेकिस्तानसँग ५-१ र ताजकिस्तानसँग ११-१ गोलअन्तरको फराकिलो हार ब्यहोरेको थियो। अफगानिस्तानले…