पोल्ट्री उद्योगमा प्रतिस्पर्धा

नेपालको परिवेशमा गाउँ, घर, सहर, टोल–टोलमा ह्याचरी खोल्ने प्रतिस्पर्धा छँदैछ।

सम्बन्धित सामग्री

अबरारुललाई ह्याचरी उद्योगले दिएको सफलता

रौतहट। चल्ला उत्पादन गर्ने (ह्याचरी) उद्योग सञ्चालन गरेर रौतहट फतुवा विजयपुरका एक युवा नाम र दाम कमाउन सफल भएका छन् । फतुवा विजयपुर नगरपालिका–८ मा स्थानीय अबरारुल हकले तीन वर्षअघि ह्याचरी उद्योग खोलेका थिए । यसअघि लामो समय पोल्ट्री व्यवसायमा संग्लन उनी त्यसबाट अपेक्षित कमाइ नभएको भन्दै ह्याचरी उद्योगमा लागेका हुन् । अहिले यस उद्योगबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको उनले बताए । अबरारुलको ह्याचरीबाट हाँस, बट्टाई, टर्की र कुखुराका चल्ला उत्पादन हुने गरेको छ । ‘कुखुरापालनबाट भन्दा पनि ह्याचरीबाट राम्रो आम्दानी भएको छ,’ उनले भने । चल्ला उत्पादनबाट आफूले मासिक १ लाखदेखि २ लाख रुपैयाँसम्म कमाउने गरेको उनले सुनाए । आफ्नो ह्याचरीबाट उत्पादित चल्ला बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषासम्म विक्री हुने गरेको उनले बताए ।  कासमी कृषि तथा पोल्ट्री प्रालि नाममा सञ्चालित उनको ह्याचरीमा तीनजना कामदार र १२ जना बजार प्रतिनिधि छन् । रू. ४ लाख लगानीमा शुरू गरेको उद्योगको वार्षिक कारोबार रू. ४० लाखसम्म हुने गरेको उनले बताए । ‘२०६३ सालदेखि कुखुरापालन व्यवसायमा लागेँ,’ उनले भने, ‘यसबाट नाफा लिन नसकेपछि ह्याचरीमा लगानी गरेको हुँ ।’ यो उद्योग सञ्चालनका लागि आफूले बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिएको र आम्दानीको रकम बचत गर्ने गरेको उनले बताए । फतुवा विजयपुर नगरपालिकाबाट अनुदान सहयोग पाएको भए पनि प्रदेश र संघीय सरकारबाट नपाएको अबरारुलको गुनासो छ । फतुवा विजयपुर नगरपालिका, पशु सेवा शाखाका प्रमुख दयाराम यादवले यस वर्ष पोल्ट्री किसानका लागि केही कार्यक्रम नभए पनि माछापालक किसानका लागि अनुदान रहेको बताए । गत आर्थिक वर्षमा ह्याचरी उद्योगका लागि क्षेत्रीय निर्देशनालयबाट अनुदान रकम आए पनि फ्रिज भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गौरका सूचना अधिकारी जादोलाल साहले जानकारी दिए ।

आत्मनिर्भर उद्योगको भविष्य

दिगो आर्थिक विकासका लागि उत्पादनमूलक उद्योग आवश्यक मानिन्छ । तर, नेपालमा सेवामूलक उद्योग फस्टाइरहँदा उत्पादनमूलक उद्योग भने थप समस्यामा परिरहेको पाइन्छ । आत्मनिर्भर बनेको भनी सरकारले गतवर्ष घोषणा गरेको पोल्ट्री व्यवसाय १ वर्ष पनि नबित्दै संकटमा पर्न थालेको छ । यसले आत्मनिर्भरता सहज छैन भन्ने सन्देश दिएको छ । सरकारले जस लिन हडबडाएर यस्ता घोषणा गर्नुअघि उद्योगको भविष्य केकेमा निर्भर छ हरेर त्यसको डाउनवार्ड लिन्केज बलियो बनाउनुपर्छ । गतवर्ष चैत महीनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अण्डा र मासुमा आत्मनिर्भर भएको तथा दूध आत्मनिर्भरतातर्फ उन्मुख भएको घोषणा एक कार्यक्रमका बीचमा गर्नुभएको थियो । अण्डा र कुखुराको मासुमा २० वर्षदेखि पूर्णरूपले आत्मनिर्भर हुँदै आइरहेको भनिएको सन्दर्भमा यो घोषणा किन गरियो भनेर धेरैले आश्चर्य मानेका थिए । दैनिक ४–५० लाख गोदा अण्डा खपत भइरहेको छ र त्यो आन्तरिक उत्पादनबाट आपूर्ति भइरहेको छ । त्यस्तै मासुका लागि बोइलर चल्ला प्रतिहप्ता करीब ५० लाख गोटा उत्पादन भइरहेको र आन्तरिक उत्पादनले नै मुलुकको माग धानिरहेको छ । सरकारले ऐन बनाएर २०६५ सालदेखि नै पोल्ट्रीसँग सम्बद्ध कुखुरा, अन्डा र दाना आयातमा प्रतिबन्ध नै लगाएको थियो । यसरी पोल्ट्री व्यवसाय राम्रैसँग फस्टाए पनि त्यसका लागि आवश्यक आधार तयार नभएकाले अहिले समस्या देखिएको हो । आत्मनिर्भर अवस्था केलाई भन्ने र त्यसको ठोस आधार के हो भन्ने स्पष्ट पाइँदैन । यो निकै अस्पष्ट र फराकिलो विषय हो । पूर्णरूपमा आत्मनिर्भर हुने हो भने उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, कच्चा पदार्थ उत्पादनका लागि चाहिने सहायक कच्चा पदार्थ आदिमा पनि आत्मनिर्भर बन्नुपर्ने हुन्छ । पहिलो, दोस्रो वा तेस्रो चरणको कच्च पदार्थका लागि विदेशी मुलुकसँग निर्भर हुन परिरहेको अवस्थामा आत्मनिर्भरता भन्नु त्यति स्वाभाविक नहुन सक्छ । किनभने, विदेशबाट आयात हुने कुनै पनि वस्तुको बजार एकनास रहँदैन । वातावरण, शक्ति राष्ट्रको चलखेल तथा प्राकृतिक समस्याका कारण कुनै पनि वस्तुको आपूर्ति र मूल्यमा ठूलो अन्तर आउँछ । यस्तो अन्तर खप्न सक्ने गरी उद्योगहरू आत्मनिर्भर बन्न सक्ने सम्भावना कमै हुन्छ । पोल्ट्री व्यवसायकै सन्दर्भमा हेर्ने हो भने यसका लागि अत्यावश्यक दाना नेपालमा उत्पादन भए पनि त्यसका लागि चाहिने कच्चा पदार्थ मकै, गहुँ आदि वस्तु विदेशबाट नै आयात गरिन्छन् । त्यस्तै ह्याचरीका लागि आवश्यक उपकरण तथा चल्ला उत्पादनका लागि आवश्यक उपकरणहरू पनि विदेशबाट नै आयात हुन्छन् । यी कुनै पनि वस्तुको अन्तरराष्ट्रिय मूल्यमा वृद्धि हुनासाथ उद्योग संकटमा पर्नु अन्यथा होइन । अहिले पोल्ट्री व्यवसायमा पनि भएको यही हो । उद्योगको अपवार्ड लिन्केज र डाउनवार्ड लिन्केजले धेरै अर्थ राख्छ । त्यसो नहुँदा आत्मनिर्भर घोषणा गरिए पनि व्यवहारमा कुनै पनि बखतमा यस्ता उद्योग समस्यामा पर्छन् । कुरा पोल्ट्री व्यवसायको मात्र होइन, आत्मनिर्भरता उन्मुख भनिएको जुत्ता चप्पल उद्योग, सिमेन्ट उद्योग आदिको पनि समस्या यस्तै हो । जुत्तामा नेपालको उपस्थिति निकै राम्रो देखिए पनि कच्चा पदार्थका लागि चीन र भारतलगायतका मुलुकमा निर्भर हुनु परिरहेको छ । सिमेन्ट र छड उद्योगमा पनि यस्तै अवस्था छ । आत्मनिर्भर नभए पनि औषधि उद्योगका लागि पनि यही समस्या छ । यो समस्या नेपालको मात्र होइन, धेरै देशका लागि उस्तै रहेको देखिन्छ । अमेरिकाले चीनतर्फ भटमास निर्यातमा अवरोध ल्याउँदा त्यसको असरले अमेरिकामा सुँगुुरको मासुको मूल्य प्रभावित भएको तथ्य यहाँनेर स्मरणीय छ । अतः सरकारले जस लिन हडबडाएर यस्ता घोषणा गर्नुअघि उद्योगको भविष्य केकेमा निर्भर छ हरेर त्यसको डाउनवार्ड लिन्केज बलियो बनाउनुपर्छ । पोल्ट्री व्यवसायमा आत्मनिर्भर हुने हो भने दानाका लागि आवश्यक कच्चा पदार्थ उत्पादनमा पनि आत्मनिर्भर हुनेगरी नीति ल्याइनुपर्छ । त्यही नहुँदा पोल्ट्री व्यवसाय संकटमा देखिएको हो । यो रोग भोलि अरू सबल उद्योगहरूमा पनि नदेखिएला भन्न सकिँदैन ।

नेपालमा पोल्ट्री व्यवसायमा सकस : उत्पादनमा आत्मनिर्भर, कच्चापदार्थमा परनिर्भर

पुस १८, चितवन । नेपालको पोल्ट्री क्षेत्र उत्पादनमा निर्भर भइसकेता पनि कच्चापदार्थमा अझै परनिर्भर रहेको भन्दै सरोकारवालाहरुले पोल्ट्री नीति बनाउनु पर्ने बताएका छन् । नेपालमा आधुनिक पोल्ट्री व्यवसाय शुरु भएको ६ दशक बितिसकेको छ । तथ्यांक अनुसार वार्षिक पोल्ट्रीजन्य उत्पादनमा १ खर्ब रुपैयाँभन्दा बढी कारोबार हुँदै आएको छ । यो क्षेत्रबाट प्रत्यक्ष डेढ लाख तथा अप्रत्यक्ष गरी झण्डै साढे ४ लाख जनाले  रोजगारी पाइरहेका छन् । देशको कुल गार्हस्थ उत्पादनको ३ दशमलव ७ प्रतिशत योगदान दिंदै आएको पोल्ट्री क्षेत्रले कच्चा पदार्थमा भने  आयातमा निर्भर हुनुपर्दा न त प्रतिस्पर्धानै गर्न सकेको छ न त मूल्यमा एकरुपता नै गर्न सकेको छ । नेपालमा हाल दैनिक ३० लाख अण्डा र ८ लाख केजी मासु उत्पादन हुँदै आएको तथ्यांक छ । तर योभन्दा डरलाग्दो अवस्था पोल्ट्रीजन्य कच्चापदार्थको  आयात जस्तै मकै, भटमास, पीना  तथा पंक्षीजन्य औषधीमा पर निर्भर बन्नुपरेको छ ।  पोल्ट्री विज्ञ डाक्टर तिलचन्द्र भट्टराईका अनुसार दाना उत्पादनको लागि वार्षिक भटमास र पीना १४ अर्ब रुपैयाँ, मकै १२ अर्ब रुपैयाँ र औषधी, भिटामीन गरी १० अर्ब रुपैयाँ बराबरको आयात गर्नुपर्ने बाध्यता छ । जसअनुसार दाना उत्पादनको लागि ८० प्रतिशत मकै, ९५ प्रतिशत भटमास आयात हुने गरेको छ भने यसलाई चाहिने आवश्यक अन्य कच्चा पदार्थ फिड प्रिमिक्स र फिड सप्लिमेण्टको लागि आवश्यक कच्चा पदार्थ ९९ दशमलब ९९ प्रतिशत आयात हुने गरेको पनि उनले बताए ।  कृषिजन्य कच्चा पदार्थमा पनि सरकारले ९ प्रतिशत भन्सार कर लिएकोले दानाको मूल्यको तुलनामा मासुको मूल्य बढ्न नसकेको उनले बताए । ‘दानाको मूल्य प्रत्येक वर्ष बढेको बढेयई छ । मासुको मूल्य भने वर्षौदेखि बढ्न सकेको छैन, नत खपतनै बढेको छ’, उनले भने ।  मासुको उत्पादनको तुलनामा खपत बढ्न नसके पनि अण्डाको उत्पादन, मूल्य र खपत भने सन्तुलनमा रहेको उनको भनाइ छ  ।  नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट पोल्ट्रीजन्य  कच्चा पदार्थको मूल्य वृद्धिका कारण प्रतिस्पर्धा गर्न नसकिएको बताउँछन् । साथै  अधिकांश कुखुराका खोर तथा उपकरणहरु पुरानै प्रयोग भईरहँदा थप चालू खर्च तथा लागत बढेको उनको भनाइ छ । पोल्ट्रीलाई व्यवसायिक र प्रतिस्पर्धात्मक बजारमा ल्याउन पोल्ट्री बोर्ड स्थापना गरी पोल्ट्री  नीति बनाउनु पर्ने र बनाइसकेका नीतिहरु कार्यन्वयन गर्नुपर्ने उनको भनाइ छ ।  पोल्ट्रीको कच्चा पदार्थमा आत्मनिर्भर बनाउन कृषि उपजलाई स्वदेशमै उब्जनी गराउन जोड दिनुपर्ने र कृषकलाई नगद अनुदानभन्दा सहुलियत ब्याजदर  र करमा अनुदान दिनुपर्ने विष्टले बताए ।  उत्पादनभन्दा उपभोग कम  नेपालमा उत्पादन हुने पोल्ट्रीजन्य मासु तथा अण्डाको उत्पादन बढी भएपनि यसको तुलनामा भने उपभोग कम हुने गरेको छ । अन्तरराष्ट्रिय मापदण्ड अनुसार सरदर अधिकांशले न्यूनतम वार्षिक ६ दशमलब २  केजी मासु र ६१ ओटा अण्डा मात्र उपभोग गर्ने गर्दछन् । तर चिकित्सकका अनुसार शरिरलाई चाहिने आवश्यक पौष्टिक तत्वको लागि हरेक व्यक्तिले वार्षिक १८ केजी मासु र दैनिक दुई ओटा अण्डा खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ ।  जुनसुकै उमेर समूहका मानिसलाई पनि लाभदायक हुने कुखुराको अण्डा र मासु आवश्यक उपभोग नहुँदा कुपोषणलगायत शरिरलाई चाहिने मिनरल्स,भिटामीन र प्रोटिनको मात्रा कम हुने गरेको वरिष्ठ फिजिशियन डाक्टर भोजराज अधिकारीको भनाइ छ । अझै पनि ४३ प्रतिशत नेपालीमा प्रोटिनको मात्रा कमी रहेको उनले बताए ।  अण्डाको बजार राम्रो रहेपनि ब्रोइलर कुखुराको बजार र मूल्य बढ्न नसक्दा कृषक ह्याचरी व्यवसायी दुबै ठूलो मारमा परेको पोल्ट्रीविद् डाक्टर तिलचन्द्र भट्टराईको भनाइ छ ।   ‘चल्ला उत्पादन अहिले एकतिहाई घाटामा छ, मासुको मूल्य पनि उपभोग पनि बढ्न सकेको छैन’, उनले भने, ‘अण्डाको बजारभने सन्तोषजनकनै छ ।’ उपभोक्ताको संख्याको तुलनामा ह्याचरी, दाना, पोल्ट्री फार्मको संख्यामा वृद्धि हुंँदै जाँदा पोल्ट्रीजन्य वस्तुको बजार अस्तव्यस्त रहेको उनको भनाइ छ ।  हाल नेपालमा ३५० ओटा ह्याचरी उद्योग रहेका छन् । जसबाट हरेक सातामा ३० देखि ३५ लाख ब्रोइलर चल्ला मात्र उत्पादन हुन्छ भने लेयर चल्ला प्रत्येक हप्ता २ लाख ओटा उत्पादन हुँदै आएको छ ।  यस्तै १२७ ओटा दाना उद्योगमा ८० खर्ब रुपैयाँ लगानी भएको तथ्यांक छ भने यी उद्योगको प्रतिदिन उत्पादन क्षमता साढे १२ हजार मेट्रिक टन भएपनि दैनिक ती उद्योगहरुबाट ४ हजार मेट्रिक टन दाना उत्पादन हुँदै आएको छ ।

दाङको पोल्ट्री व्यवसायमा ३ अर्ब लगानी

दाङमा पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी भएको छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखराका लागि दानासँगै पछिल्लो समय चल्ला उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । पछिल्लो समय दाङमा पोल्ट्रीको क्षेत्रमा लगानी बढ्दै गएको छ । यस क्षेत्रमा लगानी बढेसँगै पोल्ट्रीको हब बन्दै गएको छ ।पोल्ट्रीका लागि […]

दाङ : पाेल्ट्री व्यवसायमा आकर्षण बढ्दै, ३ अर्ब बढीकाे लगानी

दाङ – पछिल्लाे समय दाङमा पाेल्ट्री व्यवसायतर्फकाे आकर्षण बढ्दाे छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासँगै कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरू रहेका छन् । जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४ सय फर्म, करिब एक सय दाना सप्लायर्स र अण्डाका लागि करिब १ ...

कृषिमा विदेशी लगानी भित्र्याए ८५ अर्बको स्वदेश लगानी धराशायी हुने चेतावनी

हालसम्म निजी डेरी उद्योगमा ३० अर्बभन्दा बढी लगानी, पोल्ट्री व्यवसायमा करीब रु ४० अर्बको लगानी, मत्स्यपालनमा रु ११ अर्बको लगानी र मौरीपालनमा करीब रु चार अर्बको लगानी रही कृषिका मुख्य यी चार वटा क्षेत्रका मात्र करीब रु ८५ अर्बको लगानी भएको दाबी

https://nagariknews.nagariknetwork.com/economy/215871-1590128890.html

लकडाउनका कारण पोल्ट्री उद्योगमा मात्रै दैनिक २५ करोड हाराहारीमा नोक्सानी भइरहेको दाबी यससँंग सम्वन्धित उद्योगीले गरेका छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यस उद्योग थलिएको उनीहरूको भनाइ छ ।

साना उद्योगीको अनुदानमा गडबडी : कमिसनकाे खेलले बजेट फ्रिज !

बझाङ – गएको वर्ष घरेलु तथा साना उद्योग विकास समितिले उद्यमीहरुको लागि उपयुक्त प्रविधि हस्तान्तरण गर्ने भन्दै आवदेनका लागि आब्हान गर्यो । एक उद्यमीलाई एक लाख बराबरको उद्योगमा चाहिने मेसिन औजार प्रदान गर्ने सूचनाका आधारमा दरखास्तबाट ४१ जना छनौट गरिए । छनौट हुने मध्येका एक थिए, सुलोन पोल्ट्री फर्मका संचालक नरेन्द्र खड्का ।...

दुर्गन्धले हैरान भएपछि पोल्ट्री फर्ममा स्थानीयबासीले लगाए ताला

बारा : बाराको निजगढ नगरपालिका ७ योजना टोलस्थित कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्मको दुर्गन्धबाट पीडित स्थानीयबासीले उद्योगमा तालाबन्दी गरेका छन्। योजनाटोल सुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठको नेतृत्वमा एक हप्तासम्म उद्योगको गेटमा धर्ना दिँदा पनि उद्योग प्रशासनले माग पूरा नगरेपछि स्थानीयबासीले उद्योगको गेटमा ताला लगाएका हुन्। पोल्ट्...