जिल्लामा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रका अनुसार पुरुष चार हजार ३८८ तथा महिला तीन हजार ३३८ ले राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्म दुई हजार ३७६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । यीमध्ये ९८७ महिला र एक हजार ३८९ पुरुष छन् । त्यस्तै, गत आवमा पाँच हजार ३८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए