नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, खरीद माग उच्च

चैत २८, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको केही समयको अवधिमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ८७० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग १ लाख ५२ हजार ३५५२ कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएका आज १०औं दिन हो । कारोबारमा आएको दोस्रो दिनदेखिनै कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको छ ।