वडाध्यक्षमा एमाले पहिलो, काँग्रेस दोस्रो

प्रदेश १ मा अन्तिम मत परिणाम घोषणा भएका १ हजार १४० वडाको अध्यक्ष पदमा निर्वाचित हुनेहरुमा एमाले पहिलो देखिएको छ । प्रदेश १ का १३५ पालिकाको प्रमुख र अध्यक्ष पदमा भने एमाले दोस्रो छ । हालसम्म उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम सार्वजनिक भएको छैन । निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार गणना भएका १ हजार १४० वडामध्ये एमालेले ४७२ वडाध्यक्ष जितेर पहिलो बनेको छ ।१३५ पालिकामध्ये ६७ पालिकाको प्रमुख र अध्यक्ष जितेको काँग्रेस भने वडामा एमालेभन्दा १२

सम्बन्धित सामग्री

गण्डकीमा काँग्रेस र एमाले बराबर

सत्ता गठबन्धनको नेतृत्व दल नेपाली काँग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा समान ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् । प्रदेश १, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो बन्दा गण्डकीमा भने पहिलो हुनबाट काँग्रेसलाई एमालेले रोकेको हो । ११ जिल्ला रहेको गण्डकीको गोरखामा एमाले ‘क्लिन स्विप’ हुँदा पनि काँग्रेसलाई बराबरीमा एमालेले रोक्न सकेको हो । उसो त यो प्रदेशमै घर भएका रामचन्द्र पौडेल काँग्रेस वरिष्ठ नेता र धनराज गुरुङ उपसभापति छन् । अन्य प्रभावशाली नेताहरू पनि

मनाङमा सकियो मतगणना : काँग्रेस–एमाले बराबर

मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक भएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको हो । यो जिल्लामा चामे र मनाङ डिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको हो भने नेपाली काँग्रेस नार्पा र नाँसो गाउँपलिकामा विजय भएको हो ।  चामे र मनाङ डिस्याङमा क्रमश: लोकेन्द्र घले र कान्छा घले अध्यक्ष भएका हुन् । यसैगरी  नार्पा र नाँसो गाउँपालिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् । चामेमा घलेले ३२० मत

स्याङ्जा चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान

स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता  बीचमा खुकुरी हानाहान भएको छ । झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् ।  चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको नेकपा एमालेका कार्यकर्ता र काँग्रेस कार्यकर्ता बीचमा वीपी चोकमा खुकुरी हानाहान भएको थियो ।खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते हिस्कीमगरलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ । घटन

एमाले नै अदालतको आदेशबाट जन्मिएको पार्टी हो : नेपाली काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले नेकपा एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको दाबी गरेको छ । स्थानीय तह निर्वाचनका लागि काँग्रेसले जारी गरेको घोषणापत्रमा काँग्रेसले एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भएको व्याख्या गरेको हो । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान काँग्रेस सभापति देउवा नेतृत्वको सरकारलाई परमादेश सरकार भन्दै टिप्पणी गर्ने […]

उपप्रमुखको टिकट पाउने सर्तमा काँग्रेस नेता एमाले प्रवेश

चुनावको मुखमा काँग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा काँग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् । उनलाई शुक्रबार बराह पोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका राई हाल काँग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराह पोखरीमा प्रमुख काँग्रेस र

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत

दमक । देशभर काँग्रेस र एमालेको प्रतिष्पर्धा हुने देखिइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने एमाले काँग्रेसले नै चुनावी तालमेल गर्ने संकेत देखिएको छ । राप्रपाको पकड बलियो भएको क्षेत्रमा एमाले र काँग्रेस तालमेल गर्ने तयारीमा छन् । स्थानीय निर्वाचन २०७४ मा झापाको कचनकवल गाउँपालिका राप्रपाले बहुमत ल्याएको पालिका हो । […] The post झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँग्रेस –एमाले वार्ता : आजपनि  मिलेन कुरा

काठमाडौं । संसद् खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा काँग्रेस एमालेका नेताहरूबीच शनिबार भएको छलफल पनि विना निष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको बताए । कार्कीले एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसद्मा आफूहरूलाई प्रवेशको ढोका खोल्नुपर्छ भन्ने सर्त नछाडेको बताए ।काँग्रेस एमालेबी

काँग्रेस–एमाले सहकार्य भए पाँच प्रदेशमा फेरिनेछन् सरकार

काठमाडौं । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का सन्दर्भमा सत्तारुढ गठबन्धनभित्र विवाद बढेसँगै नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच सहकार्यको सम्भावना खोजी भइरहेको छ । सरकारको नेतृत्व गर्दै आएको नेपाली काँग्रेस खुलेर एमसीसीको पक्षमा उभिएको छ भने एमाले ‘पर्ख र हेर’ को अवस्था रहँदै आएको छ ।सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसीसीको विपक्षमा छन् । त्यसैले पनि काँग्रेस र एमालेबीच सहकार्यको खोजी भएको हो । किनकि,

एमाले, काँग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, काँग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, काँग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन् । राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु