स्याङ्जा चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान

स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता  बीचमा खुकुरी हानाहान भएको छ । झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् ।  चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको नेकपा एमालेका कार्यकर्ता र काँग्रेस कार्यकर्ता बीचमा वीपी चोकमा खुकुरी हानाहान भएको थियो ।खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते हिस्कीमगरलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ । घटन