निःशुल्क स्यानेटरी प्याड वितरण

युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ ।  अभियानबाट सयौं महिला लाभान्वित भएका छन् । यसअघि संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ ।  संस्थाले क्रमशः देशका प्रमुख शहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।  

सम्बन्धित सामग्री

कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड, छुट्याइयो डेढ करोड बजेट

पोखरा – पोखरा महानगरपालिकाले महानगरभित्रका विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ। कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ। यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ। उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी […]

राप्रपाको घोषणापत्र - भ्रष्टाचारमुक्त पालिका बनाउने, ५० प्रतिशतसम्म कर कटौती

काठमाण्डाै – राप्रपा नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज बुधवार काठमाण्डौमा भएको कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा भ्रष्टाचारमुक्त पालिका बनाउने र नागरिकलाई निष्पक्ष र छिटो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्रमा विपन्न परिवारको पहिचान गर्ने उल्लेख छ । यस्तै कक्षा १२ सम्म निःशुल्क शिक्षा, विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड वितरण र प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा दिइने...