राप्रपाको घोषणापत्र - भ्रष्टाचारमुक्त पालिका बनाउने, ५० प्रतिशतसम्म कर कटौती

काठमाण्डाै – राप्रपा नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज बुधवार काठमाण्डौमा भएको कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा भ्रष्टाचारमुक्त पालिका बनाउने र नागरिकलाई निष्पक्ष र छिटो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्रमा विपन्न परिवारको पहिचान गर्ने उल्लेख छ । यस्तै कक्षा १२ सम्म निःशुल्क शिक्षा, विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड वितरण र प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा दिइने...

सम्बन्धित सामग्री

तिरहुतमा कांग्रेसको घोषणापत्र : किसानलाई बिजुली महसुलमा ५० प्रतिशत अनुदान दिने

२३ वैशाख, राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी तिरहुत गाउँपालिका अध्यक्षका उम्मेदवार विजयकुमार यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । यादवले सार्वजनिक गरेको २९ बुँदे घोषणापत्रमा कालोपत्रे सडकदेखि शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने उल्लेख छ । रुपनीमा पनि कांग्रेसको घोषणापत्र नेपाली कांग्रेस […]